आईफोन निर्माता कम्पनीले एप्पल फोक्सन मास्क उत्पादन सुरु

एजेन्सी,२६ माघ । आईफोन निर्माता कम्पनी एप्पल फोक्सन मास्क उत्पादन सुरु गरेको छ । चिनमा मास्कको अभाव भएपछि एप्पल आईफोनका निर्माता कम्पनि फोक्सनले सर्जिकल मास्क उत्पादन सुरु गरेको छ ।

कोरोना भाइरस संक्रमणका कारण केही समयलाई विद्युतीय सामग्री उत्पादन बन्द गरेको फोक्सनले फेब्रुअरीको अन्तिमसम्म २० लाख थान मास्क उत्पादन गर्ने गरि काम सुरु गरेको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विश्वकै सबैभन्दा ठुलो उत्पादक कम्पनी फोक्सनले दक्षिणी चीनको शेन्जेनमा रहेको प्रमख उत्पादन कारखाना मार्फत मास्क उत्पादन सुरु गरिसकेको सोसियल मिडिया मार्फत कम्पनीले जानकारी गराएको छ ।

चीनमा अझैपनि मास्कको अभाव कायमै छ । मास्क अभाव भएपनि मास्कको मूल्यमा कुनै परिवर्तन नआएको र सम्भावित मुल्यवृद्धिलाई रोक्न बजार अनुगमनमा कडाइ गरिसकेको शनिबार चिनिया अधिकारीहरुले जानकारी दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Loading...