कोरोना संक्रमण दर प्रतिदिन बढ्दो आज ९१९६ संक्रमित थपिए, ५० को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ८ सय ८२ जनाको स्वाब परीक्षण गर्दा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार २९ सय ५ जनाले २४ घण्टामा कोरोना जितेका छन्।

मन्त्रालयका अनुसार १९ हजार ९८७ जनाको पीसीआर गर्दा ९ हजार २३ र ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ ।

कुल संक्रमित ३ लाख ७७ हजार ६०३ जना रहेको नेपालमा दुई लाख ९५ हजार ३९५ जना निको भएका छन् । मन्त्रालयका अनुसार अहिले ३८० जना क्वोन्टाइनमा रहेका छन् ।

२४ घण्टामा ५० जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या तीन हजार ५७९ पुगेको छ ।

Loading...