दार्चुलामा एक जना मृत फेला, हत्याको आशंका

  दार्चुला, ११ माघ । दार्चुलाको ब्यास गाउँपालिका–४ डोकटमा एक जना मृत फेला परेका छन् । स्थानीय ५३ वर्षीय आनसिंह विष्ट माघ ७ गते बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए । डोकट गाउँमा एक जना मृत फेला परेको जानकारी आएपछि सुन्सेरा प्रहरी चौकीबाट घटनास्थलमा […]

कर्मचारी समायोजन र भर्नासम्बन्धी दुई दर्जन मुद्दामाथिको बहस सकियो

काठमाडौं, ११ माघ । कर्मचारी समायोजन तथा भर्ना सम्बन्धीमा परेका दुई दर्जन मुद्दामा सर्वोच्च अदालतमा मंगलबार बहस सकिएको छ। सपना मल्ल प्रधान, आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा बहस गरेका हुन्। बहस सकिएकाले आजै फैसला आउनसक्ने सम्भावना छ। अहिले न्यायाधीशहरु आन्तरिक छलफलमा छन्। ती मुद्दामा पुस २९ गतेदेखि सर्वोच्चमा सुनुवाई शुरु भएको थियो। सर्वोच्चमा […]

आयोगले सरकारलाई भन्यो : स्थानीय तह निर्वाचन मिति यथाशिघ्र तोकियोस्

काठमाडौं, ११ माघ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्न सरकारलाई भनेको छ। आयोगका सहप्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ति निकालेर सरकारलाई यथाशीघ्र स्थानीय तह निर्वाचनको मिति तोक्न आग्रह गरेका हुन्। ‘२०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकोमा पहिलो चरण २०७४ […]

कञ्चनपुरमा मसला सम्झेर खानामा ‘विषादी’ हाल्दा एकै परिवारका ५ जना बिरामी

धनगढी, ११ माघ । कञ्चनपुरमा खानामा मुसा मार्ने विषादी हाल्दा एकै परिवारका ५ जना बिरामी भएका छन्। मंगलबार बिहान जिल्लाको कृष्णपुर नगरपालिका– ६ मा दालमा मसलाको सट्टा गल्तीले विषादी पर्दा उनीहरु बिरामी परेका हुन्। विषादीयुक्त खाना खाएर ६५ वर्षीया रमादेवी विष्ट, ४५ वर्षीया कलावती, १७ वर्षीया सरिता, १४ वर्षीय शमिर र ८ वर्षीय समिक्षा बिरामी […]

नेपालमा भ्रष्टाचारको अवस्था गत वर्षको जस्तै

काठमाडौं, ११ माघ । नेपालको सुशासनको अवस्था गत वर्षकै जस्तो देखिएको छ । भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले आज जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपाल गत वर्षकोझै ३३ अंक पाएर ११७ औं स्थानमा रहेको छ । नेपालले यो वर्ष १०० मा ३३ अंक पाएको छ । गत वर्ष पनि […]

देवदहको घोडाहा जंगलमा दुईजनाको शव भेटियो

बुटवल, ११ माघ । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको छ । एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो भेटिएको हो । शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा […]

थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं, ११ माघ । पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि […]

प्रहरीकै मोटरसाइकल लिएर भागेका कैदी पक्राउ

दाङ, ११ माघ । घोराही कारागारबाट गत पुस ८ गते भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई पक्राउ गरेको हो । जिल्ला प्रहरीले कार्यालय दाङले पक्राउ परियारका बारेमा जानकारी दिन सोमबार ४ बजे कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको […]

आजदेखि फेरि खोप अभियान सुरू गर्दै टेकु अस्पताल

काठमाडौं, ११ माघ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ। अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताइन्। आज बिहान १० बजेदेखि खोप अभियान […]

बालक हत्या आरोपमा पाँच जना पक्राउ

पर्सा, ११ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले बालक हत्या आरोपमा पाँचजनालाई पक्राउ गरेको छ । गत पुस २३ गते जगरनाथपुर–६ का १२ वर्षीय मन्टुप्रसाद कुर्मीको घाँटी थिचेर मारिएको अवस्था शव फेला परेको थियो । उक्त घटना संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा गरनाथपुर–६ का ६४ वर्षीय गोवारी […]