भीमदत्तनगर, १५ साउन । नेपाली सेनाले कञ्चनपुरको अर्जुनीमा सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढ्दै गइरहेको छ ।झण्डै छ वर्षअघि नेपाली सेनाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थी खटिएको अर्जुनी गुल्म परिसरमा सर्पदंश उपचार केन्द्र स्थापना गरेको थियो । सर्पदंश उपचार केन्द्रका प्राविधिक सुवेदार दीपेन्द्रबहादुर कार्कीले दैनिक चार÷पाँच जना सर्पले टोेकेका बिरामीहरु उपचारका लागि आउने गरेको […]
स्वास्थ्य
१०१ वर्षीय रेग्मीलाई पोषण भत्ता
विराटनगर, १४ साउन । विराटनगर महानगरपालिका वडा नं–३ निवासी १०१ वर्षीय नारायणप्रसाद रेग्मीलाई १२ हजार प्रदान गरी आजदेखि पोषण भत्ता अभियान शुभारम्भ गरिएको छ ।महानगरप्रमुख भीम पराजुली र वडाध्यक्ष विनोद बस्नेतले ज्येष्ठ नागरिक रेग्मीको घरमै गई उक्त रकम उपलब्ध गराउनाका साथै सँगै गएका चिकित्सकले उनको स्वास्थ्य परीक्षणसमेत गरेका थिए । यसैगरी वडा नं ३ निवासी […]
जनचेतनाको कमीले महिला रक्तदाता न्यून
काठमाडौँ, १४ साउन । नेपालमा अझै महिला रक्तदाताको सङ्ख्या न्यून रहेको छ । ‘रक्तदान गर्दा कमजोर भइन्छ’ भन्ने मानसिकताले पुरुषको तुलनामा महिला रक्तदाताको सङ्ख्यामा सुधार हुन नसकेको हो । रक्तसञ्चार सेवा केन्द्रले आव २०७५/७६ मा ५५ हजार ९५३ युनिट रगत सङ्कलन गरेकोमा ४६ हजार ४०५ युनिट पुरुषको र नौ हजार ५४८ युनिट महिलाको थियो । […]
निजी क्षेत्रका डाक्टरले धान्दै जिल्ला अस्पताल
डोटी, १४ साउन । चार जना सरकारी चिकित्सकको दरबन्दी रहेको डोटी अस्पतालमा पछिल्लो समय गैरसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा काम सञ्चालन हुँदै आएको छ । अस्पतालमा नवाँै र दशौँ तहका दुई जना र मेडिकल अधिकृत दुई जना गरी कूल चार जनाको दरबन्दी भए पनि एक जना मेडिकल अधिकृत डा भूषण मिश्र मात्रै कार्यरत रहेका छन् […]
वजेट र जनशक्ति अभावले भेरीमा मुटुरोग उपचार सेवा प्रभावित
बाँके, १४ साउन । मुटुरोग उपचारका लागि विसं २०७४ असारदेखि क्थाथ ल्याब सेवा शुरु गरेको भेरी अस्पतालको सेवा पछिल्लो समयमा प्रभावित हुँदै गएको छ । विशिष्टिकृत स्वास्थ्य सेवाअन्तर्गतको मुटुरोग उपचार सेवा सञ्चालनका लागि स्थापना गरिएको भेरी अस्पतालको क्थाथ ल्याब सेवा बजेट र जनशक्तिको अभावका कारण प्रभावित भएको हो । भेरी अस्पताल मुटुरोगको उपचार सेवा दिने […]
लाागुऔषधका मुद्दामा वृद्धि, देशभर तीन हजार ३५७ मुद्दा दर्ता
काठमाडौँ, १४ साउन । मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा लागुऔषधका मुद्दामा वृद्धि भएको हो । आव २०७४/७५ मा तीन हजार ८८ मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा तीन हजार ३५७ मुद्दा दर्ता भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं […]
रोल्पामा जंगली च्याउले लियो एकै परिवारका ३ को ज्यान
रोल्पा, १३ साउन । रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका–६ की २५ वर्षीय फुर्मली बुढाथोकी र ४ वर्षीय छोरी सुनिता बुढाथोकी र ३ वर्षीय छोरा पुष्कर बुढाथोकीको मृत्यु भएको हो । गत साउन ८ गते जंगली च्याउ खाँदा उनीसहित छोराछोरी बिरामी भएका थिए । उपचारका क्रममा भैरहवा […]
वीर अस्पतालमा नै स्वास्थ्यकर्मीको अभाव
काठमाडौँ, १२ साउन । चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सबैभन्दा जेठो वीर अस्पतालमा चिकित्सक, नर्स तथा प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मीको अभाव भएको छ । यही अभावका कारण दुईहप्ता अगाडि निर्माण सम्पन्न भएको एकसय श्ययाको नयाँ भवन प्रयोगमा आउन सकेको छैन । बिनाशकारी भूकम्पले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतको अस्पताल भवन जापान सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा […]
पाल्पामा नसर्ने रोगका बिरामी बढ्दै
बेझाड, १२ साउन । पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो समय जिल्लामा मधुमेह, दीर्घ श्वासप्रश्वास, मुटु, क्यान्सरसम्बन्धी रोगका बिरामी बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष ०७३÷०७४ मा ५० प्रतिशत, ०७४÷०७५ मा ६० प्रतिशत र २०७५÷०७६ मा ६६ प्रतिशत नसर्ने रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी […]
चिकित्सकको लाइसेन्स परीक्षामा २२प्रतिशत अनुत्तीर्ण
काठमाडौँ, १२ साउन । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स परीक्षा) अन्तर्गत स्नातक तह (एमबिबीएस) र (बिडीएस) को परीक्षाफल प्रकाशित गरेको छ । शनिबार सञ्चालित एमबिबीएस तहका परीक्षामा एक हजार ६८१ ले नाम दर्ताका लागि फारम भरेका थिए । तीमध्ये आठ जना अनुपस्थित र एक हजार ३११ जना अर्थात् ७८ उत्तीर्ण भएको काउन्सिलले […]










