दमौली, १८ साउन । तनहँुमा डेङ्गुका बिरामी फेला परेका छन् । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका १५ वर्षीय कैलाश थापामा डेङ्गु देखा परेको हो । ज्वरो आएर दमौली अस्पताल भर्ना भएका थापालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएकामा निजमा डेङ्गु देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रमेश बाराकोटीले जानकारी दिए । “किशोरमा डेङ्गुको सङ्क्रमण […]
स्वास्थ्य
शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन
बेझाड, १८ साउन । रामपुर नगरपालिका–२ मा निर्माण भएको शहरी स्वास्थ्य केन्द्र भलायटारको भवन उद्घाटन भएको छ । नवनिर्मित भवनको नगर प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्दै भौतिक संरचना तयार भएकाले अब स्वास्थ्यका लागि चाहिने आवश्यक सामग्री पनि नगरपालिकाले प्रबन्ध गर्ने बताए । नगरपालिकाको ३१ लाख २० हजारको लागतमा छ कोठासहितको सो भवन निर्माण भएको हो […]
सर्पदंश उपचार प्रणालीमा सुधार गर्नु आजको आवश्यकता; राष्ट्रपति भण्डारी
काठमाडौँ, १७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्पदंशको समस्या र यसबाट हुने मृत्युुदर घटाउन विभिन्न रोकथामका कार्यक्रमहरू सञ्चालन, जनचेतना अभिवृद्धि र उपचार प्रणालीमा सुधार गर्नु आजको आवश्यकता भएको बताईन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिपार्टमेन्ट अफ इन्टरनल मेडिसिनद्वारा राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित सर्पदंशसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारीले नेपालमा […]
‘घाट’बाट फर्काई अस्पताल भर्ना गरिएकी महिलाको मृत्यु
पाल्पा –१७ साउन । अर्धजलका लागि रिडी घाट पु¥याइएकी रैनादेवी छहरा–१, सिद्देश्वरकी ३६ वर्षकी नर्मदा ज्ञवालीको मृत्यु भएको छ । नर्मदाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । झाडापखालाबाट बिरामी भएकि ज्ञवाली गत असार २५ गते तानसेनस्थित मिसन अस्पतालमा उपचार गरिएको थियो । मिसनमा १० दिन उपचारको क्रममा उनको सुधार […]
सबै पालिकामा स्तनपान कक्ष स्थापना हुँदै
काठमाडौँ, १६ साउन । काखमा नवजात शिशु छ, स्तनपान गराइरहनुपर्छ । सेवा लिन स्थानीय सरकार गाउँपालिका÷नगरपालिका तथा प्रदेश जानुपरेको छ । नजिकको सरकारको भवनमा स्तनपान मैत्री संरचना छैनन् ।यो समस्याको अब अन्त्य भएको छ । पालिका तथा प्रदेश कार्यालयले अनिवार्य आफ्ना भवनमा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने प्रावधान सरकारले कार्यान्वयनमा ल्याउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]
बालकको मुखबाट शल्यक्रिया गरेर ५२६ दाँत निकालियो, मोबाइल टावरको रेडियशनले यस्तो हुनसक्ने चिकित्सकको भनाई
काठमाडौं । भारतको चेन्नईस्थित एक अस्पतालमा डाक्टरले सात वर्षको बच्चाको तल्लो बंगाराको शल्यक्रिया गरेर ५२६ वटा दाँत निकालेको छ । बच्चाको दायाँ गाला सुन्निएको थियोे । डाक्टरले दाँतको अस्वभाविक विकासको कारण मोबाइल टावरबाट हुने रेडिएशन जिम्मेवार हुनसक्ने बताएका छन् । यस्तो घटना संसारको पहिलो भएको डाक्टरले दाबी गरेका छन् । डाक्टरले यो स्थितीलाई कम्पाउन्ड कम्पोजिट […]
अर्जुनीमा सर्पदंशका बिरामी बढ्दै
भीमदत्तनगर, १५ साउन । नेपाली सेनाले कञ्चनपुरको अर्जुनीमा सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढ्दै गइरहेको छ ।झण्डै छ वर्षअघि नेपाली सेनाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थी खटिएको अर्जुनी गुल्म परिसरमा सर्पदंश उपचार केन्द्र स्थापना गरेको थियो । सर्पदंश उपचार केन्द्रका प्राविधिक सुवेदार दीपेन्द्रबहादुर कार्कीले दैनिक चार÷पाँच जना सर्पले टोेकेका बिरामीहरु उपचारका लागि आउने गरेको […]
१०१ वर्षीय रेग्मीलाई पोषण भत्ता
विराटनगर, १४ साउन । विराटनगर महानगरपालिका वडा नं–३ निवासी १०१ वर्षीय नारायणप्रसाद रेग्मीलाई १२ हजार प्रदान गरी आजदेखि पोषण भत्ता अभियान शुभारम्भ गरिएको छ ।महानगरप्रमुख भीम पराजुली र वडाध्यक्ष विनोद बस्नेतले ज्येष्ठ नागरिक रेग्मीको घरमै गई उक्त रकम उपलब्ध गराउनाका साथै सँगै गएका चिकित्सकले उनको स्वास्थ्य परीक्षणसमेत गरेका थिए । यसैगरी वडा नं ३ निवासी […]
जनचेतनाको कमीले महिला रक्तदाता न्यून
काठमाडौँ, १४ साउन । नेपालमा अझै महिला रक्तदाताको सङ्ख्या न्यून रहेको छ । ‘रक्तदान गर्दा कमजोर भइन्छ’ भन्ने मानसिकताले पुरुषको तुलनामा महिला रक्तदाताको सङ्ख्यामा सुधार हुन नसकेको हो । रक्तसञ्चार सेवा केन्द्रले आव २०७५/७६ मा ५५ हजार ९५३ युनिट रगत सङ्कलन गरेकोमा ४६ हजार ४०५ युनिट पुरुषको र नौ हजार ५४८ युनिट महिलाको थियो । […]
निजी क्षेत्रका डाक्टरले धान्दै जिल्ला अस्पताल
डोटी, १४ साउन । चार जना सरकारी चिकित्सकको दरबन्दी रहेको डोटी अस्पतालमा पछिल्लो समय गैरसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा काम सञ्चालन हुँदै आएको छ । अस्पतालमा नवाँै र दशौँ तहका दुई जना र मेडिकल अधिकृत दुई जना गरी कूल चार जनाको दरबन्दी भए पनि एक जना मेडिकल अधिकृत डा भूषण मिश्र मात्रै कार्यरत रहेका छन् […]










