सिटिइभिटीका तीन सदस्यलाई मन्त्री पन्तको प्रतिशोधपूर्ण पत्र, मन्त्रीबाटै ऐनको उल्लंघन

CTEVT

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)का तीनजना सदस्यलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बर्खास्तीको पत्र थमाएका छन् ।   परिषद् अध्यक्षसमेत रहेका मन्त्री पन्तले परिषद्को ऐनका दफाहरूलाई समेत छेडखानी गरी पत्र थमाएपछि प्रतिशोधपूर्ण निर्णय गरेको आरोप लागेको छ ।  उनले सदस्य विश्वनाथ ओझा, रामकुमार यादव र शैलन्द्रमोहन झालाई बर्खास्तीको पत्र थमाएका हुन्। […]

कक्षा १२ मा करिब ४० प्रतिसत परीक्षार्थी असफल

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा २०८२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ नतिजा सार्वजनिक भएको हो । नतिजाअनुसार नियमिततर्फ कुल ३ लाख ९६ हजार ३ सय ४७ परीक्षार्थीमध्ये सबैभन्दा धेरै १ लाख ५३ हजार ८ सय ८२ जना (करिब ३९.५८ प्रतिशत) विद्यार्थी ‘एनजी’ अर्थात् Not Graded श्रेणीमा परेका छन्। […]

१५ प्रतिशत छात्रवृत्तिप्रति एनप्याब्सनको आपत्ति

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूको एक संगठन नेसनल प्याब्सनले नयाँ विद्यालय शिक्षा ऐनमा प्रस्ताव गरिएका केही व्यवस्थाप्रति आपत्ति जनाएको छ। शुक्रबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत एनप्याब्सनले नयाँ ऐनमा समावेश गर्न लागिएको १५ प्रतिशत पूर्ण छात्रवृत्तिको बाध्यकारी व्यवस्था हटाउन माग गरेको हो। एनप्याब्सनका अध्यक्ष सुवास न्यौपानेले शिक्षा ऐनको खाका संविधानको मर्म, वर्तमान यथार्थ र निजी […]

अन्ततः एमालेले म्याँउ गर्यो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धन र प्रतिपक्ष दुवैप्रति कडा टिप्पणी गरेका छन्। शहिद शिक्षक स्मृति केन्द्र, सितापाइलामा आयोजित शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा बहुउद्देश्यीय भवन उद्घाटन गर्दै प्रचण्डले शिक्षासम्बन्धी विधेयक, शिक्षक आन्दोलन र पछिल्लो राजनीतिक परिदृश्यमा माओवादी केन्द्रको धारणा प्रष्ट पारे। उनले शिक्षकहरूले आन्दोलन गर्नुपर्ने अवस्था संविधानले नराखेको भए पनि […]

शिक्षा प्रणाली प्रयोगशालाको तेस्रो चरण शुरु

ललितपुर, ४ साउन । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोड) र इटिएच जुरिकको सहकार्य तथा स्वीस विकास नियोगको प्राविधिक सहयोगमा “शिक्षा प्रणाली प्रयोगशाला (आईल्याव)” को तेस्रो चरण सुरु भएको छ। यस परियोजनाको उद्देश्य नेपालका प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभेट) क्षेत्रका नीतिगत तथा व्यावहारिक चुनौतीहरू पहिचान गरी समाधानका उपायहरू कार्यान्वयनमा ल्याउनु हो। सन् २०२३ […]

सातै प्रदेशमा  ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’ बनाइने

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा कुलसचिव प्रा माधव अधिकारीद्वारा प्रस्तुत भौतिक विकाससम्बन्धी लक्ष्य र कार्यक्रममा आधारित आय–व्ययको बजेट पारित भएको हो ।  […]

चिकित्सा शिक्षा आयोगको २० औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं । चिकित्सा शिक्षा आयोगको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका प्रमाणपत्र तहका कार्यक्रमका लागि सिट निर्धारण गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा प्रस्तुत अनुगमन तथा मूल्याङ्कन प्रतिवेदनको आधारमा सिट निर्धारण गरिएको हो। हाल आङ्गिक, गैह्रनाफामूलक (प्रतिष्ठान/साझेदारी) र निजी गरी २८५ वटा शिक्षण संस्थालाई सिट निर्धारण गरिएको छ। बैठकमा मेडिकल कलेजहरूलाई […]

उडेको चरा समात्ने साहस भएका युवासँग देश विकास गर्ने क्षमता हुन्छ-उपाध्यक्ष बस्नेत

काठमाडौं । राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले देश विकासका लागि युवा अग्रसरता अनिवार्य रहेको बताएका छन्। काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजमा आयोजित ‘युवा नेतृत्व तथा उद्यमशीलता कार्यशाला’ कार्यक्रममा बोल्दै उपाध्यक्ष बस्नेतले भने, “आकाशमा उडिरहेको चरा समात्ने साहस भएका युवासँग मात्र देश विकास गर्ने क्षमता हुन्छ।” उनले गौतम बुद्धदेखि बिनोद चौधरी र सोविता गौतमसम्मको उदाहरण प्रस्तुत […]

गोमालाई भाटभटेनीका गुरुङले दिए १ लाख, एमबीबीएसको खर्चसमेत ब्यहोर्ने आश्वासन

भक्तपुर । इँटाभट्टामा मजदुरी गर्ने बाबुआमालाई सघाउदै एसईई तयारी गरेकी गोमा श्रेष्ठले ४ जीपीए हासिल गरेपछि प्रख्यात भाटभटेनी सुपरमार्केटको नजर पनि उनीमाथि परेको छ । उनले एमबीबीएस पढ्ने र डाक्टर बन्ने अठोट राखेकी सञ्चार माध्यमबाट थाहा पाएपछि भाटभटेनी सुपरमार्केटका अध्यक्ष मिनबहादुर गुरुङ र उनकी धर्मपत्नी सावित्री गुरुङले गोमाको एमबीबीएससम्मको सम्पूर्ण अध्ययन खर्च बेहोर्ने आश्वासन दिएका […]

शिक्षामा प्रविधिको वकालत- अब ज्ञानको श्रोत शिक्षक मात्र होइनन्

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको शैक्षिक सम्मेलनमा ‘शिक्षामा डिजिटल प्रविधिको प्रयोग र यसको चुनौती’ विषयक गहन समूहगत छलफल गरिएको छ। राष्ट्रिय सभागृहको सिटी हलमा सम्पन्न कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका पूर्व सचिव रहेका एडुटुडेका सम्पादक एवं शैक्षिक सुधारका अभियन्ता प्रभात चलाउनेले गरेका थिए। छलफलमा प्रविधिको प्रयोगमार्फत शिक्षा क्षेत्रमा देखिएका अवसर र चुनौतीबारे मन्थन गरिएको […]