विप्रेषण आयले दीर्घकालसम्म अर्थतन्त्र धान्दैन’

काठमाडौँ, १० साउन । विप्रेषण आयले देशको अर्थतन्त्र दीर्घकालसम्म सञ्चालन नहुने यथार्थ औँल्याउँदै अर्थतन्त्रका जानकारहरुले कृषि क्षेत्र र उद्यमशीलताको विकासबाटै आर्थिक उन्नयन सम्भव हुने बताएका छन् । सङ्घीयतामा मुलुक प्रवेश गरेको चार वर्षको अवधिमा सामाजिक आर्थिक विकासका दृष्टिले स्थानीय तहलाई संरचनागत रुपमा नै सुदृढ गर्नुपर्नेमा पनि जोड दिएका छन् । पेट्रोलियम पदार्थको आयात, वस्तुको ढुवानी, […]

बाढीपहिरोका कारण मकवानपुरस्थित माण्डु हाइड्रोपावर कम्पनीलाई नौ करोडको क्षति

काठमाडौं १० साउन । बाढीपहिरोका कारण मकवानपुरस्थित माण्डु हाइड्रोपावर कम्पनीलाई नौ करोडको क्षति पुगेको छ । चार अर्ब २५ करोड लगानी रहेको सो हाइड्रोपावरमा बाढी पहिरोले छ करोड मूल्य बराबरको उपकरण तथा संरचना र रु तीन करोड मूल्य बराबरको विद्युत् व्यापार गरी कूल नौ करोडको क्षति भएको हाइड्रोपावरका जनसम्पर्क अधिकृत पुरुषोत्तम दानीले जानकारी दिए । […]

सतुवाको व्यावसायिक खेतीतर्फ किसानको आकर्षण

पोखरा, १० साउन । जडीबुटीको संरक्षण र उपयोगलाई आर्थिक समृद्धिसँग जोड्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकामा स्थानीयवासीको सक्रियतामा औषधीय वनस्पति सतुवाको व्यावसायिक खेती थालिएको छ । नेपालका संरक्षित वनस्पतिको सूचीका रुपमा रहेको सतुवाको संरक्षणका लागि स्थानीयवासीमा सचेतना अभिवृद्धि गर्दै आयआर्जनमा समेत टेवा पु¥याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा सामूहिक सतुवा खेती शुरु गरिएको हो । हिमालयन […]

नमोबुद्धद्वारा आफ्नो नगर क्षेत्रका इँटा उद्योग हटाउन निर्देशन

काभे्रपलाञ्चोक, १० साउन । नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालन हुँदै आएका इँटा उद्योग तत्काल हटाउन निर्देशन दिएको छ । नपाले गत बुधबार भकुण्डे क्षेत्रमा अवस्थित आठ इँटा उद्योग सञ्चालकलाई नपा र उद्योगीबीच विगतमा भएको सहमति कार्यान्वयन गर्न पत्रमार्फत निर्देशन दिएको हो । गत माघ महीनामा जिल्ला समन्वय समितिका पदाधिकारी, नपा पदाधिकारी र इँटा उद्योगीबीच असार […]

पाँच हजारले मिचे काठमाडौं भित्रैको १८०० रोपनी सार्वजनिक जग्गा

सरकारी र सार्वजनिक जग्गा मिचिएको गुनासो बढेपछि २०४९ साल पुस १६ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग’ गठन गरेको थियो । पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगले दुई वर्ष लगाएर प्रतिवेदन बुझायो । जुन रावल आयोगको प्रतिवेदनका नामले चर्चित रह्यो । दुर्भाग्य, सरकारी निकायहरूले […]

रणनीतिक महत्वका १८० प्रसारण लाइन ऊर्जाको प्राथमिकतामा

काठमाडौं, ९ साउन । सरकारले उत्पादित विद्युत्लाई माग भएको स्थानमा पु¥याउने लक्ष्यका साथ चालू आर्थिक वर्षमा महत्वका साथ कूल १८० साना ठूला प्रसारण आयोजनालाई अगाडि बढाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालू आर्थिक वर्षका लागि तयार पारेको वार्षिक विकास कार्यक्रमअनुसार अन्तरदेशीय प्रसारण लाइनसहित आन्तरिक प्रसारण लाइनलाई समेत प्रमुख प्राथमिकतामा राखेको हो । […]

शेयर बजारमा ‘रेड लाइट’, मौद्रिक नीति पछि सबै क्षेत्र ओरालोतर्फ

साउन ९, काठमाडौँ । राष्ट्रिय अर्थतन्त्रमा निकै महत्व राख्‍ने मौद्रिक नीति सार्वजनिक भएको दिन बुधबार शेयर बजारमा हरियो बत्ती बलेपनि बिहीबार गिरावट आएको छ। शेयर बजार परिसूचक १४.१५ अंक र समग्रमा १.१ प्रतिशतले घटेको छ। यसअघि बुधबार सेयर बजार परिसुचक ६.९ अंक र समग्रमा ०.५ प्रतिशतले बढेको थियो। बुधबारको कारोबारपछि शेयर बजार परिसूचक १२६९.९२ अंकमा […]

गोर्खा ब्रुअरीसँग ८८ करोड कर असुल गर्न बाटो खुल्यो

चितवन, ९ साउन । भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयले गोर्खा ब्रुअरीलाई निर्धारण गरेको अन्तःशुल्क उठाउन बाटो खुलेको छ । सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले बुधबार यसअघि उच्च अदालत पोखराले गरेको आदेशलाई उल्टाएकाले सो कर सङ्कलन गर्ने मार्ग प्रशस्त भएको हो । उक्त कार्यालयका प्रमुख शुवप्रसाद रिजालका अनुसार जेठ ९ गते गोर्खा ब्रुअरीको दुई […]

लक्ष्यभन्दा बढी राजश्व सङकलन

तुलसीपुर, १० साउन । घोरही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । गत आवमा रु १९ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकामा उपमहानगरले रु २१ करोड १८ लाख ७७ हजार ५३५ राजश्व सङ्कलन गरेको हो ।उपमहानगरले विभिन्न १६७ शीर्षकमध्ये सबैभन्दा बढी मालपोतबाट रु नै करोड ३३ लाख २६ हजार ५८२ […]

बेलको जुसतर्फ किसानको आकर्षण बढ्दै

तनहुँ, ९ साउन । वनमा खेर गइरहेको बेललाई सदुपयोग गरी बेलको जुस उत्पादन गर्न थालेपछि जुस सेवन गर्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित नमूना माउन्टेन सामुदायिक बेल जुस उद्योगले बेलको जुस उत्पादन गर्न थालेपछि यसतर्फ मानिसको आर्कषण बढ्दै गएको हो । बेलको जुस सेवनबाट ग्याष्ट्रिक, रक्तअल्पता, कब्जियतको समस्या समाधान हुने […]