आधारभूत तहदेखि नै पाठ्यक्रम बदलेर शिक्षामा ठूलो फड्को मार्ने सरकारको योजना

काठमाडौं, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको शिक्षा प्रणालीबारे चिन्ता व्यक्त गर्दै अब शिक्षामा ठूलो फड्को मार्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै प्रम ओलीले सो धारणा व्यक्त गरेका हुन् । प्रम ओलीले त्यसका लागि आधारभूत तहदेखि […]

प्रम ओलीले भने, ‘२०/२५ वर्ष मलाई केही हुन्न’

काठमाडौं । आफ्नो स्वास्थ्यप्रति चासो राख्ने शुभचिन्तकहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अझै २० २५ वर्ष केही पनि नहुने बताएका छन । केही दिन अघि सिंगापुरमा स्वास्थ्य परिक्षण गरेर फर्किएका प्रम ओली फेरि विरामी परेर सिंगापुर जान लागेको खबर आएपछि सर्वत्र उनको स्वास्थ्यका बारेमा चासो व्यक्त गरिएको थियो । प्रम ओलीले आफूले ‘गतहप्ता सिङ्गापुरमा आँखा, […]

प्रधानमन्त्रीका लागि सिंहदरवारमा यसरी सजाइदैछ अत्याधुनिक ‘एक्सन रुम’

काठमाडौं, १४ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्माण अत्याधुनिक ‘एक्सन रुम’ निर्माण गरिएको छ । अहिले उक्त एक्सन रुमका लागि विभिन्न सीसी क्यामेराहरु जडान गर्ने काम भइरहेको छ । यो एक्सन रुमबाट प्रधानमन्त्रीले खासगरी राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमन गर्ने बताइएको छ । एक्सन रुममा ‘स्थलगत अनुगमन प्रणाली (आईपी क्यामेरा) जडान गरिन थालिएको छ । […]

मोर्चाबन्दी बढेपछि सत्तारुढ नेकपाका अध्यक्षद्वयबीच यस्तो सहमति

काठमाडौं, ३१ असार । पार्टी अध्यक्षद्वयको मनोमानी चल्न थालेको भन्दै अरु नेताहरुले मोर्चाबन्दी गर्ने खतरा बढेपछि अन्ततः नेपाल कम्युनिस्ट पार्टीमा कार्यविभाजनबारे सहमति जुटेको छ । पार्टी एकता भएको वर्षौ बित्दा पनि सांगठनिक कार्यविभाजन र विभागहरु गठन नभएपछि सत्तारुढ दल नेकपामा व्यापक असन्तुष्टि बढेको थियो । पछिल्लो समय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका […]

ओली-प्रचण्डबीच आज निर्णायक वार्ता

काठमाडौं, २० वैशाख । एमाले-माओवादी नेता कार्यकर्ताहरुलाई आज खुसीको खबर दिने उदेश्यसहित २ अध्यक्ष केपी ओली र प्रचण्ड वार्तामा जुट्दै छन् ।  एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज निर्णायक वार्ता हुने माओवादी उच्च स्रोतले बतायो । प्रधानमन्त्री निवास बालुवाटारमा हुने वार्तामा एकतासँग जोडिएका विषय करिब टुंगो लागिसकेकाले […]