त्रिशूली नदी किनारमा एम्बुलेन्स खस्दा एकको मृत्यु, ४ घाइते

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ पानीधारामा मंगलबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। मृत्यु हुनेमा सर्लाहीको वरहथवा–२ का १५ वर्षीय बादे रानामगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाइते रानामगरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। […]

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं, १५ भदौ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । सोमबार मेयर शाक्यलाइ कोरोना संक्रमण भएकाे पुष्टि भएको हो । मेयर शाक्यकाे दुई दिनअघि स्वाब संकलन गरी परिक्षणका लागि लगिएकाे थियाे । मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । त्यसकाे रिपाेर्ट आज आएकाे हाे […]

कोरोनासँगै दार्चुलामा देखापर्यो स्क्रब टाइफस

दार्चुला । दार्चुलामा स्क्रब टाइफसका बिरामी भेटिएका छन्। जिल्ला अस्पतालका अनुसार दुई महिला र तीन पुरुषमा सङ्क्रमण देखिएको हो। महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई महिला र एक पुरुष तथा व्याँस गाउँपालिकाका एक पुरुषमा सङ्क्रमण देखिएको अस्पतालका चिकित्सक गजेन्द्र दुवालले जानकारी दिए। उनीहरुमध्ये एक जनालाई थप उपचारका लागि धनगढी पठाइएको छ। एकजनालाई जिल्ला अस्पतालमा […]

हत्या अभियोगमा दुईजना पक्राउ

दार्चुला । कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। मालिकार्जुन गाउँपालिका वडा नं ८ का ३७ वर्षीय लालबहादुर चन्दलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मालिकार्जुन–८ तस्कोटकै २० वर्षीय शम्शेर धानुक र सोही ठाउँ बस्ने ३५ वर्षीय अजब चन्द रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी […]

कालिकोटको नग्मा बजारमा पहिरो जाँदा एकै परिवारका ४ सहित १० को मृत्यु

काठमाडौं, १५ भदौ । कालिकोटमा पहिराे जाँदा १० जनाकाे मृत्यु भएकाे छ । कालिकाेटकाे तिलागुफा नगरपालिका वार्ड नं. १ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको हाे । आइतबार दिउँसो गएकाे उक्त पहिराेमा परी २ जना घाइते भएका छन् । घाइते दुबै जनाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेकाे छ […]

भारतमा एकैदिन भेटिए साढे ७८ हजार बढी संक्रमित, अमेरिकालाइ पनि उछिन्यो भारतले

एजेन्सी । पछिल्लाे समय भारत विश्वकै काेराेना हटस्पट बनेकाे छ । पछिल्लाे समय भारतमा एकै दिन साढे ७८ हजारभन्दा बढी काेराेना संक्रमित भेटिएपछि भारत खराव अवस्थामा पुगेकाे हाे । एकै दिन नयाँ संक्रमित भेटिएकाे याे विश्वकै ठूलाे संख्या हाे । यति ठूलाे संख्यामा अहिलेसम्म कुनै देशमा पनि एकै दिनमा नयाँ संक्रमित भेटिएका थिएनन । आइतबार […]

चिकित्सकमा कोरोना देखिएपछि राप्ती प्रादेशिक अस्पताल सिल

दाङ । चिकित्सकसहित स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर सिल गरिएको छ। दुई चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पोजेटिभ आएपछि तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल सिल गरिएको हो। अस्पताल विकास समितिको आपतकालिन बैठकले यस्तो निर्णय गरेको अध्यक्ष पदमप्रसाद न्यौपानेले जानकारी दिए। ‘शनिबार बेलुका ६ वजेदेखि अर्को सूचना जारी नगरेसम्म सिल गर्ने निर्णय भएको […]

बाग्लुङमा न्वारनमा भोज दिने आयोजक नै कोरोना संक्रमित भेटिए

गलकोट । कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन्। बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ तर बागलुङ–१० भकुण्डको गलुवामा कोरोना महामारीको अवस्थामा न्यूनतम स्वास्थ्य मापदण्ड नअपनाउँदा समुदायमै कोरोनाले भयावह रूप लिन सक्ने आशङ्का गरिएको छ । कोरोना जोखिमको समयमा छोरी […]

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका–५ मजकोटमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान करिब ५ बजे दुर्घटना हुँदा घाइते भएका चारमध्ये दुई जनाको मृत्यु भएको हो। गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख हरि सुवेदीले जानकारी […]

छिमेकीलाई जरिङ्गो नामको विषालु साग दिने व्यक्तिले आत्महत्या

बाग्लुङ । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजाल चोकको एक परिवारलाई जरिङ्गो नामको विषालु साग दिने व्यक्तिले आत्महत्या गरेका छन्। छिमेकीलाई दिएको जरिङ्गोको साग खाएर रिजालचोकका चार जना गम्भीर बिरामी परेका छन्। उनीहरूको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। जरिङ्गोको साग दिने रिजालचोक फुर्सेमाटोका ७८ वर्षीय रनबहादुर विकले शनिबार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको […]