आज पनि कोरोना संक्रमणबाट १२९को मृत्यु, ८९८० संक्रमित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ३५७ जनाको पीसीआर परीक्षण र ७४८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार ९८० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । योसहित नेपालमा हालसम्म […]

काठमाडौँमा पीसीआर परीक्षण गर्ने ७० प्रतिशतमा संक्रमण

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ । कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र […]

एक महिना स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी

काठमाडौं । सरकारले एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ। सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ। शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव लगायत शीतल निवास पुगेका छन् । देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएर अवस्था भयावह भएपछि सरकारले संकटकाल घोषणा गर्नेगरी सिफारिस गरेको हो। यस्तै संसदको विशेष अधिवेशन अन्तको ड्राफ्ट […]

कोरोना संक्रमण दर प्रतिदिन बढ्दो आज ९१९६ संक्रमित थपिए, ५० को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ८ सय ८२ जनाको स्वाब परीक्षण गर्दा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार २९ सय ५ जनाले २४ घण्टामा कोरोना जितेका छन्। मन्त्रालयका अनुसार १९ हजार ९८७ जनाको […]

पछिल्लो २१ दिनमा कोरोनाबाट ३५९ को मृत्यु, बैशाखमा मात्रै थपिए ६९४४१ संक्रमित

काठमाडौं । मंगलबार अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वैशाख यता कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर उकालो लागेको छ । यसअघि आइतबार र सोमवार पनि धेरैको मृत्यु भएको थियो । आइतबार २७ जना र सोमबार ३७ जनाको मृत्यु भएको थियषे । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार […]

प्रधानमन्त्रीले विश्वासको मत लिन बैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद बैठकमा सहभागी एक […]

नक्कली कोरोना संक्रमित भएर जनर्मोर्चाका सांसद आइसीयुमा भर्ना भएको खुलासा

पोखरा । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही पोखराको पृथ्वी चोकमा रहेको चरक अस्पतालको आइसीयु कक्षमा भेटिएका छन् । कोरोनाका विरामीलाई उपचार गर्ने आइसीयु कक्षमा भर्ना गरिएका सांसद शाहीको कोरोना परिक्षणको रिपोर्ट भने नेगेटिभ देखिएको छ । प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको हो । उनलाई स्वास्थ्य समस्या पनि केही नरहेको बताइएको […]

गोठका सबै च्याङ्ग्रा मारेर खाएको हिउँ चितुवालाई गोठालाले च्याङ्ग्राकै खोरमा थुने

मनाङ, ९ वैशाख । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ। मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले बताए। बुधबार बिहान ७ बजेको समयमा च्याङ्ग्राको गोठमा पुगेका गोठालोले चितुवाले खोरभित्रै च्याङ्ग्रा खाँदै […]

बागलुङमा होली मेलामा झडप हुँदा २ जनाको मृत्यु

काठमाडौं, चैत । बागलुङ  र प्युठान जिल्लाको सिमानामा लागेको एक होली मेलामा युवाहरुको दुई समूहबीच झडप हुँदा २ जनाको ज्यान गएको छ । झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा आइतबार दिउँसो झडप भएको हो ।  मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र […]

माओवादी केन्द्रले बादलसहित मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

फागुन २९ , काठमाडौं । नेकपा माओवादी केन्द्रले बादलसहित मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन र मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ। माओवादी केन्द्रको कार्यालय पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेको भन्दै यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको हो । फिर्ता […]