काठमाडौँ, २१ साउन । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।
मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका थिए । चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना भएका उनका सहयोगी युपी लामिछानेले जानकारी दिए।
स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार÷पाँच दिनदेखि घरमै आराम गरिरहेका थिए । सोमबार ज्वरो नघटेपछि उनि अस्पताल भर्ना भएका र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ सबुज ले बताए ।