आज दिवंगत परिवारको सम्झनामा गाइजात्रा पर्व मनाइयो ( फोटो फिचर सहित )

२४ श्रावण काठमाडौँ                                 उपत्यका काठमाडौँ ,ललितपुर ,भक्तपुर, किर्तिपुर लगाएत स्थानमा आज नेवार समुदायले दिवंगत परिवारका सदश्यका नाउमा सेतो जामा ,गाईको अनुहार,पछाडी गणेश अंकित चित्रसहितको मुकुण्डो पहिर्याई बाजागाजा सहित काठमाडौँका विभिन्न भित्रि शहर परिक्रमा गरियो ।         […]

मोबाइल चार्ज गर्दा मृत्यु

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा  मोबाइल चार्ज गर्ने क्रममा एक युवकको करेन्टका कारण मृत्यु भएको छ ।  ३१ वर्षीय सन्तबहादुर सुनारको करेन्ट लागेर मृत्यु भएको हो ।   जिल्ला प्रहरी कार्यालयका अनुसार मोबाइल चार्ज गर्दा विद्युत् चुहिएर  गम्भीर घाइते लामाचौरका सुनारको उपचारार्थ फिस्टेल अस्पतालमा ल्याउँदा ल्याउदै बाटैमै मृत्यु भएको थियो ।    

भारत पुर्याई आफ्नै बिद्यार्थी बलात्कार गर्ने प्रमोद महतो पक्राउ

महोत्तरी, साउन । ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय शिक्षक प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको हो ।   गत साउन १७ गते शिक्षकले ती युवतीलाई भगाएर भारतको सीतामढी लगी बन्धक बनाई बलात्कार गरेको आरोपमा महतोलाई […]

यसरी गयो प्रहरी ‘ईन्काउन्टर’मा प्रविणको प्राण

ललितपुर । ललितपुरको कुसुन्तीमा सोमबार गोली लागेर एक युवकको मृत्यु भएको छ । मृतक कुसुन्तीमै लागू औषधको डिलर संचालन गर्दै आएका प्रविण खत्री भएको प्रहरीको भनाइ छ । खत्रीलाई खोज्न उनको घरमै पुगेको प्रहरीतिर फ़ाइरिङ्ग गर्दै उनी भाग्न थालेपछि गोली चलाएको प्रहरीले बताएको छ । सोमबार पौने २ बजे खत्रीको खोजीमा हिडेको महानगरीय प्रहरी महाशाखाको […]

लेवोङदेखि सुकुनासम्म करिव ७२ किलो मिटर लामो मानव साङ्लो प्रदर्शन

काठमाडाैं । अलग प्रान्त गोर्खाल्याण्डको समर्थन र पश्चिम बंगाल सरकारले गरेको दमनको विरोधमा दार्जिलिङका जनताले करिव ७२ किलो मिटर लामो मानव साङ्लो प्रदर्शन गरेका छन् । गोर्खाल्याण्डको ‘इपिसेन्टर’ दार्जिलिङको लेवोङदेखि सिलिगुडी नजिकैको सुकुनासम्म करिव ७२ किलो मिटर लामो मानव साङ्लो प्रदर्शन गरिएको हो । दार्जिलिङदेखि सिलिगुडीसम्म प्रदर्शन गर्ने योजना भएपनि प्रशासनको अवरोधका कारण सुकुनासम्म मात्रै […]

जनबिरोधी कामले पार्टीको बदनाम गरेको भन्दै आफ्ना सालादेखि केपी आेली रुष्ट

काठमाडाैं । फरक आस्था भएकै कारण देशको प्रधानमन्त्रीको आदेश समेत अवज्ञा गरेको आरोप लागेका काठमाडाैं महानगरका मेयर बिद्या सुन्दर शाक्यमाथि विलासी गाडी खरीद गरेको आरोप थपिएको छ । बर्खामा काठमाडाैंका खाल्डाखुल्डीले बालबालिकाको जीवननै धरापमा परेको र सडकमा सास्ती समेत बढाएको भन्दै ७ दिन भित्र पूर्ण प्रधानमन्त्री शेराबाहादुर देउवाले दिएको निर्देशन मेयर शाक्यले मानेनन् । उनले […]

विभाजन र एकताको १८ औं शृंखलामा राप्रपा, सत्तास्वार्य फुटको कारण

काठमाडौं – पार्टी अध्यक्ष कमल थापा र वरिष्ठ नेता पशुपतिशमशेर राणाबीच सरकारमा सहभागी हुने आआफ्नै दाउले राप्रपा विभाजित भएको छ । आठ महिनाअघि मात्रै थापा नेतृत्वको राप्रपा नेपाल र राणा नेतृत्वको राप्रपा एकीकरण भएको थियो । फागुन ६ देखि ९ गतेसम्म राजधानीमा एकता महाधिवशेन गरेको राप्रपा विभाजन र एकताको यो १८ औं शृंखला हो । […]

माओवादीमा बहस : एकता कि विघटन ?

काठमाडौं ।  ‘माओवादी एउटा आन्दोलन थियो, पार्टी मात्रै थिएन । हामीले बनाउने भनेको माओवादी हिजोको जस्तो थिएन । पार्टीमा अहिले गुटबन्दी मौलाएको छ । जनतामा जाने गरी सामाजिकीकरण हुन सकेको छैन । आजको अन्नपूर्ण पोस्टमा खबर छ । नेतामुखी भइयो, नीतिमुखी त हुनै सकिएन । हामी सच्चिनै नसक्ने अवस्थामा पुगिसकेका हौं भने पार्टी विघटन गरिदिऊँ, यतातिर पनि […]

नेमप्लेट मात्र झुन्ड्याउन मन्त्री नभएको भन्दै पोखरेलले ल्याए २६ बुदे प्रतिबद्धतापत्र

काठमाडाैं । भिजन भएको मन्त्रीको रुपमा परिचय बनाएका गिरिराजमणि पोखरेलले आफ्नो कार्यकालमा गर्ने कामको फेहरिस्त सार्वजनिक गरेका छन् । यसअघि शिक्षा मन्त्रालय सम्हालेका पोखरेलले आफ्नो झण्डै २ दर्जन प्रतिबद्दता पेश गर्दै धेरैजसो प्रतिबद्दता पुरा गरेर सफल शिक्षा मन्त्रीको रुपमा आफ्नो नाम दर्ज गराएका थिए । आइतवार उनले स्वास्थ्यको क्षेत्रमा पनि आफ्ना प्राथमिकता रहेका क्षेत्र पहिचान […]

केन्द्रीय सदस्य जीवनलाई निष्कासन गर्दै नेकपाले दियो गडवडी नगर्न चेतावनी

काठमाडौँ, २२ साउन । नेपाल कम्युनिस्ट पार्टीले गगनबहादुर खड्का ‘जीवन’लाई पार्टीको साधारण सदस्यबाट निस्काशन गरेको छ । आतइबार प्रवक्ता प्रकाण्डले विज्ञप्ति निकालेर विचार र कार्यदिशाबाट पयालयनता, सुधारवाद, आत्मसुरक्षावाद र वर्ग संघर्षमा गम्भीर गल्ती गरेको भन्दै पार्टी सदस्यबाट समेत निश्कासन गरेको बताएका छन् । प्रवक्ता प्रकाण्डले जीवनको विज्ञप्ति क्रान्तिकारी ध्रुबिकरणविरुद्ध भएको बताउँदै प्रतिक्रियावादी षड्यन्त्र भएको बताए […]