काठमाडौं । गोरखा जिल्लामा आज बिहान ४ म्याग्निच्युडको हल्का भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर बिहान करिब ६ बजेर १५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो।
भूकम्पको धक्का गोरखासहित वरपरका केही जिल्लामा समेत हल्का मात्रामा महसुस गरिएको स्थानीयहरूले बताएका छन्। यद्यपि अहिलेसम्म कुनै भौतिक वा मानवीय क्षति भएको समाचार प्राप्त भएको छैन।
प्रहरी कार्यालय गोरखाले प्रारम्भिक चरणमै सबै स्थानीय युनिटहरूसँग सम्पर्क गरेर सम्भावित क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ। प्रहरीका अनुसार अहिलेसम्म सुरक्षित र सामान्य स्थिति रहेको छ।






