नक्कली कोरोना संक्रमित भएर जनर्मोर्चाका सांसद आइसीयुमा भर्ना भएको खुलासा

पोखरा । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही पोखराको पृथ्वी चोकमा रहेको चरक अस्पतालको आइसीयु कक्षमा भेटिएका छन् । कोरोनाका विरामीलाई उपचार गर्ने आइसीयु कक्षमा भर्ना गरिएका सांसद शाहीको कोरोना परिक्षणको रिपोर्ट भने नेगेटिभ देखिएको छ । प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको हो । उनलाई स्वास्थ्य समस्या पनि केही नरहेको बताइएको छ । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव माथि मतदान हुनुअघि बुधबार शाही सम्पर्कविहीन भएका थिए ।

सांसद शाही अस्पतालमा आफू कोरोना पोजिटिभ देखाएर भर्ना भएको बताइएको छ । चरक अस्पतालले पनि सांसद शाहीमा कोरोना पोजिटिभ भएको नक्कली रिपोर्ट बनाएर आइसीयुमा राखेको बुझिएको छ । उनीसँगै कांग्रेस प्रदेशसभा सदस्य मनकुमारी गुरुङ बुधबार विहान अस्पतालमा भर्ना भएको अस्पतालका निर्देशक कपिल पोखरेलले बताए । यससँगै गण्डकीमा फेरि सांसद खरिद बिक्रीको खेल भएको चर्चा चलेको छ । प्रदेशसभाको बहुमतमा निर्णायक बनेको राष्ट्रिय जनमोर्चाका सांसद शाही अनुपस्थित भएपछि अनुपस्थित भएपछि प्रदेशसभामा खैलाबैला भएको थियो । 

प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको थियो । तर अस्पतालमा पोजेटिभ रिपोर्ट देखाएर भर्ना भएको पोखरेलले बताए ।  

गण्डकी प्रदेशको प्रदेशसभाको बुधबार बसेको पहिलो बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल भएको थियो ।

अपराह्न साढे ४ बजे बोलाइएको प्रदेशसभाको दोस्रो बैठक सुरु हुनु अघि राष्ट्रिय जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग गर्दै प्रदेशसभामा निवेदन दिइन् ।

लगत्तै सभामुखले अर्को सूचना नआउँदासम्म प्रदेशसभाको बैठक स्थगित गरे । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना रिपोर्ट नेगेटिभ भएको सांसदलाई अस्पतालमा बन्दी बनाइएको आरोप लगाएका छन् ।

यसैबीच राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद खिमबिक्रम शाहीको स्वास्थ्य अवस्थाबारे छानविन गर्ने जनाएको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसी उनको यो शंकास्पद अस्पताल बसाईबारे पार्टीले छानविन गर्ने र सत्यतथ्य सार्वजनिक गर्ने जानकारी दिए । 

जनमोर्चाले आफ्ना सांसद सम्पर्कविहीन भएको भन्दै निवेदन दिएपछि संसद् बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो यसपछि भने शाही कोरोना अस्पतालको आईसीयूमा रहेको सूचना सार्वजनिक भएको थियो । ‘मैले पनि हाम्रो सांसद आईसीयूमा रहेको खबर सुनेँ । यसबारे पार्टीले बुझ्छ’, केसीले अनलाइनखबरसँग भने ।

सांसद शाहीको स्वास्थ्य समस्या जनतासामू सार्वजनिक गर्ने पनि केसीले बताए । ‘कोरोनाकै कारणले आईसीयू जान सकिने कुरा पनि भयो । अरु बाहनाबाजी हो भने त्यो त थाहा हुन्छ नि भोलि’ केसीले भने, ‘बिमार के हो भन्ने त पार्टीले राम्रोसँग बुझ्छौ नि । जे भएको हो नेपाली जनताको सामू सार्वजनिक गर्छौ‌ं ।’

गण्डकी प्रदेशमा जनमोर्चाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा उभिने निर्णय गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले ल्याएको अविश्वासको प्रस्तावकै पक्षमा जनमोर्चा उभिँदा मुख्यमन्त्री अल्पमतमा पर्न सक्छन् ।

यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीलाई सरकारले बन्दी बनाएको आरोप लगाएका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएको र पछि चरक अस्पतालमा भेटिएको प्रशंग उल्लेख गर्दै शर्माले सरकारले नै बन्दी बनाएको बताएका हुन्।

हिजो मात्रै पीसीआर परीक्षण गराएका शाहीको रिपोर्ट नेगेटिभ आएको छ। प्रवक्ता शर्माले कोभिड रिपोर्टसहित ट्वीट गर्दै सरकारले गुण्डागर्दी गरेको आरोप लगाए।

उनले लेखेका छन्, ‘स्वस्थ, तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आईसीयूमा कसैलाई भेट्न नदिएर किन राखिएको छ? उपचारका नाममा बन्दी? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी?’

Loading...