प्रमोद खरेलले गाए पहिलोपटक लोकदोहोरी गीत हेर्नुहोस (भिडियो साहित)

काठमाडौँ, सुगम संगीतमा आवाज दिँदै आएका बहुचर्चित गायक प्रमोद खरेल र चर्चित गायिका लक्ष्मी मल्लको आवाजमा “धरौधर्म विद्यानास” बोलको गीत सार्वजनिक भएको छ। भने, गीतमा श्रीकृष्ण बम मल्लको संगीत र कृष्ण केसीको शब्द रहेको छ।

“धरौधर्म विद्यानास” बोलको गीतमा अडियोसँगै गीतको भिडियो पनि दमदार बनेको छ। भिडियो हेर्दा उच्च बजेट निर्माण भएको महशुस हुनेगर्छ । भिडियोमा नेपाली चलचित्र क्षेत्रका चर्चित नायक पल शाह र नायिका बेनिशा हमालको डान्स देख्न सकिन्छ । उनीहरूको डान्सले हेर्ने दर्शकको ध्यान सुरुदेखि अन्तिमसम्म केन्द्रित गर्दछ।

भिडियोलाई कोरियोग्राफी तथा निर्देशन शिव बिकले गरेका छन। उत्सव दाहालले खिचेको भिडियोमा इन्टेन्स इल्डको सम्पादन रहेको छ। भिडियोमा सुप्रीम पराजुलीको कलर ग्रेडिङ रहेको छ।

“आफ्नो मन” युटुब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई पहिलेको चर्चित गीत “लोभी आँखा”लाई झैँ दर्शक स्रोताले रुचाउनेमा विश्वस्त रहेको निर्माण टिमले जनाएको छ। “विद्यानास”लाई छोटो समयमा नै युटुबको करोड क्लबमा प्रवेश गरेको गीत “लोभी आँखा” निर्माण गरेको टिमले निर्माण गरेको हो।

Loading...