प्रहरीले भेट्टायो झाडीमा लुकाएको तीन किलो यार्सा

गुलरिया, १९ साउन । प्रहरीले बेवारिसे अवस्थामा हिमाली जडीबुटी यार्सागुम्बा बरामद गरेको छ। प्रहरी निरीक्षक बसन्त गौतमको कमाण्डमा रहेको गस्ती टोलीले बर्दियाको बाँसगढी नगरपालिक- ५ बाट झाँडीमा राखिएको ३ हजार ५० ग्राम यार्सागुम्बा बरामद गरेको हो।

पूर्वपश्चिम राजमार्गअन्र्तगत पक्की सडकको उत्तरतर्फ झाडीमा सेतो प्लाष्टिकको बोराभित्र रातो प्लाष्टिकमा सिंगो तथा टुक्रा पारी राखिएको ३ किलो ५० ग्राम जडीबुटी यार्सागुम्बा बरामद भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए।

बोराभित्र दुईवटा प्लाष्टिकमा टुक्रा टुक्रा पारी राखिएको ९ सय ५० ग्राम र सिंगो २ किलो १०० ग्राम यार्सागुम्वा फेला पारेको र घटनाबारे अनुसन्धान भइरहेको एसपी बास्तोलाले जानकारी दिए।

Loading...