विराटनगर । विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थनपथ माविको भवन निर्माणको विषयमा अनुसन्धान सुरु गरेको छ। भवन निर्माणका लागि छुट्याएको रकम हिनामिना भएको भन्दै विराटनगर ११ को जनपथ माविका व्यवस्थापन समिति अध्यक्ष भगवान थापामाथि अनुसन्धान सुरु गरेको हो। संघीय मामिला मन्त्रालयको मातहतमा रहेको तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत तीन कोठे […]
Tag: अख्तियार
सेवानिवृत्त प्रधानाध्यापकसहित तीनमाथि अख्तियारले लगायो मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटका एक जना सेवानिवृत्त प्रधानाध्यापक हरिराम भण्डारीसहित तीन जनामाथि सजायको माग गर्दै आरोपपत्र दायर गरेको छ । आयोगले विदुर नगरपालिकाको सुलक्षण माविमा कार्यरत तत्कालीन प्रधानाध्यापक भण्डारीले अनुचित सेवासुविधा लिएको कार्यमा निमित्त प्रधानाध्यापक केशवबहादुर बस्नेत र विद्यालय निरीक्षक कुमारप्रसाद तिमिल्सिनाले सहयोग गरेको दाबीसहित सजायको माग गरेको छ । भण्डारीले सुलक्षणा माध्यमिक विद्यालय […]
अदालतकै कर्मचारी डेढ लाख घुससहित अख्तियारको फन्दामा
महोत्तरी । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला अदालत महोत्तरीका एकजना कर्मचारीलाई एक लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको छ। आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले जिल्ला अदालत महोत्तरीका कर्मचारी मोहनप्रसाद यादवलाई एक लाख ५० हजार रूपैयाँ घुससहित बुधबार पक्राउ गरेको हो । जिल्ला अदालत महोत्तरीका सर्वेक्षक मोहन यादवले घर नापनक्सा अनुसार नभएको भन्दै मुद्दा मिलाइदिने बहानामा […]
जग्गा पास गर्न घुस मागेका मालपोत अधिकृत रङ्गेहात अख्तियारको फन्दामा
पाेखरा, ४ भदाै । मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाइ घुस लिइरहेकाे अवस्थामा पक्राउ गरेको हाे । कुँवरले सेवाग्राहीबाट ५९ हजार घुस लगेका थिए । जग्गाकाे रजिष्ट्रेसन पास गर्न उनले उक्त रकम मागेकाे बताइएकाे छ । रजिष्ट्रेशन पास गर्नका लागि मालपाेत कार्यालयमा गएका ती सेवाग्राहीलाइ […]
सरुवा र रमना मिलाएर घुस लिने प्रअ र विव्यस अध्यक्ष यसरी परे अख्तियारको फन्दामा
नवलपरासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसको रकम सहित विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पकाउ गरेको छ । उनीहरुलाई ६५ हजार घुस रकमसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् । अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका […]
अख्तियार प्रमुखका नाममा २ पृष्ठ लामो सुसाइड नोट लेख्दै नासुले गरे आत्महत्या
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखका नाममा दुई पानाको ‘सुसाइड नोट’ लेख्दै एक कर्मचारीले आत्महत्या गरेका छन्। अख्तियार प्रमुखलाइ सुसाइड नाेट लेख्ने एक पूर्व नायब सुब्बा हुन् । उनले सुसाइड नाेटमा अाफू भ्रष्टाचारी नभएकाे दावी गरेका छन् ।यसरी अात्महत्या गर्ने त्रियुगा नगरपालिका १० का ५५ वर्षीय पूर्व नासु हरिप्रसाद आचार्य हुन् । उनले आयोगका […]
सडक डिभिजनका प्रमुख नौ लाख घुससहित पक्राउ
कास्की, २४ साउन । डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनीयर हरिकुमार पोखरेलसहित दुई जनालार्ई अख्तियार टोलीले पक्राउ गरेको छ । अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इञ्जिनीयर पवित्रमणि आचार्यलाई नगद रु नौ लाखसहित पक्राउ गरेको अख्तियार स्रोतले बताएको छ । आयोग पोखराका प्रमुख काशीराज दाहालले सडक डिभिजन कार्यालय पोखराका प्रमुखसहितलाई पक्राउ गरिएको […]
भ्रष्टाचारको छानविन गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा
कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेकाे छ । प्रतिष्ठानमा अनियमितता भएको उजुरीका आधारमा छानविनका लागि अख्तियारले छापा मारेकाे हाे । अायाेगकाे टाेलीले छापा मारेर प्रतिष्ठानका कागजपत्र नियन्त्रणमा लिएको छ । अख्तियार पोखरा शाखाका प्रवक्ता मेघनाथ रिजालले अस्पतालको सामाजिक सेवा इकाई सञ्चालनका विषयमा परेको उजुरीका आधारमा छानविन गर्न अख्तियारको टोली […]
उपकुलपति विरुद्ध विशेष अदालतमा १ करोड २८ लाखको भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.राज कुमार रौनियार विरुद्ध १ करोड २८ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले राैनियारलाइ केही दिन पहिले कार्यकक्षबाटै गिरफ्तार गरेकाे थियाे । साेही प्रतिष्ठानमै कार्यरत उनका भतिज डा. रामहरि रौनियार विरुद्ध पनि अख्तियारले ८ लाख रुपैयाँ विगो दावी सहित मुद्दा […]
टिपर चालकसँग घुस लिँदै गरेका प्रहरीलाइ सडकमै समात्यो अख्तियारले
काभ्रे, १७ साउन । टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको छ । आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बू राजमार्गको विभिन्न पोष्टमा कार्यरत प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो । बिहीबार साँझसम्मको स्थलगत अनुगमनका क्रममा तीन ट्राफिक तथा दुई जनपद प्रहरी टिपर चालकबाट पैसा […]