सर्लाही प्रहरीलाई पूर्व सांसद साहले दिए ६० वटा साइकल

सर्लाही क्षेत्र नम्बर ३ का पूर्व सांसद नरेन्द्र साहले सर्लाही प्रहरीका लागि साइकल प्रदान गरेका छन् । साहले २० वटा प्रहरी युनिटलाई ६० थान साईकल प्रदान गरेका हुन् ।

शुक्रबार एक कार्यक्रमका बीच पूर्व सांसद साहले ती साइकलहरु हस्तान्तरण गरे । बरहथवा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष राम कैलाश मुखियाको अध्यक्षता एवम जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख गोपाल चन्द्र भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले साइकल हस्तान्तरण गरे ।

बरहथवा -११ हिरापुर इलाका प्रहरी कार्यालयमा साईकल हस्तान्तरण कार्यक्रम गरिएको थियो ।

२०७४ को संसदीय निर्बाचनमा सर्लाही क्षेत्र नम्बर तीन बाट स्वतन्त्र उमेदवारका प्रतिस्पर्धी समेत रहेका साहले निर्बाचनका असफलताको बाबजुद विभिन्न स्थानीय संघ सस्था, सरकारी निकाय र समुदायमा आर्थिक तथा भौतिक सहयोग पुर्याउदै आएका छन ।

यसै बिच हिजो बिहीवार मात्रै साहले जिल्ला का २ सय ४८ वटा बिद्यालयलाई फोहर राख्ने डस्टबिन प्रदान गरेका थिए ।

नागरिक भएर मात्रै हुदैन नागरिकका देश र समाज का लागि केही गर्नु पर्ने दायित्व रहन्छ तर त्यो दायित्व बहन गर्न सबै आफै अग्रसर हुनपर्ने उनको भनाई छ ।

आफू जिल्लाको जिम्मेवार र बिकाशप्रेमी ब्यक्ती भएको भन्दै उनले सुरक्षा निकायको लागि केही गर्नु दायित्व रहेको बुझी साईरन र बति जडान भएको साईकल प्रदान गर्ने एक बर्ष अघिको चाहना आज पूरा भएको बताए ।  

उनले साईकललाई जनताको नासो सम्झेर सुरक्षामा खटिएका सुरक्षाकर्मीले मात्रै प्रयोग गर्न र नागरिकलाई बिना भेदभाव सुरक्षा प्रदान गर्न आग्रह गरेका थिए ।

जिल्लाको सुरक्षा निकायलाई पूर्व सासंद साहले साईकल दिएकोमा प्रमुख अतिथी रहेका सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले खुशी व्यक्त गरे ।

गाडीको ईन्धन अभाव र पार्ट्पुर्जा बनाउने समस्या समाधानमा साइकल महत्वपूर्ण रहेको र सुरक्षाकर्मीलाई यसले सेवा प्रवाहमा सहयोग पुर्याउने एसपी भट्टराइको भनाइ छ ।

त्यस्तै कार्यक्रमका अबसरमा इलाका प्रहरी कार्यालय हिरापुरको हाता भित्र नवनिर्मित दुर्गा मन्दिरको समेत प्रमुख अतिथी भटराई र पूर्व सासंद साहले पुजा आजा गर्नुको साथै रिबन काटेर उदघाटन गरेका थिए ।

Loading...