ग्रहणमा भुलेर पनि नगर्नुस् यी ८ काम

कतिपय मानिसहरु ग्रहण हेर्न निकै उत्सुक रहन्छन । आज सूर्यग्रहण लाई लिएर पनि मानिसहरुमा निकै कौतुहलता हुन् सक्छ । तर, सूर्यग्रहणमा भुलेर पनि नगर्नुस् यी ८ काम ।

१ सूर्य ग्रहणलाई खुला आखाँले हेर्नु हुँदैन
सूर्य ग्रहणलाई खुला आँखाले हेर्नु हुँदैन । यो कार्य निकै हानिकारक हुनसक्छ । यो समय सूर्यबाट आउने खराब प्रकाशका कारण आँखाको ज्योति बन्द समेत हुनसक्ने सम्भावना रहन्छ । नासाका अनुसार सूर्य ग्रहण हेर्न बनाइएको विशेष यन्त्र वा सोलार फिल्टर युक्त चस्मा बाट सूर्य ग्रहण हेर्न सकिनेछ ।

२ सवारीसाधन चलाउनु हुँदैन
American Automobile Association) ले ग्रहणको समय सवारी साधन नचलाउन सल्लाह दिएको छ । कारणवश यदि ग्रहणको समय बाटोमा भएमा आफ्नो सवारी साधनको हेडलाइट बालेर हिड्नुपर्ने र अरु सवारी बाट दूरी राखेर सवारी चलाउनुपर्ने बताइएको छ ।
३ भोजन निषेध
ग्रहणको समयमा भोजन गर्न नहुने धार्मिक विश्वास छ । ग्रहणको समय पाचन प्रक्रिया कमजोर रहने र बिरामी पर्ने सम्भावना हुने मान्यता समेत व्याप्त छ ।
४ शारारीक सम्बन्ध बर्जित
यो समय पतिपत्नी बीच शारारीक समन्ध राख्नुहुँदैन । सुतकको समयमा समेत यो कार्य बर्जित छ । यदि यो समयको मैथुन बाट बच्चा जन्मिए उसले जीन्दगीभर दुखकष्ट भोग्नुपर्ने भनिएको छ ।
५ पूजा गर्न नहुने
पण्डितहरुका अनुसार यो समय पूजापाठ गर्नुहुँदैन । ग्रहणको बेला देखि नै मन्दिरको पट बन्द गर्नुपर्छ । पूजापाठ र देव दर्शन बर्जित छ तर इश्वरको याद गर्न भने बन्देज छैन ।
६ नयाँ काम गर्नु हुँदैन
ज्योतिषहरुका अनुसार सूर्य भनेको आत्मा हो र यो समय सूर्य कमजोर हुने हुँदा त्यसको असर आत्मामा समेत पर्दछ । आत्मबल आवश्यक पर्ने कुनैपनि काम यो बेला सफल हुँदैन । यसर्थ, नयाँ कामको थालनी यो बेला शुभ हुँदैन ।

७ खुशीयाली र रमाइलो मान्न नहुने
यो समय ग्रहहरु संकटमा रहने हुँदा खुशीयाली र रमाइलो मनाउन समेत नहुने जनविस्वास रही आएको छ ।
८ गर्भवती महिलाले विशेष सावधान रहनुपर्ने
ग्रहणको समय गर्भवती महिलाले घर बाहिर समेत निस्कनु नहुने धार्मिक मान्यता छ । ग्रहणको समय पेटमा कन्याउनु समेत नहुने जनविश्वास रही आएको छ । यद्यपि  मनमा नकारात्मक भाव ल्याउनु हुँदैन । ग्रहणको दिनलाई पनि अन्य दिन सरह एक सामान्य दिन मानेर कार्य गर्न बैज्ञानिकहरु सल्लाह दिने गर्दछन् ।

 

Loading...