पछिल्लो २४ घन्टामा ४८९७ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणबाट थप १७ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्‍यु हुनेको संख्या ३ हजार २ सय ११ पुगेको छ ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै सबैभन्दा बढी काठमाडौँ उपत्यकामा २ हजार ४७ जानमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँका १४६४ जना, भक्तपुरका २३२ जना र ललितपुरका ३५१ जना रहेका छन् ।

यस्तै रुपन्देहीमा ४३४ जना, बाँकेमा ३२८ जना, कैलालीमा १९४ जना, कास्कीमा १८२ जना, दाङमा १८० जना, चितवनमा १४७ जना, सुर्खेतमा १३२ जना, मोरङमा १२८ जना र पर्सामा १२३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै गोरखामा ६१ जना, धनुषामा ५३ जना, काभ्रेपलाञ्‍चोकमा ५० जना, सुनसरीमा ४९ जना, कपिलवस्तुमा ४७ जना, बारामा ४१ जना र झापामा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी नवलपरासी पश्‍चिम, पाल्पा, बर्दियामा २८/२८ जना, नुवाकोटमा २५ जना, कञ्‍चनपुरमा २ जना, रौतहट र सप्तरीमा २३/२३ जना, धादिङ र बैतडीमा २२/२२ जना, लम्जुङ र स्याङ्जामा २१/२१ जना, अर्घाखाँचीमा २० जना, नवलपरासी पूर्व र गुल्मीमा १८/१८ जना, महोत्तरी, सिरहा र सिन्धुपाल्चोकमा १७/१७ जना, तनहुँमा १५जना, ताप्लेजुङ र म्‍याग्दीमा १३ जना, डडेल्धुरामा १२ जना, पर्वतमा ११ जना र सर्लाहीमा १० जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै रोल्पामा ९ जना, रामेछाप, सिन्धुली, प्‍युठान, जाजरकोट र जुम्ला ८/८ जना, दोलखामा ६ जना, रुकुम पुर्व, कालिकोट, दैलेख र सल्यानमा ५/५ जना, मकवानपुरमा ४ जना, इलाम, भोजपुर र रुकुम पश्‍चिममा ३/३ जना, उदयपुर, खोटाङ, मुगु, अछाम, डोटी र बागलुङमा २/२ जना र ओखलढुंगा, धनकुटा, रसुवा, मुस्ताङ, लम्जुङ, डोल्पा, दार्चुला र बाजुराका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका ९९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनिका ३१७ बालबालिका कोरोना संक्रमित भेटिएका हुन् ।

Loading...