विद्युतीय माध्यमबाट खरिद रकम भुक्तानी गरे १० प्रतिशत भ्याट फिर्ता

काठमाडौं, २८ माघ । आज मंगलबारदेखि विद्युतीय माध्यमबाट खरिद रकम भुक्तानी गरे भुक्तानी गरेको १० प्रतिशत रकम फिर्ता हुने व्यवस्था कार्यान्वयन हुँदैछ । यसको अर्थ १० हजार रुपैयाँको खरिदमा तिर्नुपर्ने १३ सय रुपैयाँ मूअ करमध्ये १ सय ३० रुपैयाँ भुक्तानीकर्ताको बैंक खातामा फिर्ता हुने भएको हो । आन्तरिक राजस्व विभागले यसअघि नै विद्युतीय माध्यमबाट भुक्तानी […]

भ्रमण वर्ष मनाइरहेको बेलामा पशुपति आउने भक्तजनलाई ‘नमस्कार’ अभियान

काठमाडौं, २८ माघ । महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्रमा आउने भक्तजनका लागि अभिवादन स्वरूप नमस्कार अभियान शुरु गरिएको छ । पूर्वीय दर्शनअनुसार नमस्कार नै नेपालीको अभिवादन भएकाले भ्रमण वर्षसमेत मनाइरहेको सन्दर्भमा यो अभियान शुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नमस्कार गर्दा व्यक्ति व्यक्तिका बीचमा स्पर्श नहुने भएकाले कोरना भाइरसजस्ता सङ्क्रामक रोगको सङ्क्रमण […]

दिल्लीमा आम आदमी पार्टीको अग्रता, मोदीको पार्टीलाई धक्का

एजेन्सी, २८ माघ । दिल्लीको विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ । प्रारम्भिक गणनामा दिल्लीको सत्तारूढ आम आदमी पार्टी आप ले अग्रता लिइरहेको छ । केन्द्रीय सत्ताधारी प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी भाजपा भने सुरुमा निकै पछि परेको छ । एक र्कायकाल दिल्लीको सत्ता चलाइरहेको आपले यसपटक पुनः ठूलो जित हासिल गर्ने विभिन्न […]

आज नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरोध नगर्ने

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरोध नगर्ने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको सांसद डा। डिला संग्रौलाले जानकारी दिइन् । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरे यता […]

भोजपुरमा भित्रियो सुन्तला खेतीबाट ३० करोड

यस वर्ष सुन्तला बिक्रीबाट भोजपुरमा ३० करोड बढी रकम भित्रिएको छ । उत्पादित चार हजार ७०६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको बताइएको छ । जिल्लामा उत्पादन भएको सुन्तला धनकुटा, सुनसरी, झापा, मोरङ, धरान, इटहरी, विराटनगर, […]

नेपाल टेलिकमले ल्यायो आकर्षक योजना सहितको विन्टर अफर, यस्ता छन् सुविधा हेर्नुहोस!

काठमाडौं, २८ माघ । नेपाल टेलिकमले आकर्षक योजना सहितको विन्टर अफर घोषणा गरेको छ । कम्पनीको अफरमा भ्वाइस तथा डाटाका विभिन्न आठ प्रकारका प्याकेज रहेका छन् । केही दिनअघिबाटै लागू भइसकेके प्याकेज ३० चैतसम्म उपयोग गर्न सकिने कम्पनीले जनाएको छ । अल टाइम डाटा प्याक अल टाइम डाटा प्याक अन्तर्गत १५ रुपैयाँदेखि ७ सय रुपैयाँसम्मका […]

कोरोना भाइरसविरुद्ध लड्न सक्ने क्षमता छ: चिनियाँ राष्ट्रपति

एजेन्सी काठमाडौं, २८ माघ । चिनियाँ राष्ट्रपति सी चिन फिङले कोरोना भाइरसविरुद्ध लड्न सक्ने आफ्नो क्षमतामा विश्वस्त हुन आग्रह गरेका छन् । चीनको वुहान शहरबाट गत डिसेम्बरमा फैलिएको भाइरसका कारण एक हजार भन्दा बढीको मृत्यु भएसकेको छ । चीनले भाइरसको महामारी नियन्त्रण गर्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला राष्ट्रपति सीको यस्तो भनाइ आएको हो […]

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आज बिहान साढे दश बजे कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हो । आज दिउँसो एक बजे प्रतिनिधिसभा बैठक पनि बस्दैछ । त्यसअगाडि बस्ने कांग्रेस संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएको छ । किनभने, ललिता निवास जग्गा हिनामिना प्रकरणमा पार्टी उपसभापति एवम् संसदीय […]

रोजगारीको कोटा बढाउन दक्षिण कोरियासँग श्रममन्त्रीको आग्रह

काठमाडौं, २८ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकले सोमबार गरेको शिष्टाचार भेटमा मन्त्री यादवले रोजगारीको कोटा वृद्धि गर्न आग्रह गरेका छन् । भेटमा उनले कोटा वृद्धि भएमा भाषा तथा सीप परीक्षा पास गरेका युवा प्रतिक्षामा बस्नुपर्ने अवस्थामा कमी आउने बताए । उनले कोरियामा रहेका नेपाली […]

बङ्गलादेशमा बिजुली बेच्ने बाटो खुल्दै

काठमाडौँ, २७ माघ । नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट जलविद्युत् किन्न बङ्गलादेशले प्रवद्र्धक कम्पनीलाई आशयपत्र लेटर अफ इन्टेन्ट प्रदान गरेको छ । प्रवद्र्धक कम्पनी जीएमआर अपर कर्णाली हाइड्रोपावर कम्पनीलाई बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले पत्राचार गर्दै विद्युत् खरिद सम्झौता गर्न आफू तयार रहेको जनाएको हो । कम्पनीका आयोजना प्रमुख केके […]