भक्तपुर, २१ जेठ २०८० सह प्राध्यापक कविता लुइँटेल भक्तपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त भएकी छन् । उनी गणित विषयको सह प्राध्यापक हुन् । […]
शिक्षा
भक्तपुर बहुमुखी क्याम्पसको उप-सभापति मा जतन अधिकारी
बैसाख २० । भक्तपुर बहुमुखी क्यामपसको स्ववियु निर्वाचन चैत्र ५ गते भएको थियो । गठबंधन बाट नेविसंघ , अनेरास्ववियु र अखिल क्रान्तिकारी को प्रतिस्पर्धिमा नेक्रावी संघ रहेको थियो । चुनावमा प्रत्यक्ष तर्फ पुरै प्यानल नै गठबंधनले जितेको थियो भने समानुपातिक तर्फ चार वटै संघसंगठनले सिट पाएका थिए । चुनाव सकिएको महिना दिन सकिदा पनि विभिन्न […]
निरन्जना माविको ६३औं वार्षिकोत्सव सप्पन्न
श्रेया तिवारी, नुवाकोट १८ बैशाख २०८० । नुवाकोट जिल्लाको बेल्कोट्गढी नगरपालिका वडा नम्बर १० को ऐतिहासिक गढिमा अवस्थित निरन्जना माध्यमिक विद्यालयको ६३औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बागमती प्रदेश सरकारका आर्थिक बिकास तथा योजना मन्त्री बहादुर सिंह लामाको प्रमुख अथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री […]
TU ले पाउनु मात्र पर्छ १ वर्षमा दिन्छ ३६६ दिन बिदा ( कठै मेरो शिक्षा प्रणाली )
आकाश गजुरेल, भक्तपुर, ५ बैशाख । कुनै पनि विद्यार्थी क्याम्पस किन जान्छ ? के पाउनलाई जान्छ ? परिक्षामा राम्रो अङ्क लेराउने उदेश्य मात्रै हो त शिक्षा प्रणालीको ? १ वर्ष मा ३ सय ६५ दिन हुने गर्दछ । यो १ वर्षमा दशै, तिहार, छठ , तिज, जात्रा , लोसार , इद, क्रिसमस इत्यादी चाडहरु […]
विदेशमा विद्यार्थी पठाउने शैक्षिक कन्सल्टेन्सीका शेयरधनी नै करोडमा ठगिए
काठमाडौं । कतिपय शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) मा विद्यार्थी र अभिभावक ठगिएका घटना नयाँ होइन तर काठमाडौँको एक कन्सल्टेन्सीका शेयरधनी नै ठगिएका छन्। काठमाडौं महानगरपालिका–३२ स्थित अर्बिट इन्टरनेशनलका शेयरधनी तारकेश्वर गाउँपालिका–१, नुवाकोटका श्रीबहादुर तामाङलाई थाहै नदिइ पूर्वसञ्चालक चाँगुनारायण नगरपालिका–८, भक्तपुरका ७२ वर्षीया केशवप्रसाद अधिकारीले रु तीन करोड ५० लाख ठगी गरेको उजुरी परेपछि अधिकारीलाई नेपाल […]
डायमण्डमा अंग्रेजी वक्तृत्वकला
लेखनाथ, ३० जेठ । पोखरामहानगरपालिका २७ तालचोकस्थित डायमण्ड माध्यमिक विद्यालयमा अंग्रेजी विभागको आयोजनामा मावि ९–१० स्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ९ की छात्रा राजश्री राना प्रथम, कक्षा ९ की सोनीया गुरुङ्ग र उपज्ञा बराल द्वितीय र कक्षा १० का राजिव रिमाल, कक्षा ९ का सौरव त्रिपाठी र प्रज्वल भण्डारी तृतीय […]
शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यक: प्रा डा. सुवेदी
जेठ २९ ,काठमाडौं । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा. भिमप्रसाद सुवेदीले नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यक भएको बताउनुभएको छ । विश्वविद्यालय अनुदान आयोग र मंगल बहुमुखी क्याम्पसद्वारा संयुक्त रुपमा आयोजित पाँच दिने कार्यशाला समापन कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । ‘‘नेपालमा अहिलेसम्म शिक्षा क्षेत्रमा शिक्षक र प्राध्यापकलाई विद्यार्थी सिकाउने विधिबारेमा मात्र केन्द्रित […]
आयोगद्वारा चिकित्सा शिक्षामा शुल्क वृद्धि
जेठ १८, काठमाण्डौ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ । आयोगको हिजो बसेको बैठकले चालु शैक्षिक सत्रसम्मको शुुल्कलाई आधार मानेर आउँदो शैक्षिक सत्रदेखि नयाँ भर्ना हुने विद्यार्थीका लागि ३ दशमलव ६ प्रतिशत शुुल्क वृद्धि गर्ने निर्णय गरेको हो । आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेका अनुसार […]
किर्तिपुर नगर पालिका भित्रका विद्यालयमा आइतबार बिदा नहुने
जेठ ५ , काठमाडौँ । किर्तिपुर नगर पालिका भित्रका विद्यालयमा आइतबार बिदा नहुने भएको छ । कीर्तिपुर नगरपालिकाले बुधबार जेठ ४ गते एक सूचना प्रकाशित गर्दै कीर्तिपुर नगरपालिका क्षेत्रभित्रका विद्यालयहरु साविककै समय र दिनमा सञ्चालन हुने जनाएको छ । नगरपालिकाका शिक्षा शाखाका शाखाअधिकृत गोविन्दप्रसाद निरौलाले एक सूचना जारी गर्दै विद्यालयहरु आइतबारदेखि शुक्रबारसम्म नियमित र बिहान […]
त्रिविले आइतबार बिदा नदिने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले हप्ताको छ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरु सञ्चालन गर्ने भएको छ। नेपाल सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको सन्दर्भमा विश्वविद्यालयले आज सूचना जारी गरी अर्को सूचना नभएसम्मका लागि साबिकबमोजिम नै आइतबारसमेत विश्वविद्यालयका सेवाहरु सञ्चालनमा […]