१० अर्ब १५ करोड रुपैयाँ बिमाबाट उठ्यो

काठमाडौं, १९ फागुन । चालू आर्थिक वर्ष ०७४-७५ को दोस्रो त्रैमासिकसम्म निर्जीवन बिमा कम्पनीहरूको बिमाशुल्क आम्दानी औसतमा २१ प्रतिशतले बढेको छ । सो अवधिमा सञ्चालनमा आएका १७ निर्जीवन कम्पनी (नेसनल जनरल इन्स्योरेन्सबाहेक)ले करिब १० अर्ब १५ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १६ प्रतिशतले बढी हो । […]

४७ कम्पनीले गरे बोनस सेयर बाड्ने घोषणा

Share Market

विभिन्न ४७ कम्पनीले रु १० अर्ब ८१ करोड तीन लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको शेयर बोनसबापत शेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो । चालू आर्थिक वर्षको शुरुदेखि हालसम्म बोर्डमा बोनस शेयर […]

सिटी एक्सप्रेस र साउदीको बैंक अल बिलाद एन्जाजले सुरु गरे संयुक्त रेमिट्यान्स सेवा

काठमाडौं । साउदी अरबमा रहेका नेपालीहरुले अब सजिलै नेपालमा पैसा पठाउन सक्ने भएका छन् । साउदी अरबको प्रसिद्ध बैंक अल बिलाद, एन्जाज सर्भिस सेन्टर र नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सम्झौता भएपछि यो सेवा अझ सजिलो भएको हो । अब एन्जाज सर्भिस सेन्टरका १७९ रेमिटान्स सेन्टरहरुबाट नेपालीहरुले नेपालमा सिधैं नगद पठाउन वा नेपालमा रहेको […]

सिंहदरवारभित्रै एक मेगावाट विद्युत उत्पादन गर्ने अन्तिम तयारी

काठमाडौं, १३ फागुन । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका छतहरुबाट सोलार(सौर्य उर्जा) मार्फत एक मेगावाट बिजुली उत्पादन भएको छ । २०६७ सालदेखि नै सिंहदरबारका छतहरुबाट सोलारमार्फत विद्युत उत्पादन गर्ने लक्ष्य लिए पनि बल्ल अन्तिम परीक्षण र निरीक्षणसँगै ९ सय ५६ किलोवाट विद्युत उत्पादन भएको हो । सिंहदरबार र आसपासमा रहेका २३ मन्त्रालय र विभिन्न सरकारी […]

संसदका कुर्सी र माइक खरिदमा ठूलो भ्रष्टाचार

काठमाडौं, १३ फागुन । राष्ट्रियसभा बैठक हलमा सांसदका कुर्सीमा माइक खरीद र जडानका लागि टेण्डरबाट गरिएको कम्पनी छनोटमा भ्रष्टाचारको आशंका भएपछि संसद् सचिवालयले प्रक्रिया तत्काल स्थगन गर्न आदेश दिएको छ। सार्वजनिक खरिद ऐनविपरीत बढी रकम कबोल गर्ने कम्पनीलाई माइक खरिद र जडानको टेण्डर दिएको भन्दै कम रकममा टेण्डर हालेको कम्पनीले उजुरी दिएपछि प्रक्रिया स्थगन भएको […]

प्राधिकरणको नीति : स्वदेशी कम्पनीमाथि अंकुश, विदेशीलार्इ अनुमति

काठमाडौं, १३ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी एयरलाइन्सलाई नेपालमा उडान भर्न अनुमति दिइरहेका बेला स्वदेशी कम्पनीलाई भने अंकुश लगाउने तयारी गरेको छ । प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई केही महिनाअघि पूर्वाधार विस्तार नभएसम्म नयाँ एयरलाइन्सलाई उडान अनुमति दिन नसक्ने जनकारी गराएको थियो । तर त्यसको केही सातापछि नै कुवेतको वातानीय एयरलाइन्सलाई […]

उद्घाटन गर्ने तयारी गरिएको पुल प्रयोगमा नल्याउँदै भाँचियो

सिन्धुपाल्चाेक, ८ फागुन । गोरखा भूकम्पपछि बन्द तातोपानी नाका सुचारु गर्ने लक्ष्यका साथ भोटेकोसी नदीमा निर्माण भइरहेको बेलिब्रिज निर्माणकै क्रममा भाँचिएको छ । भोटेकोशी गाउँपालिका ३ र ४ को सिमामा पर्ने लार्चास्थित भोटेकोशी नदीमाथि निर्माण भइरहेको बेलिब्रिज प्राविधिक सावधानीले भाँचिएको भोटेकोशी गाउँपालिका प्रमुख राजकुमार पौडेलले जानकारी दिए । तीन चार दिनमै निर्माण सकेर नाका सञ्चालनको […]

आठ अर्ब पुँजी नहुने बैंकहरु सबैलार्इ राष्ट्र बैंकले कारवाही गर्ने

nepal-rastra-bank

काठमाडाैं, ८ फागुन । चुक्ता पुँजी आठ अर्ब नपुर्‍याउने बैंक कारबाहीमा पर्ने भएका छन्। राष्ट्र बैंकले निर्धारण गरेको समयसीमाभित्र पनि चुक्ता पुँजी पुर्‍याउन नसक्ने बैंकलाई कारबाहीको दायरामा ल्याउने भएको हो। समयसीमाभित्र चुक्ता पुँजी नपुर्‍याउने बैंक तथा वित्तीय संस्थालाई ऐनमा व्यवस्था गरेअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए। बैंक तथा वित्तीय संस्थाले […]

विकास निर्माणका काममा जुट्यो नेकपा, २५ वर्षसम्म नबनेको सडक बनाउन सुरु

कालिकाेट । संसदीय व्यवस्थाका विरुद्ध नयाँ संघर्षकाे थालनी गरेकाे नेपाल कम्युनिष्ट पार्टीले गाउँ गाउँमा जनसत्तामार्फत विकास निर्माणका काम पनि सुरु गरेकाे छ । यसैक्रममा नेकपाकाे जनपरिषद कालिकाेटले सडक निर्माणकाे काम थालनी गरेकाे छ । काठमाडाैंबाट इन्जिनियरहरुकाे टाेली लिएर जनपरिषदले कर्णाली राजमार्गकाे खुलालुबाट कालिकाेटकाे मालकाेटसम्मकाे सडक निर्माण कार्य थालेकाे हाे । नेकपाले उक्त कार्यका लागि लाग्ने […]

कर्जा प्रवाह रोकिएपछि ५० जलविद्युत् आयोजना समस्यामा

काठमाडौँ, १ फागुन । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता संकटका कारण निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित भएका छन् । निर्माण सम्पन्न हुने चरणमा रहेका साना ठूला गरी ५० जलविद्युत् आयोजनाले पछिल्लो दुई महिनादेखि रकम नपाउँदा निर्माण व्यवसायीलाई भुक्तानी गर्न सकेका छैनन् । चालू आर्थिक वर्षको अन्त्यसम्म निर्माण सम्पन्न हुने क्रममा रहेका एक दर्जन आयोजना सबैभन्दा बढी […]