ओलीले घोषणा गरेको अन्तर्राष्ट्रिय ध्यानकेन्द्रसहितको विशाल आधुनिक सभाहल धमाधम निमार्ण हुदैँ

बुटवल, १५ माघ। झण्डै तीन वर्षअघिको बुद्ध जयन्ती समारोहका लागि तयार पारिएको कार्यक्रम स्थल हावाहुरी र पानीले ध्वस्त बनाइदिएको थियो । सोहि कार्यक्रममा आएका राष्ट्रपति, प्रधानमन्त्रीसहितको विशिष्ट पाहुना टोली भैरहवामै धेरै समय रोकिनुपर्‍‍‍यो ।हावाहुरीले कार्यक्रम पूरै प्रभावित भयो । त्यतिबेलै प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका थिए अब लुम्बिनीमा पाँच हजार जना अट्ने र एकैपटक […]

कोरोना भाइरसः ज्यान गुमाउनेको संख्या १३२ पुग्यो, झण्डै ६ हजार संक्रमित

काठमाडौँ, १५ माघ । कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १३२ पुगेको छ । ज्यान गुमाउने सबै चीन भित्रकै हुन् । यस्तै पाँच हजार ९७४ जना संक्रमण पुष्टि भएको चीनको राष्ट्रिय स्वास्थ्य संगठनले जनाएको छ । चीन बाहिके कम्तिमा १६ देशमा नोवेल कोरोना भाइरसको संक्रमण भएको छ । गएको डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहानमा पहिलो […]

आस्था राउत: हाइपर टेन्सनका कारण समस्या भएपछि अस्पताल भर्ना

काठमाडौं, १४ माघ । स्वास्थ्यमा समस्या आएको भन्दै गायिका आस्था राउतलाई हिरासतबाट त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले सोमबार साँझ नै राउतलाई अस्पताल भर्ना गरिएको बताए । ‘हाइपर टेन्सनका कारण समस्या भएपछि उहाँलाई अस्पताल लगिएको हो’, प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुवेदीले भने ।

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

पाटन नगरपालिका १ मा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको हो भने पुर्चौडी नगरपालिका ६ मा नहरमा ढुबेर १ बालिकाको मृत्यु भएको हो। ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेमा पाटन नगरपालिका १ का अन्दाजी ३० वर्षीय नरेन्द्र राज भट्टराई रहेका छन्। वडा नं १ को वडा कार्यालय नजिकै गुड्दै गरेको ट्याक्टरबाट खसेपछि पछाडीको टायरले किचेर उनको […]

साढे दुई किलो चरेस र चितुवाको छालासहित पाँच पक्राउ

दाङ, १४ माघ । दाङमा साढे दुई किलो चरेस सहित तीन जना पक्राउ परेका छन् । प्राप्त सूचनाका आधारमा उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । पक्राउ पर्नेमा रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका २१ वर्षीय अनिल पुनमगर, रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ का २८ वर्षीय भीमबहादुर […]

फ्लु नियन्त्रणका लागि चिकित्सकको टोली हुम्लामा

जुम्ला, १४ माघ । हुम्लाको चंखेली मेल्छाम सर्केघाट र खार्पुनाथ लगायतका स्थानहरुमा रुघाखोकी प्रकोप नियन्त्रण गर्न औषधिसहितको टोली खटिएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतका डा. सागर दाहाल,मेहलकुना अस्पतालका डा.विवेक शाह सहितको स्वास्थ्यकर्मी टोली र औषधि पठाइएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ। हुम्लाको रुघाखोकीको प्रकोप सम्बन्धी प्रतिबेदन सार्वजनिक गर्दै निर्देशनालयले […]

सुर्खेतमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थिति तनावग्रस्त

सुर्खेत, १४ माघ । वीरेन्द्रनगरमा टिपरले किच्दा एक जनाको मृत्युु भएको छ । कालिकोट महावै गाउँपालिका-३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको टिपरले किच्दा मृत्युु भएको हो । वीरेन्द्रनगर-३ गौतम चौकमा भे १ ख २२४२ नम्बरको टिपरले भे १ प २१७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । टिपरले सिंहलाई किचेर अन्दाजी २० मिटर सम्म […]

३ वटा ट्रक एक आपसमा ठोक्किदा, ३ जनाको मृत्यु ९ घाइते

भैरहवा, १४ माघ । रुपन्देहीको रोहिणी गाँउपालिका ४ छिपागढमा ३ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। करिब ६स्३० बजे भैरहवादेखि परासी तर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवा तर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको […]

गायिका आस्था राउत अझै चार दिन हिरासतमा रहने

काठमाडौं, १३ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं प्रहरी परिसर टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् । उनले कानूनभन्दा आफू माथि नरहेको भन्दै प्रहरीलाई सघाउनकै लागि […]

प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्थाले भनिन यस्तो

काठमाडौं , १३  माघ। राउतले कानूनभन्दा माथि कोही नभएको बताएकी छन् । कानूनलाई ‘कोअपरेट’ गर्न नै आफू प्रहरीमा उपस्थित भएको भन्दै उनले भनिन्, ‘कानूनभन्दा माथि कोही पनि छैन, म पनि छैन । कानूनका हिसाबले जे मलाई हुन्छ, त्यो सहर्ष स्वीकार गर्छु ।’ राउत सिक्कम जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने महिला सुरक्षाकर्मीसँग विवाद भएको […]