पाँच महिनादेखि तलब नपाएपछि जाजरकोटका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिए

जाजरकोट । पाँच महिनादेखि तलव नपाएको भन्दै जाजरकोटको नलगाड नगरपालिका अन्तरगतका स्वास्थ्यका कर्मचारीहरुले बिहिबारदेखि सवै सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मीहरु पटक–पटक नगरपालिकासँग तलव माग गर्दा पनि सम्बन्धित निकायबाट कुनै सुनुवाई नभएपछि आन्दोलन गर्नु परेको स्वास्थ्यका कर्मचारी बिजय चौधरीले बताए । स्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको तलव बाटो निमार्णमा खर्चिनु दुःखद भएको […]

होसमा रहेसम्म जुम्लामै अनसन बस्ने केसीको अडान

जुम्ला, २८ असार । जुम्लामा अनसन बसेका डा. गाेविन्द केसीले अाफू हाेसमा रहँदासम्म जुम्लामै अनसन बस्ने बताएका छन् । केसीलार्इ लिन सरकारले काठमाडाैंबाट नेपाली सेनाकाे हेलिकाेप्टरसहितकाे टिम जुम्ला पठाउन लागेकाे कुरा सुनेपछि डा. केसीले यस्ताे प्रतिक्रिया दिएका हुन् । केसीले अाफ्ना माग पूरा नभएसम्म काठमाडौ नफर्किने बताए । उनले भनेका छन, “म होसमा हुन्जेलसम्म र […]

१० दिनदेखि अनसनरत डा. केसी प्रधानमन्त्री ओलीसँग फोनमा बोल्नै सकेनन

काठमाडाैं, २६ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा १० दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको अवस्था जटिल बन्दै गएको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार उनीसँग टेलिफोन वार्ता गर्न चाहे पनि खराब स्वास्थ्यका कारण सम्भव भएन । सोमबार दिउँसो साढे २ बजे प्रधानमन्त्री कार्यालयबाट डा. केसीलाई फोन आएको थियो । तर डा. केसीको स्वास्थ्यमा […]

कान्ति अस्पतालमा बालबालिकामाथि अमेरिकी खोपको गैरकानुनी परिक्षण

काठमाडाैं, १९ असार । बालबालिकाकाे एकमात्र सरकारी अस्पताल कान्ति बाल अस्पतालमा सर्वाेच्च अदालतले समेत राेक्न भनेकाे अमेरिकन खाेपकाे परिक्षण भइरहेकाे छ । अाफ्नाे देशका बालबालिकाकाे स्वास्थ्माथि खेलवाड गर्दै सरकारले यसरी अमेरिकी कम्पनीकाे खाेप किन परिक्षण गरिररहेकाे छ भन्ने अहिले चाैतर्फी प्रश्न उठेकाे छ । यतिसम्म कि अस्पतालका बरिष्ठ चिकित्सक, डाक्टर, पुर्व र हाल रहेका निर्देशक […]

लामखुट्टे हिमाली क्षेत्रमा छिरेपछि कालाजार रोग पनि पुग्यो

काठमाडौं, १६ असार । तराईका जिल्लाको रैथाने रोग मानिने कालाजार पछिल्लो समय पहाड हुँदै हिमाली जिल्लातिर पुगेको छ। नेपालमा सन् १९८६ देखि कालाजार फेला परेको हो । प्रत्येक वर्ष विभिन्न जिल्लामा फैलिँदै गएको यो रोग यस वर्ष हिमाली जिल्लाका तल्लो भागहरूमा समेत देखिएको स्वास्थ्य सेवा विभाग इपिडियोमोेलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । स्वास्थ्य […]

साइरन बजाउँदै सडक हिड्ने एम्बुलेन्सका चालक धमाधम मापसे कारवाहीमा

काठमाडौं, १२ असार । व्यस्त चोक कोटेश्वरमा ट्राफिक प्रहरीको मापसे चेकिङ चल्दै थियो । अनियन्त्रित तबरले बा १६ च १५७४ नम्बरको एम्बुलेन्स हुइकिँदै कोटेश्वरतर्फ आएको देखियो । शंका लागेपछि ट्राफिक प्रहरीले एम्बुलेन्स रोक्न खोजे । तर, एम्बुलेन्स साइरन बजाउँदै अघि बढ्न खोज्यो । प्रहरीले ट्रयाप थाप्यो । अन्ततः एम्बुलेन्स रोकियो । चालक छेउमा प्रहरी पुग्दा […]

अस्पतालमै विरामीको यस्तो छ विजोग

भरतपुर, १२ असार । पेट दुख्ने समस्या भएका १३ बर्षीय छोरा सुजन लिएर भरतपुर अस्पताल आएकी कालिका नगरपालिका ९ शक्तिखोरकी माया चेपाङले एकै दिनमा उपचार गराउन सकिनन् । अस्पतालको टिकट काउन्टरमा लामो लाईन लाग्छ भन्ने थाहा पाएकी उनी विहानै ८ बजे आएकी थिईन् । बल्ल बल्ल विरामी छोरो डाक्टरलाई देखाएपछि भिडियो एक्स रे रगत, दिसा […]

एसइई परीक्षाफलमा प्राविधिक त्रुटि, एक दिनपछि जोडियो प्राक्टिकल नम्बर

काठमाडौँ, १० असार । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ । परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेभसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्बरबाट आइतबार विद्यार्थीले पाएको ग्रेड पोइन्ट एभरेज (स्तरीकृत अंक) भन्दा आज ग्रेड पोइन्ट […]

बरिष्ठ न्यूरोसर्जन देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । लामो समय बेलायतमा उपचार गराएका डा‍. देवकोटा निको नहुने भएपछि आफ्नै देशमा प्राण त्याग गर्ने चाहना अनुसार नेपाल फर्किएका थिए । उनको चाहना अनु्सार गत […]

यस्तो खतरानाक तथ्याङ्क : राजधानी काठमाडौंमा हरेक महिना २० जनाको ब्रेनडेथ हुन थाल्यो

काठमाडौं, २० जेठ । २७ वैशाख ०७४ मा निर्वाचन प्रचारप्रसारका क्रममा सिन्धुली खाङसाङ–८ का ३० वर्षीय गोविन्द भुजेल सवारी दुर्घटनामा परे । गम्भीर घाइते भुजेललाई उपचारका लागि काठमाडौंको कान्तिपुर अस्पताल ल्याइयो । २८ वैशाखमा साँझपख चिकित्सकले भुजेलको ‘ब्रेनडेथ’ अर्थात् मस्तिष्क मृत्यु भएको घोषणा गरे । कान्तिपुर अस्पतालले तत्काल आफ्नो धर्म निभायो । तत्कालीन मानव अंग प्रत्यारोपण केन्द्र (हाल धर्मभक्त […]