शेयर बजार ; नेप्सेमा तीन अङ्कको वृद्धि

काठमाडौँ, १३ साउन । आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३।१८ विन्दुले बढेर एक हजार २५५।९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १।०८ विन्दुले बढेर २७१।११ मा पुगेको छ । […]

३६ हजार मै जापान उडान

काठमाडौं, १३ साउन । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको हो ।उक्त […]

चर्को भाडाका कारण व्यवसायी पलायन हुँदै

जनकपुरधाम, १३ साउन । जनकपुरधाम उपमहानगरपालिकाका सौन्दर्य सामग्री व्यवसायी चन्दन भगतलाई गत एक वर्षदेखि पसलको भाडा तिर्न धौधौ पर्दै आएको छ ।एक वर्षअघिसम्म उहाँको व्यवसाय पनि राम्रो थियो तर नयाँ ठाउँमा पसल सार्नुपर्दा मन्द व्यापार र चर्को भाडाले गर्दा पसल नै बन्द गर्नुपर्ने अवस्था आएको छ । नयाँ पसल लिएदेखि व्यापार छैन पसलको भाडा कसरी […]

राष्ट्र बैंकको निर्देशनलाई बेवास्ता

nepal-rastra-bank

काठमाडौँ, १३ साउन । नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी पु¥याउन गरेको अनुरोधलाई नेपालका प्रायःसबै वाणिज्य बैंकले बेवास्ता गरिदिएका छन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिमा नेपालका वाणिज्य बैंकहरूले कृषिमा गत आवको जेठ मसान्तसम्ममा जम्मा ८।६ प्रतिशत मात्र कर्जा लगानी गरेको उल्लेख छ । साना किसान राष्ट्रिय महासङ्घका पूर्वअध्यक्ष उद्धव […]

दश प्रतिशत रकम खातामा जम्मा गरिने

बेझाड, १४ साउन । निस्दी गाउँपालिका पाल्पाले कुनै पनि योजना तथा कार्यक्रम सञ्चालनका लागि उपभोक्ताको १० प्रतिशत रकम गाउँपालिकाको खातामा जम्मा गर्नुपर्ने निर्णय गरेको छ । गत वर्षमा उपभोक्ता समितिको खातामा जम्मा गर्नुपर्ने भए पनि जम्मा नगरिएपछि अबका दिनमा खातामा १० प्रतिशत रकम जम्मा गरेर मात्र योजना तथा कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँपालिका–६ […]

बाघ खोज्दै सरकार, जसरी पनि २५० बाघ पु¥याउन यस्तो योजना

काठमाडौँ, १३ साउन । वन तथा वातावरण मन्त्रालयले यस वर्षको विश्व बाघ दिवसको केन्द्रीय कार्यक्रम आज बाघ पाइने स्थानमा नै मनाउने योजनाअनुसार बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको कोहलपुरमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ । सरोकारवाला सबैको सहभागितामा विभिन्न कार्यक्रम गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । यसबाहेक विभागले फिल्डस्तरको कार्यक्रम […]

तेह्र अर्बको ट्रेजरी बिल बिक्री हुँदै

nepal-rastra-bank

काठमाडौँ, १२ साउन । नेपाल राष्ट्र बैंकले सोमबार रु १३ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलकको माध्यमबाट ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले उक्त प्रक्रियामा सहभागी भई ट्रेजरी बिल खरीदका लागि आग्रह गरेको छ । बैंकले यसअघि पनि यही साउन ६ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।

मौद्रिक नीतिपछि शेयरमा लगातार “रेड लाइट” : नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १२ साउन । मौद्रिक नीतिपछि उकालो लाग्ने अपेक्षा रहेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनःदोहोरो अङ्कले ओरालो लागेको छ । पूँजीगत लाभकरलगायतका विषयमा रहेको विवाद समाधान नभएको भन्दै लगानीकर्ताले शेयर खरीद मात्रै गर्न चोहको र बेच्ने कमै मात्र भेटिएपछि बजारमा नकारात्मक प्रभाव परेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक […]

पुँजीगत लाभ कर गणना विधिबाट लगानीकर्ता असन्तुष्ट

खस्यौली, ११ साउन । पुँजी बजारमा प्रविधिको पहुँच बढ्न लागेको बेला सिडिएस एण्ड क्लीयरीङ लिमिटेड (सिडीएससी) ले पुँजीगत लाभ कर गणना विधि शुरु गरेपछि मोफसलमा लगानीकर्ता असन्तुष्ट भएका छन् । सो विधि र प्रक्रिया अवैज्ञानिक, झन्झटिलो र अव्यहारिक भएकाले बजारमा यसको नकारात्मक प्रभाव परेको लगानीकर्ताको गुनासो छ । सिडीएससीले साउन १ गतेदेखि लागू गरेको विधिलाई […]

नक्सापासमा छुट दिने व्यवस्था हट्यो

दमौली, ११ साउन । तनहुँको बन्दीपुर गाउँपालिकाले प्राचीन कला तथा संस्कृतिको संरक्षण हुने गरी घर निर्माण गर्दा नक्सापासमा ५० प्रतिशत छुट दिने व्यवस्था हटाएको छ । गाउँपालिकाले पाँचाँै गाउँसभामार्फत चालू आर्थिक वर्ष २०७६/७७ देखि लागू हुने गरी नक्सापासमा ५० प्रतिशत छुट दिने व्यवस्था हटाएको हो । बन्दीपुर संरक्षित उपक्षेत्रमा निर्माण हुने घरलाई नक्सापासमा दिइने गत […]