अब फागुन भित्रै रेल आइपसग्नि २ सय २६ जनालाई रोजगारी

कुर्था, २२ माघ । जनकपुर जयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो । नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तरगत खरिद गर्न लागेको रेल ल्याउन मिश्रले डिसेम्बर १५ देखि २० सम्म भारत भ्रमण गरेका थिए । […]

चीनबाट फर्केका नेपालीलाई खरिपाटीस्थित तालीम केन्द्रमा राख्ने तयारी

काठमाडौँ २२ माघ। सरकारले चीनबाट फर्किने नेपालीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयारी गरेपछि स्थानीयहरु त्रसित बनेका छन् । मङ्गलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सुरक्षा निकायका प्रमुखहरूको बैठकले खरिपाटीलाई सम्भावित स्थलका रूपमा छनोट गरेको हो । अन्तिम निर्णय गर्न भने बाँकी रहेको स्रोतले जनाएको छ । बैठकले तालिम केन्द्रको पूर्वाधार […]

ज्यान मार्ने उद्योग मुद्दामा फरार वडाध्यक्ष पक्राउ

राजविराज, २२ माघ। ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। फरार प्रतिवादी वडाध्यक्ष यादवलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको […]

एनसेल, होल्डिंस, ललिता निवास लगायतका प्रकणबारे छानबिन गरियोस्: देवेन्द्र पौडेल

काठमाडौं, २१ माघ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद देवेन्द्र पौडेलले ठूला भ्रष्टाचार प्रकरणबारे जानकारी गराउन माग गरेका छन । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले ठूला भ्रष्टाचार काण्डबारे जनतालाई सत्यतथ्य जानकारी गराउन माग गरेका हुन । भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने प्रधानमन्त्रीको भनाइमा सम्मान व्यक्त गर्दै उनले भने, ‘एनसेलको कर लाभांश विवाद […]

जन्ती गएका युवकमाथि खुकुरी प्रहार

काठमाडौं, २१ माघ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ मा जन्ती गएका एक युवकमाथि खुकरी प्रहार भएको छ। खुकुरी प्रहारबाट अन्दाजी ३५ वर्षीय शम्भु थापा गम्भीर घाइते भएको धादिङका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। घाइते थापालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं स्थित ग्राण्डी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने समूहको खोजी भइरहे पनि अहिलेसम्म एक […]

लुम्बिनी प्रादेशिक अस्पतालद्धारा ४८ घन्टा भित्र सटर खाली गराउन व्यवसायीलाई अल्टीमेटम

लुम्बिनी प्रादेशिक अस्पतालले ४८ घन्टा भित्र सटर खाली गराउन व्यवसायीलाई अल्टीमेटम दिएको छ । सामाजीक बिकास मन्त्रालयले अस्पतालललाई सटरहरुलाई ४८ घन्टा भित्र खाली गराउन निर्देशन दिए अनुसार अस्पतालले उक्त सुचना प्रकासित गरि अल्टीमेटम दिएको हो । अस्पतालले माघ २२ गते भित्र सटर खाली गराउन निर्देशन दिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र प्रसाद […]

तेस्रो लिंगीको हत्यामा संलग्न ५ जना पक्राउ

मकवानपुर, २१ माघ। हेटौडामा हत्या गरिएकी तेस्रो लिङ्गी अजिता भुजेलका हत्याराहरु फेला परेका छन् । मकवानपुर प्रहरीले उनको हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरेको छ । प्रहरीले भुजेलको हत्यामा संलग्न रहेको भन्दै हेटौडाकै १८ वर्षीय सिमोन परियार, २० वर्षिया एलिसा थापा, २१ वर्षका वुद्ध लामा, २४ वर्षका आशिष बल र शुशिल थापामगरलाई सार्वजनिक गरेको हो […]

झाडापखालाले लियो महामारीको रुप, दैनिक ५० भन्दा बढी बिरामी

काठमाडौं २१ माघ। उपल्लो डोल्पावासी झाडापखालाको समस्याबाट पीडित बनेका छन् । चिसोका कारण आर्थिक अवस्था कमजोर र वृद्धवृद्धा मात्र उपल्लो डोल्पामा बस्ने गर्दछन् । डोल्पोबुद्ध गाउँपालिका–४ ताक्सी र धोगाउँमा झाडापखालको समस्या देखापरेको हो । परम्परागत उपचार विधि आम्चीको भरमा उपचार हुँदै आइएको जनाइएको छ । दैनिक ५० भन्दा बढी स्थानीयवासी बिरामी हुने गरेका डोल्पोबुद्ध गाउँपालिका […]

फेरि बढ्यो ग्यासको मूल्य, पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौँ, २१ माघ । नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक हजार ३७५ पुगेको छ । यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको […]

सेक्सपछि हत्या : मोबाइलले खोल्यो रहस्य

मकवानपुर । हेटौडामा हत्या गरिएकी तेस्रो लिङ्गी अजिता भुजेलका हत्याराहरु फेला परेका छन् । मकवानपुर प्रहरीले उनको हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरेको छ । प्रहरीले भुजेलको हत्यामा संलग्न रहेको भन्दै हेटौडाकै १८ वर्षीय सिमोन परियार, २० वर्षिया एलिसा थापा, २१ वर्षका वुद्ध लामा, २४ वर्षका आशिष बल र शुशिल थापामगरलाई सार्वजनिक गरेको हो । […]