प्रधानमन्त्री प्रचण्डलाई बिश्वासको मत प्राप्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज भएको मतविभाजनमा कूल २६८ मध्ये विश्वासको पक्षमा १५७ मत प्राप्त गर्नुभएको छ भने विपक्षमा ११० मत परेको छ । मत दिन्न भन्नेमा एक मत परेको छ । नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), जनता समाजवादी पार्टी, नेकपा(एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीका सांसद एवं […]

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन एस सहमत, रास्वपाको ह्विप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दै सोहीअनुुसार मत दिन आफ्ना सांसदहरुमा ह्विप जारी गरेको हो ।  प्रधानमन्त्री प्रचण्डले संसदमा आफूलाई विश्वासको मत दिन भन्दै प्रस्ताव राख्ने दिन अनिवार्य उपस्थित हुन र […]

नयाँ सत्ता समीकरणसंगै तीन मन्त्रीले लिए सपथ

नयाँ सत्ता समीकरण संगै तीन मन्त्रीले सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा ३ बिना विभागीय मन्त्रीहरूलाई रास्ट्रपति रामचन्द्र पौडेलले सपथग्रहण गराएका हुन् । नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र रास्वपाबाट डोलप्रसाद अर्यालले सपथग्रहण समारोहका बीच सपथग्रहण गरेका छन् ।

प्रचण्डको कार्यशैलीप्रति जनार्दन शर्माको आपत्ति

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैली प्रति असन्तोष ब्यक्त गरेका छन् । विधान अधिवेशनमा फरक मत राख्ने नेताहरूलाई नयाँ कार्यविभाजन गर्दा अन्याय गरिएको भन्दै उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले फरक मत प्रस्तुत गरेका हुन् । उपमहासचिव प्रभाकरले बुधबार सम्पन्न भएको स्थायी कमिटी बैठकमा पार्टी प्रदेश इन्चार्ज/सहइन्चार्ज लगायतका पद फेरबदल […]

प्रदेश र स्थानीय तह बलियो बनाउँदै प्रधानमन्त्री, ३ करोडसम्मका योजना सङ्घमा नराखी तल पठाइने

काठमाडौं, १२ फागुन २०८० । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन । शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताएका हुन । […]

बिदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने व्यवस्था मिलाइने

युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् । कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुगेका प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपाल जस्ता देशहरुले भोग्नु परेको असरका बारेमा पनि विश्व समुदायलाई ध्यानाकर्षण गराउने जानकारी दिएका हुन् । प्रधानमन्त्री […]

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ : स्वकीय सचिव मल्ल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्था सामान्य देखिएको छ । छातीमा समस्या देखिएपछि चेक जाँचका लागि अस्पताल पुगेका प्रधानमन्त्री प्रचण्डको स्वास्थ्यमा कुनै खराबी नदेखिएको हो । मंगलवार साँझ स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका उनको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको उनका स्वकीय सचिव रमेश मल्लले जनाएका हुन् । निजी चिकित्सक डा. युवराज […]

प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौ, २४ पुस, २०७९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल पेट्रोलियम पदार्थको मूल्य मूल्य घटाइएको छ । नेपाल आयल निगमले प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि मूल्य घटाएको हो । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँको दरले घटाइएको निगमले जनाएको छ । अब पेट्रोल प्रति लिटर १७५ तथा डिजेल […]

एकता जोगाउने नाममा पार्टीभित्र बहस छलफल रोक्न नहुने भन्दै कड्किए प्रचण्ड

काठमाडौँ, १७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता अक्षुण राख्ने नाममा पार्टीको एकता जोगाउने नाममा पार्टीभित्र बहस छलफल रोक्न नहुने बताएका छन् । कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो धारणा व्यक्त गरेका हुन् । उनले पार्टीमा गलत विचार र […]

केपीले गृहमन्त्रीमा बादललाई नै राखम भन्दा प्रचण्डले मान्दै नमानेको खुलासा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार केही मन्त्री हेरफेर गर्ने भएका छन् । मंगलबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा सामान्य परिवर्तन गर्ने संकेत गरेका हुन् । ‘मन्त्रिपरिषद्को यो अवधिसम्म जति काम भयो ठीकै भयो, भोलि आउनेले पनि राम्रै काम गर्लान्,’ बैठकमा प्रधानमन्त्रीले गरेको सम्बोधन उद्धृत गर्दै एक मन्त्रीले भने, ‘भोलि (बुधबार) तपाईंहरूले सार्वजनिक कार्यक्रम नराख्नुहोला, उपत्यका […]