कञ्चनपुरमा मसला सम्झेर खानामा ‘विषादी’ हाल्दा एकै परिवारका ५ जना बिरामी

धनगढी, ११ माघ । कञ्चनपुरमा खानामा मुसा मार्ने विषादी हाल्दा एकै परिवारका ५ जना बिरामी भएका छन्। मंगलबार बिहान जिल्लाको कृष्णपुर नगरपालिका– ६ मा दालमा मसलाको सट्टा गल्तीले विषादी पर्दा उनीहरु बिरामी परेका हुन्।

विषादीयुक्त खाना खाएर ६५ वर्षीया रमादेवी विष्ट, ४५ वर्षीया कलावती, १७ वर्षीया सरिता, १४ वर्षीय शमिर र ८ वर्षीय समिक्षा बिरामी परेको आफन्तले पुष्करबहादुर सिंहले बताए। ‘घरमा सानी छोरीले खाना बनाउँदा दालमा गल्तीले मसलाको सट्टा विषादी हालेकी रहेछिन्। त्यहि खाएर सबै बिरामी परे’ उनले भने।

घटनापछि बिरामी परेका उनीहरुलाई धनगढीको सेती प्रादेशिक अस्पताल ल्याइएको छ। उनीहरुको उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

Loading...