यो दृश्य, जसले विश्वलाई रुवायो (भिडियो सहित)

माघ २६,
एजेन्सी, यो दृश्य, जसले विश्वलाई रुवायो । देख्ने बित्तिकै आफ्नो काखमा आउन उत्साहित हुदा समेत आफ्नो ९ महिने छोरोलाई अंकमाल गर्न नपाएपछि बाबु भक्कानिए ।

छोरा कोराना भाइरसको संक्रमणको उपचारका लागि आइलोशेनमा थिए । बाबु र छोराको हेराहेर मात्रै भयो । छोराले बाबुको स्पर्श खोजिरहेका थिए । तर बाबु बिवश थिए, बाबु र छोरा नजिकै रहेपनि अवस्थाले उनीहरुलाई धेरै टाढा बनाएको थियो । आइशोलेसन कक्षको सिसा वारपार बाट बाबु र छोरा दुबैले एक अर्कालाई स्पर्श गर्ने प्रयास गरिरहेका थिए ।

विश्वलाई रुवाउने बाबु छोराको त्यो भिडियो सार्वजनिक भएपछि ट्वीटरमा भावुक कमेन्टहरु पोष्ट भएका छन् । एक जना ट्वीटर प्रयोगकर्ताले भावुक हुँदै लेखेका छन्, यदि मेरो बच्चालाई कोरोना भाइरस संक्रमण भयो भनेपनि संक्रमणको चिन्ता नगरि बच्चालाई अँकमाल गरी सँगै मर्नेछु ।

शिशुलाई कोरोना भाइरस विहिन बनाइ घर पठाउन पाएकोमा चीनमा लाखौ मानिस उत्सवको तयारी गर्दै थिए । उपचार पछि शिशुको डिस्चार्ज हुनै लाग्दा बाबुले आफ्नो छोरा लिन युहानको अस्पताल पुगेका थिए तर त्यतिबेला सम्म पनि शिशु आइशोलेसनमै रहेकाले बाबुले छोरालाई काखमा च्याप्न सकेनन् जसले बाबुलाई भावविह्वाल बनायो अनि छोरालाई निराश ।

sentiment father and baby

शिशुलाई कोरोना भाइरस विहिन बनाइ घर पठाउन पाएकोमा चीनमा लाखौ मानिस उत्सवको तयारी गर्दै थिए । उपचार पछि शिशुको डिस्चार्ज हुनै लाग्दा बाबुले आफ्नो छोरा लिन अस्पताल पुगेका थिए तर त्यतिबेला सम्म पनि शिशु आइशोलेसनमै रहेकाले बाबुले छोरालाई काखमा च्याप्न सकेनन् जसले बाबुलाई भावविह्वाल बनायो अनि शिशुलाई निराश ।

Healthpati ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಶನಿವಾರ, ಫೆಬ್ರವರಿ 8, 2020

Loading...