गोरखामा नेपाल टेलिकमको ‘फोर जी’ सेवा शुरू

गोरखा २० माघ । सरकारी स्वामित्वको रहेका दुरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकमले गोरखामा ‘फोर जी’ इन्टरनेट सेवा शुरू गरेको छ । गोरखाका बिभिन्न स्थानमा रहेको १३ वटा टावरबाट ‘फोर जी’ इन्टरनेट सेवा सुचारु गरिसकेको नेपाल टेलिकम गोरखा शाखाका प्रमुख चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए। यस अघि ‘थ्रिजी’ इन्टरनेट सेवा प्रदान गर्दै आएको नेपाल टेलिकम गोरखा […]

गृह मन्त्रालयद्वारा १६ जिल्लाका सिडिओ हेरफेर, को कहाँ पुगे हेर्नुहोस!

काठमाडौं, २० माघ। गृह मन्त्रालयले आफूमातहतका १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृहले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार गरेको सरुवाबाट १६ जिल्लाका सीडीओ परिवर्तन भएका हुन् । सीडीओ परिवर्तन हुनेमा पूर्वको इलामदेखि सुदूरपश्चिमको डडेल्धुरासम्म रहेका छन् । गृहमै रहेका अधिकांश सहसचिवले यसपटक प्रमुख जिल्ला अधिकारी हुने मौका पाएका छन् । […]

माटोको हित चिताएर काम गरौं

काठमाडौं २० माघ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल २८ वर्षपछि जागिरबाट निवृत्त भएका छन ।यही माघ १७ गते उमेर हदका कारण निवृत्त भएका पौडेल निजामती सेवामा २०४८ माघ १८ गते प्रवेश गरेका थिए । शाखा अधिकृतबाट सेवा शुरू गरेका पौडेल सहसचिवको रूपमा नौ वर्ष बिताएर रिटायर्ड भएका छन । सरकारले […]

मनाङमा पक्की धावनमार्ग बनेको सात वर्षसम्म पनि चलेन जहाज

मनाङ, २० माघ । पक्की धावनमार्ग बनेको ७ वर्षपछि गत भदौ २७ गते हिमाली जिल्ला मनाङमा जहाज अवतरण भयो । समिट एयरको परीक्षण उडानबाट हुम्डे विमानस्थल ओर्लिएका गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले असोज १० गतेदेखि मनाङमा नियमित उडान हुने बताए । भाषण गरेको चार महिना बित्दा पनि विमानस्थलमा […]

कोटेश्वर–जडीबुटी जाम हटाउन लेन थपिँदै

काठमाडौँ २० माघ । कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ । जामको दीर्घकालीन समाधान गर्न सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका लाई अनुरोध गरिरहँदा तत्काल समाधानसमेत खोजिएको हो । […]

मोटरसाइकल र भ्यान ठोक्किदा: श्रीमान श्रीमतीको मृत्यु, छोरा घाइते

जनकपुरधाम, १५ माघ । धनुषामा सवारी दुर्घटना हुँदा श्रीमान र श्रीमतीको मृत्यु भएको छ । जिल्लाको गनेशमान चारनाथ नगरपालिका ६ गोदारमा बा ६४ प ३०४७ नम्बरको मोटरसाइकल र स १ च १८५८ नम्बरको भ्यान ठोक्‍किदा श्रीमान श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको मृत्यु भएको र उनीहरुका एक छोरा घाइते भएको […]

हङकङले बनायो कोरोना भारसको खोप

एनेन्सी, हङकङका अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको खोप आविष्कार गरेको बताएका छन् । यद्यपि यसलाई परीक्षण गर्न केही समय लाग्ने उनीहरुको भनाइ छ। सरुवा रोग विशेषज्ञ प्राध्यापक युन कोक युङले आफ्नो अनुसन्धान टोलीले खोप विकास गरेको बताएका हुन्। एक सय ६ जनाको ज्यान लिइसकेको कोरोना भाइरसको खोप विकास गर्न चीन र अमेरिकाका वैज्ञानिकहरु पनि लागिपरेका छन्। ‘हामीले […]

प्रहरी र भारतीय अपराधीबीच दोहोरो भिडन्त गोली हानाहान

रौतहट १५ माघ । रौतहटमा प्रहरी र अपराधी समुहबीच दोहोरो भिडन्त भएको छ । रौतहट जिल्लाको दक्षिणी भेग तथा भारत कुण्डवा चैनपुर थाना क्षेत्रको सामुन्ने पर्ने इशनाथ नगरपालिका–१ बन्जरास्थित नेपाल–भारत सीमासँग जोडिएको बकैया नदीको बाँधमागएराति प्रहरी गस्ती टोली र भारतीय अपराधीबीच दोहरो भिडन्त भएको हो । भिडन्तमा प्रहरीको गोली लागेर घाईते भएका मोस्टवान्टेड भारतीय अपराधीलाई […]

कोरोना संक्रमणको त्रासमा रसुवागढी नाका बुधबारदेखि १५ दिनसम्म बन्द

रसुवा, १५ माघ । रसुवागढी पुलदेखि जिलोङ काउन्टीसम्म पर्ने सडकको मर्मत बुधबारदेखि सुरु गरिने भएकाले नाका बन्द गरिएको हो । चीनको जिलोङ काउन्टीले मङ्गलबार एक विज्ञप्ति निकालेर बुधबारदेखि राष्ट्रिय राजमार्ग बन्द गर्ने जनाएको छ । नाका बन्द गर्नुअघि नेपाली तथा चिनियाँ अधिकारीहरूबीच मङ्गलबार बिहान रसुवागढीमा बैठक बसेको थियो । बैठकले कोरोना भाइरसको सङ्क्रमण रोक्न, केरुङतर्फ […]

कपास उद्योगमा आगलागी हुँदा २० लाखको क्षति

गल्कोट, १५ माघ । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मङ्गलबार आगलागी भएको छ । आगलागी हुँदा कपास उद्योग पूर्णरूपमा क्षति भएको छ । विद्युत चुहिएर आगलागी भएको कपास उद्योगमा रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट उद्योगभित्र पार्किङ गरेर राखिएको ध१प १३२५ नम्बरको मोटरसाइकलमा समेत सामान्य […]