सीमामा विवाद बढ्दै गर्दा भारतले टिकटक, वीच्याट, सेयरइटसहित ५९ चिनियाँ एपमा लगायो प्रतिबन्ध

काठमाडौं । सीमा क्षेत्रमा विवाद र झडपका घटना बढ्दै गर्दा भारतले ५९ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएकाे छ । जसमा चर्चित एप टिकटक, वीच्याट, सेयरइट समेत रहेका छन । त्यसैगरी यूसी ब्राउजर, बाइदु म्याप, हेलो, एमआई कम्युनिटी, युक्याम मेकअपजस्ता चर्चित एप पनि त्यसमा छन्। भारतले ती एपहरुमाथि प्रतिबन्ध लगाउँदै चिनियाँ एपमाथि गम्भीर अाराेप पनि लगाएकाे […]

थप ४६८ कोरोना संक्रमित थपिए, सङ्क्रमितको संख्या १३ हजार २४८ पुग्यो

काठमाडौँ । सोमवार थप  ४६८ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै देशभर सङ्क्रमितको संख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सोमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिए । उनका अनुसार आज थप भएकामा ११२ महिला र ३६४ जना पुरुष रहेका […]

निजी विद्यालयहरुले बैशाख महिनाको शुल्क नलिने

काठमाडौं । निजी विद्यालयका सञ्चालकहरुले बैशाख महिनाको शुल्क नलिने साथै, जेठ महिनादेखि शिक्षण बाहेकका कुनैपनि अतिरिक्त शुल्क नलिने बताएका छन् । शिक्षा पत्रकार समूहको साप्ताहिक शृंखला शिक्षाबार भर्चुअल संवादमा सोमवार उनीहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव रामशरण सापकोटाले शुल्कको मापदण्डका बारेमा शिक्षा मन्त्रालयले विस्तृत छलफल गरिरहेको बताए । […]

विद्युत पावर हाउस भत्किँदा एकजनाको मृत्यु

सुर्खेत, १५ असार । सुर्खेतको पञ्चपुरीमा पहिरोले विद्युतको पावर हाउस भत्किँदा एकजनाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिकाकाे खमारी खोला जलविद्युतको पावर हाउस भत्किँदा पञ्चपुरी नगरपालिका-६, भावरकी ४७ वर्षीया नन्दा पुलामीको मृत्यु भएको हो । आइतबार रातिदेखि आएको वर्षाका कारण बिहान साढे २ बजे पहिरो गएको थियो । पहिरोमा परी बेपत्ता भएकी नन्दाको बिहान ८ […]

राजधानीको ललितपुरमा पुग्यो सलह, किसानहरु चिन्तित

ललितपुर, १४ असार । नेपालमा भित्रिएकाे २ दिनमै राजधानीमा सलह आइपुगेको छ । शनिवार तराइृका विभिन्न जिल्लामा देखा परेकाे सलह आइतबार ललितपुरमा सलह प्रवेश गरेको विज्ञहरूले बताएका हुन् । सानाे झुण्डमा रहेकाे भनिए पनि निकै छिटाे सलह फैलिएकाे देखा परेकाे छ । मकवानपुरबाट प्रवेश गरेको सलह ललितपुरका प्युटारलगायत क्षेत्रमा देखिएको छ । दक्षिणबाट उत्तरतिर हावा […]

भारतीय सीमामा रहेका सैनिकलाई मार्सल आर्टको प्रशिक्षण दिन चिनले खटायो बिशेष प्रशिक्षक

काठमाडाैं । भारत र चीनबीच सीमा क्षेत्रमा विवाद चर्किरहेका बेला चीनले उक्त क्षेत्रमा रहेका आफ्ना सैनिकलाइ तालिम दिन मार्सल आर्टका प्रशिक्षकलाइ पठाएकाे खबर बाहिर आएकाे छ । तिब्बती पठारमा रहेका सैनिकलाई तालिम दिनका लागि चिनले मार्सल आर्टका २० प्रशिक्षकलाई पठाउने तयारी गरेकाे खबर केही मिडियाले बाहिर ल्याएका छन् । सैनिकलाई मार्सल आर्टको तालिम दिनका लागि […]

आफैंले चलाएको कार दुर्घटनामा पत्रकार पाण्डेको मृत्यु

बुटवल, १४ असार । आफैंले चलाएकाे कार दुर्घटनामा परी रुपन्देहीका पत्रकार कृष्ण पाण्डेकाे निधन भएको छ । तिलोत्तमा–६ मा बस्दै आएका पत्रकार कृष्ण पाण्डेकाे बा ७ च ६९५९ नम्बरको कार दुर्घटनामा परी मृत्यु भएको हो । बुटवलबाट घर जाँदै गर्दा बुटवल–भैरहवा सडक खण्डको ड्राइभरटोलमा गएराति पौने १२ बजेतिर सडकको डिभाइडर र रेलिङमा ठोक्किएर कार दुर्घटना […]

‍अनुमान विपरित नेपालमा पस्यो सलह, अझै अर्को ठूलो झुण्ड आउन सक्ने

काठमाडाैं । कृषिका लागि निकै चुनाैतिपूर्ण मानिएकाे सलह नेपालमा भित्रिएकाे छ । प्रदेश २ र ५ का तराईका विभिन्न जिल्लामा शनिबार बिहान भित्रिएको सलह किरा मरुभूमि सलह रहेको कृषि तथा पशुपक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ । यसअघि सरकारले गठन गरेकाे अध्ययन कार्यदलले भने यस वर्ष सलह नेपालमा नअाउने बताएकाे थियाे […]

युद्धको खतरा बढेको भन्दै चिनियाँ रणनीतिकारले सरकारलाई तयार रहन दिए सुझाब

एजेन्सी । चीन र भारतबीच जारी सीमा विवाद थप चर्किने चिनियाँ रणनीतिकारहरुले बताएका छन्। चिनियाँ सेनाका रणनीतिकारहरुले सरकारलाई सीमा विवाद चर्किने र त्यसले चीन र भारतजस्ता परमाणु हतियार सम्पन्न देशलाई युद्धमा धकेल्ने सम्भावना भएको भन्दै सजग रहन सुझाव दिएको एससीएमपीले जनाएको छ। उनीहरुले युद्ध भड्किने सम्भावना भएकाले सरकारालई आवश्यक तयारी गर्न पनि सुझाव दिएको बताइएको […]

थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२ हजार ३ सय ९ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको हो । यस्तै नेपालका ७७ वटा जिल्लामा कोरोना देखिएको छ । शनिबार रसुवामा ९ जना कोरोना संक्रमित थपिएसँगै मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित […]