युवालाई प्रदेशभित्रै रोजगारी र उद्यमशीलता सृजना गर्ने प्रदेशमन्त्री केसीको प्रतिवद्धता

ललितपुर । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल के.सी.ले युवाहरुलाई प्रदेशभित्रै सृजनशील काम, रोजगारी र उद्यमशीलताको अवसर दिनमा ध्यान दिने बताएकी छन्। नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले आइतबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री के.सी.ले मन्त्री पदको गरिमा कायम राख्दै प्रदेशबासी नागरिकको हीतमा काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्। “तपाईंहरूले गरेको श्रद्धा र […]

ललितपुरमा ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना

ललितपुर । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ। बिहीबार आयोजित एक औपचारिक कार्यक्रममा महासंघ ललितपुर शाखा र झम्सीखेल निवासी लक्ष्मणबहादुर विष्टबीच पुरस्कार स्थापना सम्बन्धी सहमति–पत्रमा हस्ताक्षर गरिएको हो। नयाँमार्ग साप्ताहिकका सम्पादक तथा प्रकाशक विष्टले स्वर्गीय आमा राधा विष्टको स्मृतिमा एक […]

कांग्रेसभित्र एआई बहस, के भन्छन् सभापति देउवा?

sher bahadur deuba

ललितपुर । सूचना प्रविधिको द्रुत विकाससँगै कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग दिनानुदिन बढ्दो छ। विश्वका सात अर्ब जनसंख्यामध्ये धेरैको जीवनशैलीमा यसको प्रभाव स्पष्ट देखिन थालेको छ। यही सन्दर्भमा नेपाली कांग्रेसले प्रविधिमैत्री राजनीतिक अभ्यासको संकेत दिँदै ‘नेपालको विकासका लागि कृतिम बौद्धिकता समग्र विश्लेषण’ शीर्षकमा केन्द्रीय कार्यालय सानेपाबाट एआई बहसको श्रृङ्खला आरम्भ गरेको छ। कार्यक्रमको विशेषता – […]

शिक्षा प्रणाली प्रयोगशालाको तेस्रो चरण शुरु

ललितपुर, ४ साउन । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोड) र इटिएच जुरिकको सहकार्य तथा स्वीस विकास नियोगको प्राविधिक सहयोगमा “शिक्षा प्रणाली प्रयोगशाला (आईल्याव)” को तेस्रो चरण सुरु भएको छ। यस परियोजनाको उद्देश्य नेपालका प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभेट) क्षेत्रका नीतिगत तथा व्यावहारिक चुनौतीहरू पहिचान गरी समाधानका उपायहरू कार्यान्वयनमा ल्याउनु हो। सन् २०२३ […]

गोदावरीका उत्कृष्ट विद्यार्थी सम्मानित

ललितपुर । २०८१ सालको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट भएका गोदावरी नगरपालिका वडा नं. ३ का विद्यार्थी, अभिभावक र विद्यालयलाई सम्मान गरिएको छ । गोदावरी नगरपालिका वडा नं. ३ ले आइतबार आयोजना गरेको कार्यक्रममा उत्कृष्ट नतिजासहित उत्तीर्ण माध्यमिक तहका ८ वटा विद्यालयका १८ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा किटानी माध्यमिक विद्यालयका […]

बज्रबाराही चापागाउँ अस्पतालको सामाजिक परीक्षण सम्पन्न

ललितपुर । ललितपुरस्थित प्रादेशिक अस्पताल बज्रबाराही चापागाउँ अस्पताललाई गुणस्तरीय, उत्तरदायी र जनमैत्री सेवाको नमुना अस्पतालका रूपमा विकास गर्न सरोकारवाला निकायले सामूहिक प्रतिबद्धता जनाएका छन्। नेपाल पत्रकार महासंघ ललितपुर शाखाले बिहीबार आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरूले अस्पतालको सेवा विस्तार, सुधार र जनविश्वास निर्माणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका हुन्। नागरिकहित केन्द्रमा राखेर सेवा सुधार गर्नुपर्ने […]

महालक्ष्मी नगरपालिकाको बजेट १ अर्ब ८१ करोड

ललितपुर । महालक्ष्मी नगरपालिका, ललितपुरले आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ८१ करोड ८८ लाख २० हजार ६ सय २९ रुपैयाँ ४२ पैसाको बजेट सार्वजनिक गरेको छ। सोमबार इमाडोलमा सम्पन्न नगरसभाको १८औं अधिवेशनमा उपप्रमुख लक्ष्मी महर्जनले बजेट सार्वजनिक गर्दै संविधानले निर्देशित संघीय शासन व्यवस्थाअनुसार आर्थिक विकास, सामाजिक समावेशिता, सुशासन र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट […]

सुशासन समितिका सभापतिको निष्कर्ष- स्थायी सरकारबिना सुशासन असम्भव

Ramhari khatiwada

ललितपुर । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मुलुकमा सुशासनको स्थापना गर्न स्थायी सरकार अपरिहार्य रहेको बताएका छन्। बुधबार ललितपुरमा अल्टरनेटिभ फाउन्डेशनले आयोजना गरेको “सुशासनको राष्ट्रिय सूचक निर्माण” गोष्ठीमा उनले वर्तमान शासन प्रणालीलाई पारदर्शी, भरपर्दो र उत्तरदायी बनाउने हो भने मात्र सुशासन सम्भव हुने बताए। “स्थायी सरकार नबन्नु नै मूल समस्या हो,” खतिवडाले […]

मेडिसिटीमा पनि सफलतापूर्वक कलेजो प्रत्यारोपण

ललितपुर । ललितपुरको नख्खु–भैसेपाटी क्षेत्रमा अवस्थित एक प्रमुख सुपर–स्पेसियालिटी अस्पताल नेपाल मेडिसिटी अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण गर्न सफल भएको छ। पोखरा निवासी ५६ वर्षीय ईश्वर बहादुर कार्कीको कलेजो उनका छोरा २६ वर्षीय आयुष कार्कीले दान गरेपछि अस्पतालले सफलतापूर्वक प्रत्यारोपण गरेको हो । जेठ ८ गते सम्पन्न भएको शल्यक्रिया अस्पतालको इतिहासमा पहिलो सफल कलेजो प्रत्यारोपण आज […]

कानुन थाहा भएन भन्न पाइदैन : पूर्वमन्त्री चित्रकार

ललितपुर । बागमती प्रदेशका पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले कानूनी राज्यमा कसैले पनि “कानून थाहा छैन” भनेर बेवास्ता गर्न नपाइने बताएका छन्। ललितपुर उद्योग वाणिज्य संघको पोलिसी एण्ड एडभोकेसी समितिको संयोजनमा शुक्रबार आयोजित उद्योग व्यवसायीका लागि कानूनी साक्षरता तथा अन्तरक्रियामा बोल्दै चित्रकारले उद्योग सञ्चालनका क्रममा आइपर्ने विभिन्न झमेलाबाट जोगिन कानूनी जानकारी आवश्यक रहेको […]