४२६ नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्या ८ हजार २ सय ७४ पुग्यो

काठमाडौं । शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।

संक्रमितमध्ये ७०७ महिला र ७ हजार ५६७ पुरुष रहेका छन् । संक्रमित जिल्ला ७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

Loading...