कर्मचारीले विदेशमा मस्ती गरेर राष्ट्रको दुर्इ सय करोड ढुकुटी स्वाहा पार्दा पनि देउवा किन चुपचाप

काठमाडौं, २२ माघ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण जानेक्रममा करोडौं रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ ।कर्मचारीको विदेश भ्रमणमै वार्षिक दुई अर्बभन्दा बढी खर्च हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ । त्यसमध्ये करोडौं रुपैयाँ अनियमित किसिमले खर्च भएको भेटिएको हो । सरकारले अवलोकन तथा अध्ययन भ्रमणका लागि विनियोजन गरेको रकम दुरुपयोग […]

बैंकिङ लगानी बढ्दै : ६ महिनामा बैंकहरुको लगानी १९ खर्ब ११ अर्ब

काठमाडौं, २२ माघ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकिङ क्षेत्रको लगानी करिब २१ प्रतिशत बढेर १९ खर्ब ११ अर्ब ८५ लाख रुपैयाँ पुगेको छ। बैंकहरूले पुँजी वृद्धि योजनासहित आक्रमक रूपमा लगानी बढाएका छन्।गत वर्ष पुसदेखि यो पुससम्मको एक वर्षमा भने बैंकहरूले तीन खर्ब २९ अर्ब ८३ करोड लगानी बढाएका छन्। गत आवको यो […]

चीनले सार्वजनिक गरेको उच्च आर्थिक बृद्धिको तथ्याङ्क विश्वभर बहस

चीनको कूल गार्हस्थ उत्पादनको हालै सार्वजनिक तथ्याङ्कले सन् २०१७ मा उल्लेख्य वृद्धि भएको देखाएको छ । विश्व अर्थतन्त्रका अन्य राष्ट्रसँगको आर्थिक सहकार्यले उसको आर्थिक वृद्धि कमजोर नभएको समेत सो तथ्याङकले स्पष्ट पारेको छ । यद्यपि, चीनले सार्वजनिक गरेको तथ्याङकको विश्वसनीयता सामाजिक सञ्जालमा अहिले बहसको विषय बनेको छ । पछिल्ला वर्षमा चीनका केही प्रान्तले आर्थिक गतिविधि […]

दोस्रो त्रैमासिकमा कुन वित्तीय संस्थाकाे नाफा कति ?

काठमाडौं । चालु अार्थिक वर्षकाे दाेस्राे त्रैमासिकमा वित्तीय संस्थाहरुकाे नाफा यसअघिकाेभन्दा धेरैले बढेकाे छ । गत अावभन्दा यसपटक वित्तीय संस्थाहरुकाे खुद मुनाफा बढेकाे हाे । यहाँ केही वित्तीय संस्थाहरुकाे नाफा कति बढ्याे भन्ने बारे विवरण दिइएकाे छ । हिमालयनको नाफा १ अर्ब १० करोड चालू आवको दोस्रो त्रैमासमा हिमालयन बैंकले १ अर्ब १० करोड रुपैयाँ […]

निगमले २ महिनामै पाँचपटक मुल्य बढाए पनि सरकारले देखाएन चासो

काठमाडौं, २० माघ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनयता आयल निगमले प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिरहेको छ। निगमले गरिरहेको मूल्य वृद्धि रोक्न सरकारले पनि चासो देखाएको छैन। यही बेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि सामान्य दरले वृद्धि हुँदा निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै मूल्य बढाएको दाबी गरिरहेको छ। निर्वाचनयताको करिव दुई […]

दोस्रो त्रैमासिकमै बैंकहरुको नाफा ४३ प्रतिशतसम्म बढ्यो

काठमाडौ, १७ माघ । बैकहरुकाे नाफा ४३ प्रतिशतसम्म बढेकाे छ । वर्षको दोस्रो त्रैमासिक अवधिमा बैंकहरुले सार्वजनिक गरेकाे विवरणमा याे नाफा देखिएकाे हाे । यस अवधिमा एनएमबी बैंककाे नाफा सबैभन्दा बढी छ । एनएमबी बैंकले दोस्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिमा भन्दा खुद मुनाफा ४३ प्रतिशतले वृद्घि गरी १ अर्ब रुपैयाँ कटाउन सफल भएको छ । […]

भेरी बबईमा चालक नै नभएको मेशिनले खन्यो २ किमि सुरुङ

सुर्खेत, १७ माघ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा सुरुङ खन्न प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टीबीएम) ले हालसम्म २५ प्रतिशत काम सम्पन्न गरेको छ । टीबीएम सुरुङ खन्ने चालकरहितको अत्याधुनिक मेसिन हो । अढाइ महिनामा १८ सय मिटर सुरुङ खनिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर रुक्मांगद खनालले बताए । मेसिनले कात्तिक मसान्तदेखि सुरुङ खन्न थालेको हो । ‘नेपालमै पहिलोपटक परीक्षणका […]

अवैध धनलाई वैधानिक बनाउने अनेकौ प्रयत्न, अर्थविद भन्छन्, अवैध धनलाई प्रोत्साहन नगर

काठमाडौं, १६ माघ । अर्थविदहरुले अवैध धनलाई प्रोत्साहन गर्न नहुनेमा जोड दिएका छन् । मंगलबार राजधानीको रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै अर्थविद डा. शंकर शर्माले अवैध धनलाई प्रोत्साहन गर्न नहुने धारणा राखेका छन् । उनले भने,‘यदि ईलिगल मनीलाई प्रोत्साहन गर्न थालियो भने राजनीतिज्ञहरुले छुट पाउँछन्, ब्युरोक्रेटहरुले छुट पाउँछन्, गुण्डागर्दी र धम्क्याएर आर्जन गरेको पैसा पनि […]

जंगली हात्तीको आक्रान्त झापावासी

भद्रपुर, १४ माघ । खेती उठाउँदा जति खुशी हुन्छन् दक्षिण झापाका किसान घरमा राखेको अन्न बाली जोगाउन उति नै चिन्ता गर्न थालेका छन् । वर्षभरि खाने र परिवार पाल्ने आधारका रूपमा रहेको खेती बाली केही वर्षयता हात्तीको आहारा बन्न थालेपछि पूर्वी दक्षिण झापाका किसान अन्न बाली जोगाउन हात्तीको आक्रमणबाट जोगिन माग गर्दै आएका छन् । […]

नेपाली अर्थतन्त्रमा ठूलो खतरा, बैङ्कहरुमा कर्जा र निक्षेप अनुपात अन्तिम बिन्दुमा

काठमाडौं, ११ माघ । राष्ट्र बैंकका कार्यवाहक गर्भनर चिन्तामणि शिवाकोटीले बैंकको कर्जा, पुँजी र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९.९ प्रतिशत पुगेको बताएका छन्। वाणिज्य बैंकहरूको सीसीडी रेसियो अन्तिम विन्दुमा पुगेकाले अर्थतन्त्रमा चुनौती थपिएको छ। बैंकहरूको ध्यान निक्षेप संकलनभन्दा कर्जा प्रवाहमा केन्द्रित भएकाले पनि यस्तो अवस्था आएको हो। ‘कतिपय बैंकको सीसीडी रेसियो राष्ट्र बैंकले गरेको व्यवस्थाभन्दा […]