काभ्रे । काभ्रेको बनेपा-४ त्रिवेणी चोकमा रहेको शुभकामना सप्लायर्स (गिटि वालुवा डिपो) भित्र बा ४ ख ८५९२ नम्बरको महेन्द्र निशान गाडी ब्याक गर्ने क्रममा एक बालिकाको ज्यान गएको छ ।
सोहि गाडि चालक जिल्ला सिन्धुली गोलान्जोर गा.पा. १ घर भइ हाल जिल्ला काभ्रे बेनपा न.पा. ४ बस्ने वर्ष ३० को सरोज बरालको छोरी अन्दाजी वर्ष ४ की समिक्षा बराललाई ठक्कर दिँदा उनको ज्यान गएको हो ।
उनी गम्भीर घाइते भई उपचारको लागि धुलिखेल अस्पताल पठाएकोमा उपचारको क्रममा धुलिखेल अस्पतालमा ज्यान गएको काभ्रे प्रहरीले पुष्टि गरेको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बनेपाले थप अनुसन्धान कार्य गरिरहेको बताइएको छ ।