बढ्यो दूधको मूूल्य

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्यमा वृद्धि गरेको छ । (डीडीसी) ले एक लिटर दूधमा ६ रुपियाँ वृद्धि गरेको हो ।   यसअघि एक प्याकेट (आधा लिटर) दूधको ३३ रुपियाँ तिर्दै आएका उपभोक्ताले अब एक प्याकेट (आधा लिटर) दूधको खुद्रा मूल्य ३६ रुपियाँ तिर्नुपर्ने भएको छ  ।  डीडीसीले निर्धारण गरेको नयाँ मूल्य […]

बिहारमा बाढीका कारण ९१ जनाको ज्यान गयो करिब १ करोड नागरिक प्रभावित

एजेन्सी । भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको समाचार छ । साथै यसबाट करिब १ करोड नागरिक प्रभावित भएका छन् । गएको तीन दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ । बिहारको राजधानी नगर पटनामा यसका कारण निकै ठूलो क्षति पुगेको […]

भदौ १ देखि बाट चक्रपथमा ट्रक, मिनी ट्रक र ट्रिपर गुड्न निषेध, नियम उलंघन गर्नेलाई ५,००० जरिवाना

श्रावन ३२, काठमाडौं –                                    राजधानीमा अत्यधिक सवारीजामलाई व्यवस्थापन गर्न भन्दै सरकारले विहिवार भदौ १ देखि काठमाडौंको चक्रपथ रिङ्गरोडमा मालवाहक सवारीसाधन ट्रक, ट्रिपर र मिनिट्रक चल्न रोकलगाउने भएको छ । विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म चक्रपथ तथा सोभन्दा […]

सरिताको सहयोगको लागी कलाकारहरु एकसाथ उभिने

 ३१ श्रावण /काठमाडौं                                                आफ्नो बुबालाई कलेजो दान दिएपछि उपचार लगायत दैनिक घर संचालनमा आर्थिक समस्या भोग्दै आएकि सरिता महर्जनको सहयोगार्थ नेपाः डान्स एकेडेमिका कलाकारहरु एकसाथ उभिने भएका छन्् । एकेडमिले प्रेश विज्ञप्ति […]

अन्तत: सर्यो शिक्षकको परीक्षा

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि निर्धारण गरेको परीक्षा मिति सरेको छ । भाद्र ३ गते हुने भनिएको परीक्षा भाद्र १० गतेका लागि सरेको हो । यस अघिपनि आयोगको आन्तरिक कारण देखाई सारिएको परीक्षा एस पटक बाह्रय कारण देखाई सारिएको छ । आयोगले दोस्रोपटक परीक्षा सार्नुको कारण देशमा बर्षाले निम्त्याएको बिपत्ति भएको बताएको […]

विराटनगर विमानस्थल पूर्ण रुपमा बन्द । केही दिन खुल्न गाह्राे

विराटनगर, ३१ साउन । अविरल वर्षाले गर्दा डुबानमा परेको विराटनगर विमानस्थल सञ्चालनमा अझै केही दिन लाग्ने भएको छ । बाढी पसेर जलमग्न भएको विराटनगर विमानस्थलको पानी घटे पनि सञ्चालन गर्ने अवस्थामा नभएको नगरिक उड्डयन प्राधिकरण विराटनगरले जनाएको छ । प्राधिकरणका अनुसार विमानस्थलको धावनमार्गको पानी सुके पनि अन्य स्थानमा जमेको पानी अझै सुकिसकेको छैन । वर्षा […]

झापा र मोरङमा मात्रै ३० जनाको मृत्यु

विराटनगर, ३१ साउन । मोरङमा १९ जनाको शव भेटियो, झापामा ११ को मृत्यु, ४ बेपत्ता, पूर्वी नेपालको मौसममा सुधार निरन्तरको वर्षाका कारण मोरङमा १९ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार सोमबारसम्म १९ जनाको शव भेटिएको छ । अझै केही बेपत्ता छन् । वर्षा रोकिएपछि बाढीले बगाएर मृत्यु हुनेहरूको शव भेटिन थालेको […]

४८ घन्टा रुखमा चढेर १२ जना गाउँलेले यसरी ज्यान जाेगाए

काठमाडाै, ३१ साउन । तिन दिनदेखि राप्ती नदीको बीच टापुमा फसेका १२ जनाको सोमबार दिउँसो डुंगाको सहायताले उद्धार गरिएको छ । हेलिकप्टरले उद्धार गर्न नसकेपछि राप्ती–सोनारी गाउँपालिका–७ का वडा अध्यक्ष रामलखन थारुको नेतृत्वमा गएको टोलीले बाढीमा फसेका १२ जनाको सकुशल उद्धार गरिएको हो । बाढीमा फसेका सबै राप्ती–सोनारी गाउँपालिका–७, बसन्ताका भएको वडा अध्यक्ष थारुले बताए […]