उपत्यकामा ८ सहित थप ३ सय ३१ मा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ६ सय ५ पुग्यो

काठमाडौँ । उपत्यकामा ८ सहित पछिल्लो २४ घन्टामा नेपालमा ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय ३१ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

मन्त्रालयका अनुसार भक्तपुरमा ७, काठमाडौंमा १, डोटीमा ६१, नवलपरासी पूर्वमा ३२, महोत्तरीमा २४, तनहुँमा २३ र बागलुङमा २० जना नयाँ संक्रमित भेटिएका छन् ।

यस्तै, बैतडीमा १८, गुल्मीमा १८, पाल्पामा १८, डडेलधुरामा १२, झापामा १, सुनसरीमा २, मोरङमा ८, सर्लाहीमा ९ र बारा ४ नयाँ संक्रमित भेटिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कैलालीमा ३, नवलपरासी पश्चिममा १, रामेछापमा ३, रौतहटमा ७, रुपन्देहीमा १, धादिङमा ८, स्याङ्जामा १, बाँकेमा १४, बर्दियामा ७, रुकुम पश्चिममा १, दाङ ४ र प्यूठानमा ८ जना नयाँ संक्रमित फेला परेका छन् ।

मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ५२ हजार ३०० नमुना परीक्षण भएका छन् । २४ घन्टामा ४ हजार ४२६ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ६९ हजार १६५ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ७ हजार ४१६ परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख २ हजार ४५ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ७ हजार ५ जना रहेका छन् ।

Loading...