बालक हत्या आरोपमा पाँच जना पक्राउ

पर्सा, ११ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले बालक हत्या आरोपमा पाँचजनालाई पक्राउ गरेको छ ।

गत पुस २३ गते जगरनाथपुर–६ का १२ वर्षीय मन्टुप्रसाद कुर्मीको घाँटी थिचेर मारिएको अवस्था शव फेला परेको थियो । उक्त घटना संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा गरनाथपुर–६ का ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुप्रसाद यादव, मनमोहनप्रसाद यादव र रोहनप्रसाद यादव छन् ।

उनीहरूलाई पर्साको छिपहरमाई गाउँपलिका–६ भिष्वास्थित नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Loading...