कोरोना कोभिड-१९ लाई मध्य नजर राखी स्वयम्भू वरपर जात्रा तथा भिड नियन्त्रण

काठमाडौँ। राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी तथा स्वयम्भू प्रहरी वृत्तको सहकार्यमा स्वयम्भू भगवान पाउमा तेमाल जात्राको हुल भिडलाई नियन्त्रण गर्नुका साथै कोरोना कोभिड-१९ सम्बन्धि जनचेतना कार्यक्रम गरेको छ।
उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी तथा स्वयम्भू प्रहरी वृत्त द्वारा मंगलबार कोरोना कोभिड-१९ लाई मध्य नजर राखी स्वयम्भू वरपर जात्राले भएको भिड नियन्त्रण गर्नुका सथै स्वयम्भू माथि जान समेत रोक लगाएका थिए । आफू पनि बचाै अरुलाइ पनि बचाउ भन्ने नाराका सहित जनचेतना जगाउनुका साथै १५ वडा बासिहरुलाइ कोरोना बाट बचाउन राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका सदस्यहरुलाई निरन्तर स्वयंसेवकको रुपमा परिचालन गरि अगाडि बढिरहेको छ।
उक्त कार्यक्रममा नेकपा एमाले महानगर सदस्य क.उद्दब खड्गी,राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका अध्यक्ष क.किसन डंगोल,राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका क.सचिव संजय शाही,राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका सह-सचिव कपिल शाही खड्गी राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका सदस्य अनिस महर्जन,अरमान ज्युहरु स्वयम्भू प्रहरी वृत्तको तर्फबाट असइ किसोर खत्री लगायत प्रहरीहरुको टोलि उपस्थिति रहेको थियो ।
नेकपा एमाले महानगर सदस्य क.उद्दब खड्गी ज्युले राष्ट्रिय युवा संघ नेपालले प्रहरी संग सहकार्य कोरोना मात्र नभई हरेक समाजिक कार्यमा अधि बढ्नु पर्ने बताउनु भयो ।
राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका अध्यक्ष क.किसन डंगोल ज्युले राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले कामपा १५ वडा भित्र समाजिक,आर्थिक ,खेलकुद लगायत हरेक क्षेत्रमा १५ वडाका युवाहरुलाइ अगाडि बढाउने र आजको कार्यक्रममा सहकार्य गरेर साथ दिनुहुने स्वयम्भू प्रहरी वृत्तलाई धेरै धेरै धन्यवाद दिनुका साथै आगामी दिनहरुमा पनि साथ र सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

Loading...