सरकारको निर्देशन उल्लंघन गर्दै लकडाउन अवधिको समेत शुल्क तिर्न प्याब्सन/एन प्याब्सनको आह्वान

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरुलाई आग्रह गरेका छन् । आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै लकडाउन अवधिको पनि शुल्क तिर्न अभिभावकलाई आग्रह गरेका हुन् । लकडाउनले गर्दा विद्यालयको आम्दानी […]

थप ४२१ जनामा कोरोना, संक्रमितको संख्या नौ हजार २६ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या नौ हजार २६ पुगेको छ ।  उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । […]

ग्रहणमा भुलेर पनि नगर्नुस् यी ८ काम

कतिपय मानिसहरु ग्रहण हेर्न निकै उत्सुक रहन्छन । आज सूर्यग्रहण लाई लिएर पनि मानिसहरुमा निकै कौतुहलता हुन् सक्छ । तर, सूर्यग्रहणमा भुलेर पनि नगर्नुस् यी ८ काम । १ सूर्य ग्रहणलाई खुला आखाँले हेर्नु हुँदैन सूर्य ग्रहणलाई खुला आँखाले हेर्नु हुँदैन । यो कार्य निकै हानिकारक हुनसक्छ । यो समय सूर्यबाट आउने खराब प्रकाशका कारण […]

उपत्यकामा ८ सहित थप ३ सय ३१ मा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ६ सय ५ पुग्यो

काठमाडौँ । उपत्यकामा ८ सहित पछिल्लो २४ घन्टामा नेपालमा ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय ३१ जनामा संक्रमण पुष्टि भएको […]

यसरी परिवर्तन हुँदैछ एसईईको कानुनी व्यवस्था

काठमाडौँ ६ असार । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपालले सरकार (मन्त्रिपरिषद्) बाट गत जेठ […]

विदेशी बुहारीलाई सात वर्षपछि अंगीकृत नागरिकता दिने पक्षमा नेकपाको निर्णय

काठमाडौं, ६ असार । बालुवाटारमा बसेकाे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने पक्षमा निर्णय गरेकाे छ । बिदेशी बुहारी र ज्वाइलाइ नेपालकाे नागरिकता दिने बारेमा छलफल भइरहेका बेला सत्तारुढ नेकपाले अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उत्रिने निर्णय गरेको हाे । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा शनिबार विहान […]

चार जना चिकित्सिकमा कोरोना संक्रमण भेटिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्द

घोराही, ६ असार । चार जना चिकित्सिक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अाकस्मिक बाहेक सबै सेवा बन्द भएकाे छ । अस्पताल परिसरलाई निसंक्रमण गर्नु पर्ने भएकाले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए । अस्पताल बन्दा हुँदा बिरामी तथा […]

चीनद्वारा १० भारतीय सैनिक कब्जामुक्त

चीनले गलवानको भिडन्तमा कब्जामा लिएका १० भारतीय सैनिकलाई बिहीवार बेलुकी मुक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।सैन्य स्रोतलाई उद्धृत गर्दै द हिन्दु पत्रिकाले मुक्त गरिएकामध्ये एक लेफ्टीनेन्ट कर्णेल र तीन जना मेजर रहेको बताएको छ। भारत सरकारले यो खबरको पुष्टि गरेको छैन र भारतीय सैनिकहरू हराइरहेको भन्ने पनि पुष्टि गरेको छैन।गलवान उपत्यकामा भएको भिडन्तमा २० भारतीय […]

फेसबुकले किन हटायो अमेरिकी राष्ट्रपति ट्रम्पको विज्ञापन ?

अपमानजनक चिन्ह प्रयोग गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित एउटा विज्ञापनलाई हटाइदिएको छ। फेसबुकका अनुसार उक्त विज्ञापनमा उल्टो रातो त्रिकोण प्रयोग गरिएको छ जुन जर्मनीमा नाजीहरूले कम्युनिस्ट लगायतका आफ्ना विपक्षीहरूको वर्णन गर्न प्रयोग गर्थे। ट्रम्पको चुनावी अभियानको व्यवस्थापन गरिरहेको समूहले भने उक्त विज्ञापन उग्रवामपन्थी समूह एन्टिफातर्फ लक्षित गरिएको बताएको […]

४२६ नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्या ८ हजार २ सय ७४ पुग्यो

काठमाडौं । शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । संक्रमितमध्ये ७०७ महिला र ७ हजार ५६७ पुरुष रहेका छन् । संक्रमित जिल्ला ७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् […]