माइतीघरमा कांग्रेसको नारा, ‘कठै अख्तियार, नेकपासामु लम्पसार’ ‘भ्रष्टहरुको ब्रहृम लुट, लालझण्डा बोकेपछि सबै छुट’

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसले आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाइएको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ नेविसंघ लगायत भातृ संगठनले प्रदर्शन गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई उन्मुक्ति दिइएको र अन्यलाई राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाएको आरोप […]

कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित, माघ २८ गते बस्ने

काठमाडौं, २६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज तेस्रो दिन पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक अवरुद्ध गर्दै आएको छ । बिहीबार र शुक्रबार पनि कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित […]

कोरोना भाइरसको संक्रमणबाट, अतिभय वा पूर्ण वेवास्ता दुवै दृष्टिकोणबाट सर्तकतापूर्वक जोगिन विद्यालयलाई अनुरोध

काठमाडौं, २६ माघ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिन विद्यालयलाई पत्राचार गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले पत्राचार गर्दै आफ्नो विद्यालय र समुदायमा नोबेल कोरोना भाइरस’ अतिभय वा पूर्ण वेवास्ता दुवै दृष्टिकोणबाट सर्तकतापूर्वक जोगिन अनुरोध गरेको छ । केन्द्रले यस’ आधिकारीक […]

आश्रममा ६ घन्टा खानतलासी गर्दा पनि भेटिएनन बमजन, ७७ जिल्लामै पक्राउ सर्कुलर जारी

सिन्धुली, २५ माघ । अनुयायी तथा आनीहरुलाई बेपत्ता पारेको तथा यौन दुर्व्यवहार गरेको आरोप लागेका तपश्वी रामबहादुर बमजनलाई खोज्दै प्रहरी टोली शुक्रबार विहानैदेखि कमलामाई नगरपालिका–८ पैरेमा रहेको उनको आश्रम घेराउ गरी खानतलासी गरेको छ । सीआईबी, प्रदेश २ को दंगा नियन्त्रण टोली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले कमलामाई नगरपालिका–८ पैरेस्थित बमजनको आश्रममा खानतलासी गरेको […]

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि नेकपा सचिवालय बैठक स्थगित

काठमाडौँ, २६ माघ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि आज बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालय बैठक पनि स्थगित भएको छ । नेकपाको एकता प्रक्रिया टुङ्ग्याउन आज विहान प्रम निवास बालुवाटारमा केन्द्रीय सचिवालयको बैठक बस्ने तय गरिएको थियो । ‘आजका लागि तय गरिएको बैठक स्थगित भएको छ’ नेकपा महासचिव विष्णु […]

चट्याङ लागेर तीन जनाको मृत्यु

दाङ, २६ माघ । दाङ र आसपासको क्षेत्रमा शनिबार दिउँसो हावाहुरीसहित पानी परेको समयमा चट्याङ पर्दा जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा तीनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङको अनुसार चट्याङ लागेर तुलसीपुरमा एक महिला र एक बालिकाको मृत्यु भएको छ भने घोराहीमा एक बालकको मृत्यु भएको छ । दिउँसो करीब १ः०० बजे तुलसीपुर उपमहानगरपालिका […]

फागुनदेखि नारायणीमा पानीजहाज चल्ने, टिकट बुकिङ अनलाइनबाटै

चितवन, २६ माघ । नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप सानो पानीजहाज सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण शुरुआत भएको थियो । क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र […]

बालबालिकाको यौन शोषण गर्नेलाई सार्वजनिक रुपमा फाँसी दिने प्रस्ताव संसदबाट पास

इस्लामाबाद । पाकिस्तानको संसदले शुक्रबार बालबालिकाको यौन उत्पीडन गर्नेहरुलाई सार्वजनिक रुपमा फाँसी दिने प्रस्ताव पारित गरेको छ । यो प्रस्तावलाई संसदीय राज्य कार्यमन्त्री अली मोहम्मद खानले पेस गरेका थिए । सांसद हरुले प्रस्तावलाई बहुमतले पारित गरे । यद्यपि पाकिस्तान पिपुल्स पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री राजा परवेज अशरफले भने सजायको कठोरता बढाउँदैमा अपराधमा कमी नआउने […]

समायोजनले स्वास्थ्य संस्था खाली: करारमा काम चलाइँदै, जुम्लाका परीक्षार्थी समेत सहभागी

ताप्लेजुङ, २६ माघ । गाउँका अधिकांश स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्न अप्ठ्यारो भएपछि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आवश्यक स्वास्थ्यकर्मी करारमा नियुक्ति गरी स्वास्थ्य सेवा सुचारु गरेको छ । एक स्टाफ नर्स, आठ अहेव, सात अनमी र छ हेल्थ अशिस्टेन गरी २२ स्वास्थ्यकर्मी नियुक्त गरी सेवा अवरुद्ध हुनबाट जोगाएको गाउँपालिकाले जनाएको छ । कर्मचारी समयोजनसँगै स्वास्थ्यका कर्मचारी […]

आईफोन निर्माता कम्पनीले एप्पल फोक्सन मास्क उत्पादन सुरु

एजेन्सी,२६ माघ । आईफोन निर्माता कम्पनी एप्पल फोक्सन मास्क उत्पादन सुरु गरेको छ । चिनमा मास्कको अभाव भएपछि एप्पल आईफोनका निर्माता कम्पनि फोक्सनले सर्जिकल मास्क उत्पादन सुरु गरेको छ । कोरोना भाइरस संक्रमणका कारण केही समयलाई विद्युतीय सामग्री उत्पादन बन्द गरेको फोक्सनले फेब्रुअरीको अन्तिमसम्म २० लाख थान मास्क उत्पादन गर्ने गरि काम सुरु गरेको विभिन्न […]