अर्को बैठक तय गर्दै नेकपा सचिवालय बैठक सकियो, अब अध्यक्ष ओलीले पनि छुट्टै प्रस्ताव ल्याउने

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बुधवार बसेको बैठक अर्को बैठकको मिति तय गरेर सकिएको छ । पार्टीका प्रथम अध्यक्ष केपी ओलीले बैठक रोक्ने अनेक प्रयत्न गरे पनि नसकेपछि अन्ततः बुधवार उनी सचिवालयको बैठकमा सहभागी भएका थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको सचिवालयको बैठकले स्थायी कमिटी र केन्द्रीय समिति […]

डाँका गरेको आरोपमा फरार अभियुक्त १६ बर्षपछि पक्राउ

   काठमाडौँ। काठमाण्डौको जडिवुटीमा नारायण खनाललाई नियन्त्रणमा डाकैत गरेको अभियोगमा १६ बर्ष देखि फरार रहेका जगन्नाथ ढकाललाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका ढकाल समेतका समुहले २०६१।०६।०७ गते काठमाण्डौको जडिवुटीमा मोटर साइकलमा फर्किदै गरेका नारायण खनाललाई हामी सुरक्षाकर्मी हौ भनि अन्य ५जनाको संलग्नतामा नियन्त्रणमा लिई मुखमा टेप लगाई वोल्न कराउन नदिई जवरजस्ती भ्यानमा राखी एकान्तस्थानमा […]

पेरुको राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त

एजेन्सी– दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त भएका छन् । सागास्तीले संसद समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । गत नोभेम्बर ९ मा पेरुको संसदले पूर्वराष्ट्रपति मार्टिन भिजकारालाई महाभियोग लगाएर पदबाट बर्खास्त गरेको थियो । त्यसपछि अन्तरिम राष्ट्रपतिका रुपमा नियुक्त भएका मानुएल मेरिनोको सरकारविरुद्ध पनि जनताले प्रदर्शन गरेपछि उनले गत नोभेम्बर […]

खुल्ला मञ्चमा खुवाइदै आएको निशुल्क खाना अब थापाथली प्रसुति गृह नजिकै खुवाइने

      काठमाडौँँ । खुल्ला मञ्चमा खुवाइदै आएको निशुल्क खाना अब थापाथली प्रसुति गृह नजिकै ब्यबस्थापन गरि खुवाउने भएको छ। काठमाडौं महानगरपालिका र खुलामञ्चमा निशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमति अनुसार नै आजबाट उनीहरुलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै भोजन गराउने कार्य सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती […]

रोजगार गुमेकालाइ काठमाडौँ महानगरले काममा लगाएबापत हप्ताको १४ सय रुपैयाँ दिने

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले रोजगार गुमेकालाइ काममा लगाएबापत हप्ताको १४ सय रुपैयाँ दिने भएको छ। बिगत केहिसमय देखि काम बिहिन भएर खुल्ला मञ्च रत्न्पाकमा खाना खान बाध्य हुने सवसाधारणलाइ महानगरले काम र दामको ब्यबस्था गर्न लागिएको हो। काम गर्न सक्नेहरुलाई हप्ताको दुईदिन काम दिएर १४ सय रुपैयाँ दिने तयारी भइरहेको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले […]

आजपनि रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुल्ला – फोटोहरु

 काठमाडौं। यमपञ्चकको पाँचौ दिन भाइटीकामात्र खोलिने रानीपोखरी बिचमा अवस्थित बालगोपालेश्वर मन्दि आज पनि खुल्ला गरिएको छ। आज पनि भाइटीका अर्थात किजापूजा भएको कारण सरकारले देशैभर थप एकदिन सार्वजनिक विदा दिएको छ। आज किजापूजा भएको कारण बर्षको किजापूजा अर्थात भाइटीकाको एकदिन मात्र खुल्ने गरेको काठमाडौंको रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिर आजपनि खुलेको छ। काठमाडौं महानगरपालिकाको अनुसार, हिजोजस्तै […]

सडक विस्तार संघर्ष समितिले नेपाल सम्वत् न्हूदँ ११४१ ( नयाँ बर्ष )लाइ नयाँ संघर्षको स्वरुपमा मनाए

काठमाडौँ। उपत्यका सडक विस्तार संघर्ष समितिले नेपाल सम्वत् न्हूदँ ११४१ ( नयाँ बर्ष ) लाइ नयाँ संघर्षको स्वरुपमा मनाएको छ। बालाजु बाइपास क्षेत्रमा अदालतको आदेश बिपरित सो स्थामा रहेका घरहरु भत्काई सडक बिस्तार गरेको भन्दै सोमबार त्यहिनै पुगी पिडित , समिति आबद्द अभियानताले नेपाल सम्वत् न्हूदँ ११४१ सुभकामना कार्येक्रम तथा मोटर साइकल र्याली गरेका हुन्। […]

काठमाडौमा आगलागी हुँदा दाइको मृत्यु, टिका लगाउन आएकी बहिनीसहित २ घाइते

काठमाडौँ । काठमाडौँको कपनमा आगलागी भएको छ । आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कपनको बालुवाखानी चोकस्थित स्थानीय नारायणबहादुर बस्नेतको घरमा आगलागी भएको हो । बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–५ का कृष्णबहादुर तामाङको कोठामा आगलागी हुँदा उनको जलेर मृत्यु भएको प्रहरीले […]

नेवार समुदायले आज भाइटीका लगाउँदै

काठमाडौँ। नेवा: समुदायले आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर किजा पुजा ( भाइटिका ) मनाउदै छन् । केहि समुहले सोमबार नै किजपुजा मनाएका छन्, भने यसैगरि आज पनि एकअर्कालाई टीका लगाइदिएर दाजुभाइ–दिदीबहिनीहरुले सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्द मनाइदै छन् ।   नेपाल पञ्चाङ्ग निर्णायक समितिले सोमबार यमपञ्चकको अन्तिम दिन भनिएता पनि नेवा: समुदायले आज […]

हुम्लामा पहिलो हिमपात किसानहरू खुशी तर माइनस् दश डिग्री तापक्रम

हुम्ला । हुम्ला सिमकोट लगायत दक्षिणी क्षेत्रतिर मंसिर १ गते पहिलो हिमपात हुँदा हुम्ली किसानहरू खुशी भएका छन् । तर पनि यहाँको तापक्रम माइनस् दश डिग्रीभन्दा कम रहेको छ । चार महिनासम्म हुम्लामा ठूलो वर्षा भएको छैन । यसबाट किसानहरू चिन्तित भएको अवस्थामा मंसिर १ गते हिमपात हुँदा जेठाँसी बालीहरू जौ, उवा र गहुँ छर्ने […]