एक महिना स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी

काठमाडौं । सरकारले एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ। सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ।

शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव लगायत शीतल निवास पुगेका छन् । देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएर अवस्था भयावह भएपछि सरकारले संकटकाल घोषणा गर्नेगरी सिफारिस गरेको हो।

यस्तै संसदको विशेष अधिवेशन अन्तको ड्राफ्ट पनि तयार भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन बोलाइएको थियो भने सो अधिवेशन अन्त्य गर्ने तयारी भएको हो।

Loading...