यसरी गयो प्रहरी ‘ईन्काउन्टर’मा प्रविणको प्राण

ललितपुर । ललितपुरको कुसुन्तीमा सोमबार गोली लागेर एक युवकको मृत्यु भएको छ । मृतक कुसुन्तीमै लागू औषधको डिलर संचालन गर्दै आएका प्रविण खत्री भएको प्रहरीको भनाइ छ ।

खत्रीलाई खोज्न उनको घरमै पुगेको प्रहरीतिर फ़ाइरिङ्ग गर्दै उनी भाग्न थालेपछि गोली चलाएको प्रहरीले बताएको छ । सोमबार पौने २ बजे खत्रीको खोजीमा हिडेको महानगरीय प्रहरी महाशाखाको टोलीलाई देख्नासाथ खत्रीले २ हातमा रहेका अटोमेटिक पेस्तोल तेस्र्याएपछि प्रहरीले जवाफी फायर खोलेको थियो । महानगरीय प्रहरी अपराध महाशाखाका एसपी दिनेश आमात्यले प्रहरीलाई देख्नासाथ खत्रीले गोली चलाएपछि प्रहरीले गोली चलाएको दावी गरे ।

३२ वर्षीय प्रवीण खत्री ललितपुर क्षेत्रमा लागु औषधको कारोबार गर्ने गुण्डा थिए ।

उनीसंग लागु औषध र हातहतियार भएको सुराकीको आधारमा महानगरिय प्रहरी अपराध महाशाखा टेकुको टोली उनको घर छापा मार्न पुगेका थिए । जब प्रहरीले ढोका ढकढकाए उनि आफ्नो श्रीमतीसंग भित्रै थिए तर उनले ढोका खोलेनन् । प्रहरीले चारै तिर घरलाई घेरा लगायो तव उनि आफ्नो साढे दुइ तल्ले घर छतबाट पछाडी पट्टि खुल्ला ठाउमा हाम फाले ।

त्यहाबाट उनले प्रहरीलाई गोलि हाने तव प्रहरीले जवाफी फायर गर्यो । प्रहरीको एउटा गोली कन्चटमा लाग्यो भने अर्को मिस फायर भयो र उनि त्यहि ढलेको बताईएको छ ।

प्रहरीले बताए अनुसार यस अघि पनि खत्रीको घरमा प्रहरीले छापा मार्न आउदा आफ्नै नावालक बच्चाको ज्यान लिन्छु भने पछि प्रहरी पछि हट्न बाध्य बनेको थियो । घट्नास्थलबाट खत्रीले बोकेका दुइवटा पेस्तोल बरामद भएको छ ।

गतबर्ष उपत्यकाका डन भनिने दिनेश अधिकारी चरीको प्रहरी इन्कान्टरमै मृत्यु भएको थियो भने अर्का डन घैटे पनि प्रहरीसंगको झडपमा मारिएका थिए ।

Loading...