ललितपुर महानगर पालिका १६ वडाले आम सर्व साधारणमा स्वाथ्य सेवा दिने उदेस्यले नि:शुल्क स्वास्थ्य सिविर संचालमा ल्याएको छ । आयुर्वेदिक पद्दतिमा फिजियोथेरापीमा हाड तथा नशा रोग सम्बन्धि स्वास्थ्य जाँच परामर्श दिइने यो सेवा शनिबार मंगल बजार बात प्रारम्भ भएको हो । आमसर्व साधारण सबैले लिनसक्ने यो सेवा प्रत्येक दुइ हाप्ता पछाडी वडा भित्रका अनन्य स्थान […]
स्वास्थ्य
जुम्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा
खलङ्गा, १२ साउन । जुम्लाका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाईसेवा दिइने भएको छ । जुम्लामा गर्भवती र सुत्केरीलाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ मा व्यवस्था भएअनुरूप जुम्लामा गत वर्षदेखि नै पूर्णरूपमा निःशुल्क हवाई उद्धार […]
प्रधानमन्त्रीद्वारा गङ्गालालमा नयाँ भवनको उद्घाटन
काठमाडौँ, ११ साउन । काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा आजदेखि नवनिर्मित आकस्मिक तथा बहिरङ्ग सेवा भवनबाट बिरामीलाई सेवा दिन थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको आज उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवजातिले अनुसन्धान तथा प्रयोगशाला प्रयोगमा विकास गरेका कारण विश्वभर स्वास्थ्य क्षेत्रमा […]
आँखा परीक्षणबाट ५५१ विद्यार्थी लाभान्वित
कास्की, ११ साउन । रोटरी क्लब अफ न्युरोड पोखराले पोखरा महानगरपालिका–५ स्थित समता स्कूलका विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको छ । पहिलो दिन कक्षा ५ सम्मका ५५१ विद्यार्थीको आँखाको परीक्षण गरिएको क्लबका अध्यक्ष दिनेशचन्द्र बाँस्तोलाले जानकारी दिए । मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई चिकित्सकसहित पाँच जनाको समूहले विद्यार्थीको आँखा जाँच गरेको हो । बाँकी […]
आँखा परीक्षणबाट ५५१ विद्यार्थी लाभान्वित
कास्की, ११ साउन । रोटरी क्लब अफ न्युरोड पोखराले पोखरा महानगरपालिका–५ स्थित समता स्कूलका विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको छ । पहिलो दिन कक्षा ५ सम्मका ५५१ विद्यार्थीको आँखाको परीक्षण गरिएको क्लबका अध्यक्ष दिनेशचन्द्र बाँस्तोलाले जानकारी दिए । मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई चिकित्सकसहित पाँच जनाको समूहले विद्यार्थीको आँखा जाँच गरेको हो । बाँकी […]
३१ प्रतिशत वायु प्रदूषण मापदण्ड विपरीतका साधनबाट
काठमाडौँ, १० साउन । काठमाडौँ उपत्यकामा ३१ प्रतिशत प्रदूषण मापदण्ड विपरीत सवारीसाधनबाट हुने गरेको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आज ललितपुरमा आयोजना गरेको ‘वातावरण प्रदूषण र मानवअधिकार एक अध्ययन प्रतिवदेन सार्वजनिक तथा वातावरण विधेयक–२०७५’ विषयक अन्तरक्रिया कार्यक्रममा उपत्यकामा सवारीसाधनले अत्यधिक चाप हुनाका साथै मापदण्ड विपरीतका सवारीसाधनले ३१ प्रतिशत प्रदूषण हुने गरेको पाइएको हो । […]
दमकमा १९ जनामा डेंगु
दमक, १० साउन । झापाको दमकमा १९ जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ । यो वर्षको अहिलेसम्ममा कुल १९ जनामा डेंगु देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयले जानकारी दिए । दुई वर्षअघि दमकमा एक भारतीय नागरिकको मृत्यु हुने गरी महामारीका रुपमा पैmलिएको डेंगु यो वर्ष भने फाट्टफुट्टरुपमा मात्रै देखिएको बताए । दमकमा गर्मी […]
नसर्ने रोग लागेकाको सङ्ख्या बढ्दै गएको अनुसन्धानको दाबि
काठमाडौँ, ९ साउन । बदलिँदो रहनसहन र खानपानका कारण मिर्गाैला, मुटु, श्वासप्रश्वास र मधुमेहजस्ता नसर्ने रोगीका सङ्ख्या बढेको एक अध्ययनले देखाएकोे छ । अस्पतालमा आएका बिरामीका सङ्ख्याका आधारमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तीन वर्ष लगाएर सम्पन्न गरेको नसर्ने रोगसम्बन्धी अनुसन्धानले ती चार प्रकारका रोगी बढिरहेको उजागर गरेको छ । सन् २०१६ बाट शुरु भई सन् […]
‘प्रदेश नं २ स्वास्थ्य र शिक्षाको अवस्था कहालिलाग्दो’
जनकपुरधाम, ९ साउन, । उपप्रधान एवम् जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नं २ स्वास्थ्य र शिक्षा क्षेत्रको अवस्था कहालिलाग्दो भएको बताएका छन । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखाको बहिरङ्ग भवनको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले काठमाडाँै उपत्यकाका अस्पतालहरूमा पनि प्रदेश नं २ कै बिरामीको चाप अधिक देखिएको चर्चा गरे । उनले […]
तनाव कम गर्न योग
चितवन, ९ साउन । नेपाली काँग्रेस चितवनले आफ्ना नेता तथा कार्यकर्ताहरुको तनाव व्यवस्थापनका लागि दुईदिने राजयोग शिविर आज सम्पन्न गरेको छ । पछिल्लो समय मानसिक तनावका कारण समाजमा हुने सामाजिक घटनाहरुलाई न्यूनीकरण गर्दै आफूलाई असल नेताका रुपमा उभ्याउन सहज हुने भन्दै यो शिविर सञ्चालन गरिएको हो । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले तनावले कसैलाई पनि […]











