रोजगार गुमेकालाइ काठमाडौँ महानगरले काममा लगाएबापत हप्ताको १४ सय रुपैयाँ दिने

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले रोजगार गुमेकालाइ काममा लगाएबापत हप्ताको १४ सय रुपैयाँ दिने भएको छ। बिगत केहिसमय देखि काम बिहिन भएर खुल्ला मञ्च रत्न्पाकमा खाना खान बाध्य हुने सवसाधारणलाइ महानगरले काम र दामको ब्यबस्था गर्न लागिएको हो।

काम गर्न सक्नेहरुलाई हप्ताको दुईदिन काम दिएर १४ सय रुपैयाँ दिने तयारी भइरहेको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिनुभयो । प्रवक्ता डंगोलले भन्नु भयो- ‘ कसैको ठूलो परिवार छ भने उनीहरुमध्ये २ जनालाई काममा लगाउने र काममा लगाएबापत हप्ताको १४ सय रुपैयाँको दरले दिइने छ ’। तर अशक्त, शरिक अपाङ्गता भएका र काम गर्न नसक्नेहरुका लागि भने व्यवस्थापनका लागि आवश्यक तयारी भइरहेको महानगरपालिकाले जनाएको छ ।   

यसैगरि महानगरले रत्न्पाक,खुला ठाउँमा खान खुवाउदै आएकाअभियान्ताहरुलाई छलफलका लागि बोलाएको छ । विभिन्न सस्था अबद्दा अभियानताले रत्न्पाक खुलाल मञ्चमा कोरना महामारी तथा लकडाउनका कारण कामविहीन नगरिकलाई निशुल्क खाना खुवाउदै आएका थिए। तिहारपछि खुला ठाउँमा खाना नखुवाउने सहमति भए पनि सहमति कार्यन्वयन नभएकाले अब के गर्ने भन्नेबारे छलफल गर्न महानगरपालिकाले उनीहरुलाई बोलाएको महानगरपालिकाका प्रवक्ता डंगोलले बताउनुभयो ।

तिहारअघि भएको छलफलमा तिहारपछि महानगरले पार्टी प्यालेसया अन्य कुनै ब्यबस्थित स्थान भाडामा ठाउँ लिएर खाना खुवाउने अभियान चलाउने सहमति भएको थियो । सहमति भय अनुसार खाना खुवाउनका लागि ठाउँको भाडा महानगरपालिकाले व्यहोर्ने रहेको थियो ।
महानगरले सहमति गरे अनुशार ठाउँ तोक्न नसकेपछि खुलामञ्चमै खाना खुवाइएको हाम्रो टिम नेपालले जनाएको छ । भाडाको ठाउँ खोजिरहेको र ठाउँ नपाउञ्जेल खुला ठाउँमै खाना खुवाउन आफूहरु बाध्य भएको अभियान्ताहरुले बताएका छन् ।

 

 

 

 

 

 

 

 

Loading...