देवदहको घोडाहा जंगलमा दुईजनाको शव भेटियो

बुटवल, ११ माघ । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको छ ।

एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो भेटिएको हो ।

शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा सारुले जानकारी दिए ।

शबको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको उनले बताए । उनीहरु आमाछोरी हुन सक्ने प्रहरीको अनुमान छ ।

शव भेटिएको स्थान रक्ताम्य रहेकोले कसैले हत्या गरेर शव बेवारिसे छाडेको हुन सक्ने स्थानीयको भनाइ छ ।

शवको पहिचान खुल्न नसकेको र पोस्टमार्टम तथा थप अनुसन्धानका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

Loading...