काठमाडौँ, २१ साउन । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका थिए । चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना भएका उनका सहयोगी युपी लामिछानेले जानकारी दिए। स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता […]
स्वास्थ्य
मिर्गौलाका घातक रोग केही मिनटमै पत्ता लगाउँछ यो एपले
मोबाइल फोनमा हुने एउटा एप मानिसमा घातक सिद्ध हुन सक्ने मिर्गौला रोग भए नभएको पत्ता लगाउन सहयोगी बनेको छ। मिर्गौलाको रोग केही मिनेटमै पत्ता लाग्न थालेपछि स्वास्थ्यकर्मीहरूले यो विधिले बिरामीको जीवनरक्षामा सहयोग पुर्याउन सक्ने बताएका छन्। सेप्सिसजस्ता गम्भीर प्रकारको रोग लागेका बिरामीको मिर्गौलामा हानि पुग्न सक्छ। त्यस्तो समस्या प्राय: वृद्ध बिरामीहरूमा देखिन्छ। छिटो उपचार नगरे […]
आँखा परीक्षणबाट खैरेनीटार माध्यमिक विद्यालयका ६६३ विद्यार्थी लाभान्वित
दमौली, १९ साउन । रोटरी क्लब अफ न्यूरोड पोखराले तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरेको छ । कक्षा नर्सरीदेखि ८ सम्मका ६६३ विद्यार्थीको आँखाको परीक्षण गरिएको कार्यक्रम संयोजक दीपेन्द्र शर्माले जानकारी दिए। मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई चिकित्सकसहित पाँच जनाको समूहले विद्यार्थीको आँखा जाँच गरेको हो । क्लबको […]
बालबालिकाका लागि सबैभन्दा ठूलो अस्पताल बनाउँदै डा. भगवान
काठमाडौं । मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर भगवान कोइराला यतिबेला बाल अस्पताल खोल्ने अभियानमा जुटेका छन् । लामो समयदेखि मुटुरोग विशेषज्ञको रुपमा कार्यरत डा कोइरालाले बालस्वास्थ्यको अवस्था र सुधारमा योगदान दिन आफूले बाल अस्पताल सञ्चालन गर्न लागेको खबरहबसँग बताए । ‘म मुटुको डाक्टर हो, तर मुटुरोगको उपचारले मात्रै बाल स्वास्थ्यमा सुधार ल्याउन सक्दैन, मलाई पछिसम्म पनि […]
डेङ्गुको महामारी बढ्दै,तनहुँमा बिरामी भेट्टिए
दमौली, १८ साउन । तनहँुमा डेङ्गुका बिरामी फेला परेका छन् । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका १५ वर्षीय कैलाश थापामा डेङ्गु देखा परेको हो । ज्वरो आएर दमौली अस्पताल भर्ना भएका थापालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएकामा निजमा डेङ्गु देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रमेश बाराकोटीले जानकारी दिए । “किशोरमा डेङ्गुको सङ्क्रमण […]
शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन
बेझाड, १८ साउन । रामपुर नगरपालिका–२ मा निर्माण भएको शहरी स्वास्थ्य केन्द्र भलायटारको भवन उद्घाटन भएको छ । नवनिर्मित भवनको नगर प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्दै भौतिक संरचना तयार भएकाले अब स्वास्थ्यका लागि चाहिने आवश्यक सामग्री पनि नगरपालिकाले प्रबन्ध गर्ने बताए । नगरपालिकाको ३१ लाख २० हजारको लागतमा छ कोठासहितको सो भवन निर्माण भएको हो […]
सर्पदंश उपचार प्रणालीमा सुधार गर्नु आजको आवश्यकता; राष्ट्रपति भण्डारी
काठमाडौँ, १७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्पदंशको समस्या र यसबाट हुने मृत्युुदर घटाउन विभिन्न रोकथामका कार्यक्रमहरू सञ्चालन, जनचेतना अभिवृद्धि र उपचार प्रणालीमा सुधार गर्नु आजको आवश्यकता भएको बताईन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिपार्टमेन्ट अफ इन्टरनल मेडिसिनद्वारा राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित सर्पदंशसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारीले नेपालमा […]
‘घाट’बाट फर्काई अस्पताल भर्ना गरिएकी महिलाको मृत्यु
पाल्पा –१७ साउन । अर्धजलका लागि रिडी घाट पु¥याइएकी रैनादेवी छहरा–१, सिद्देश्वरकी ३६ वर्षकी नर्मदा ज्ञवालीको मृत्यु भएको छ । नर्मदाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । झाडापखालाबाट बिरामी भएकि ज्ञवाली गत असार २५ गते तानसेनस्थित मिसन अस्पतालमा उपचार गरिएको थियो । मिसनमा १० दिन उपचारको क्रममा उनको सुधार […]
सबै पालिकामा स्तनपान कक्ष स्थापना हुँदै
काठमाडौँ, १६ साउन । काखमा नवजात शिशु छ, स्तनपान गराइरहनुपर्छ । सेवा लिन स्थानीय सरकार गाउँपालिका÷नगरपालिका तथा प्रदेश जानुपरेको छ । नजिकको सरकारको भवनमा स्तनपान मैत्री संरचना छैनन् ।यो समस्याको अब अन्त्य भएको छ । पालिका तथा प्रदेश कार्यालयले अनिवार्य आफ्ना भवनमा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने प्रावधान सरकारले कार्यान्वयनमा ल्याउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]
बालकको मुखबाट शल्यक्रिया गरेर ५२६ दाँत निकालियो, मोबाइल टावरको रेडियशनले यस्तो हुनसक्ने चिकित्सकको भनाई
काठमाडौं । भारतको चेन्नईस्थित एक अस्पतालमा डाक्टरले सात वर्षको बच्चाको तल्लो बंगाराको शल्यक्रिया गरेर ५२६ वटा दाँत निकालेको छ । बच्चाको दायाँ गाला सुन्निएको थियोे । डाक्टरले दाँतको अस्वभाविक विकासको कारण मोबाइल टावरबाट हुने रेडिएशन जिम्मेवार हुनसक्ने बताएका छन् । यस्तो घटना संसारको पहिलो भएको डाक्टरले दाबी गरेका छन् । डाक्टरले यो स्थितीलाई कम्पाउन्ड कम्पोजिट […]











