सर्लाही प्रहरीलाई पूर्व सांसद साहले दिए ६० वटा साइकल

सर्लाही क्षेत्र नम्बर ३ का पूर्व सांसद नरेन्द्र साहले सर्लाही प्रहरीका लागि साइकल प्रदान गरेका छन् । साहले २० वटा प्रहरी युनिटलाई ६० थान साईकल प्रदान गरेका हुन् । शुक्रबार एक कार्यक्रमका बीच पूर्व सांसद साहले ती साइकलहरु हस्तान्तरण गरे । बरहथवा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष राम कैलाश मुखियाको अध्यक्षता एवम जिल्ला […]

मुख्यमन्त्री राउत र महन्थ ठाकुरले मधेश अलग देश हुनसक्ने भन्दै दिए यस्तो चेतावनी

जनकपुरधाम, ३ असोज । नयाँ संविधान जारी भएको दिनलाई ठूलो तामझामका साथ मनाइरहँदा यसको विरोधमा पनि चर्का आवाज उठेका छन् । राजधानीमै कालो जुलुस निकालिएको छ भने नयाँ संविधानको विरोधमा आवाज उठाउँदै आएको दुई नम्बर प्रदेशमा देश नै अलग हुनसक्ने नारा लागेको छ । संविधान दिवसकै दिन दुई नम्बर प्रदेशका मुख्यमन्त्री र दुई नम्बर प्रदेशमा […]

कालो टिसर्ट र कालै ब्यानरमा असोज तीन, कालो दिन भन्दै निस्कियो जुलुस

काठमाडौं, ३ असोज । नयाँ संविधान जारी भएको आजको दिन अर्थात असोज ३ लाई सरकारले भव्य रुपमा मनाइरहँदा काठमाडौंमा यो दिनलाई कालो दिन भन्दै कालो टिसर्टधारीहरुले जुलुस निकालेका छन् । बाक्लो सुरक्षा व्यवस्था गरिएको देशको राजधानीको मध्य मुटु वसन्तपुरदेखि इन्द्रचोक, असन क्षेत्रमा ठूलो जुलुस निकालेर ‘असोज तीन, कालो दिन’ भन्ने नारा लगाइएको हो । यसले […]

संविधान दिवस नेपाली जनताको राष्ट्रिय उत्सव हो : प्रधानमन्त्री

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आप्mनै प्रतिनिधिहरुद्वारा लेखिएको मूल कानून–संविधान जारी गरी भएको ऐतिहासिक दिनको सन्दर्भमा सबैप्रति शुभकामना व्यक्त गरेका छन । पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षदेखि संविधान दिवसलाई सरकारी वा राजकीय दिवस जस्तो होइन, आम […]

विश्वका केही चर्चित देशमा शिक्षा सम्बन्धि यस्तो छ संवैधानिक व्यवस्था

काठमाडौं । संसारका विभिन्न मुलुकहरुका संविधानमा शिक्षाको फरक फरक व्यवस्था रहेका छन् । शिक्षालाई मुलुकमा जारी राजनीतिक नेतृत्व र त्यसको दर्शनले प्रभाव पार्ने भएकाले पनि विभिन्न मुलुकका संविधानमा शिक्षाका फरकफरक व्यवस्था छन् । राजनितीक दर्शन र नेतृत्वका आधारमा शिक्षालाई संविधानमा फरक फरक ढंगले प्रस्तुत गरिएको छ । चीन, क्युवा लगायतका कम्युनिष्ट मुलुकहरुको संविधानमा कम्युनिष्ट दर्शनमा […]

एनआरएनएको नवौं विश्व सम्मेलनका लागि अध्यक्ष पदमा कुमार पन्तकाे उम्मेदवारी घाेषणा

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनका लागि कुमार पन्तले अध्यक्ष पदमा उम्मेदवारी घाेषणा गरेका छन् ।  काठमाडौंकाे दरवारमार्गस्थित याक एण्ड यति हाेटेलमा पत्रकार सम्मेलन गरि पन्तले आफ्नाे उम्मेदवारी घाेषणा गरेका हुन । एनआरएनएकाे नवाैं विश्व सम्मेलन तथा अधिवेशन असोज २८ देखि ३० सम्म काठमाडौंमा हुँदैछ । एनआरएनएमा युराेपकाे संयाेजक, अन्तर्राष्ट्रिय परिषदकाे […]

एनआरएनएमा चुनावी गर्मी बढ्यो कुमार पन्त र कूल आचार्य अध्यक्षमा भिड्दै

काठमाडौं । गैर आवासीय नेपाली आन्दोलनको भावी कार्यदिशा तय गर्न र नयाँ नेतृत्व चयन गर्न गैर आवासीय नेपाली काठमाडौंमा भेला हुँदैछन्। गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन तथा अधिवेशन असोज २८ देखि ३० सम्म चल्नेछ। अधिवेशन नजिकिदैं जाँदा नेतृत्वका लागि उम्मेद्वारको दौड शुरु भएको छ। एनआरएनएको राष्ट्रिय समन्वय परिषद्मा धमाधम निर्वाचन सम्पन्न भएर […]

देशवासीका नाममा सम्वोधन गर्दै प्रम ओलीले भने, ‘निदाएको बेला होइन, ब्युँझिएको बेला सपना देखौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मुर्छित सपनामाथि पानी छम्केको बताएका छन् । संविधान दिवसका अवसर शुक्रबार राजधानीको टुडिखेलस्थित सैनिक मञ्चमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले मुर्छित सपनालाई जगाएको बताउँदै उनले मुलुकको काँचुली फेर्ने अभियानको नेतृत्व गरेको र त्यसलाई जसरी पनि पूरा गरी छाड्ने बताए । ‘भन्नकै लागि त भन्न सकिन्छ नि–खै […]

बेइजिङमा संविधान दिवस

काठमाडौँ, ३ असोज । संविधान दिवसका अवसरमा चीनको राजधानी बेइजिङमा बिहीबार स्वागत समारोहको आयोजना गरियो । त्यस अवसरमा चिनियाँ विदेश मन्त्रालयका सचिव लाउ झाउचुई, उक्त मन्त्रालयका वरिष्ठ अधिकारी विद्वत् वर्ग, नेपालका मित्र र कामको सिलसिलामा चीनमा बसोवास गर्दै आएका नेपालीहरुको उपस्थिति रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । अतिथिहरुको स्वागत गर्दै चीनका लागि नेपाली राजदूत […]

मिथिलाञ्चलमा जितिया पर्व

जलेश्वर, ३ असोज । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाई चिउरा, दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खान्छन् । शनिबार बिहान ४ बजेदेखि […]