गुल्मीको पुर्कोटमा यूथ आई सर्भिसको निःशुल्क सेवा

विगत २२ वर्षदेखि राजधानी लगायत देशका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर र शल्यक्रिया गर्दै आएको यूथ आई सर्भिसका स्वयंसेवी आँखा उपचार टोलीले गुल्मी जिल्ला पुगेर आफ््ना सेवा दिएका छन्् । गुल्मी जिल्लाको पुर्कोट गाउँपालिकामा आयोजित निःशुल्क आँखा शिविरमा ४ सय १८ जनाको आँखा परिक्षण र २५ जनाको कन्ट््याक्ट सर्जरी गरिएको यूथ आई सर्भिसका अध्यक्ष तथा […]

सुत्केरीको मृत्यु प्रकरणमा चिकित्सकको लापरवाही

लहान, ६ पुस । चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । स्थानीय हेल्थ केयर प्रालिमा कार्यरत चिकित्सकको लापरवाही र त्रुटीपूर्ण शल्यक्रियाका कारण मिर्चैया नगरपालिका–११ निवासी २१ वर्षीया सञ्जु पासवानको मृत्यु भएको भन्दै मृतकका परिवारजन तथा स्थानीयवासीले लापरवाही […]

चौधरीलाई स्वास्थ्य सचिवमा निरन्तरता दिन सर्वोच्चको आदेश

काठमाडौँ, ३ पुस । सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवमा डा पुष्पा चौधरीलाई निरन्तरता दिने आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवमा डा चौधरीलाई नै निरन्तरता दिने आदेश जारी गरेको हो । मन्त्रिपरिषद्को गत असोज २८ गते बसेको बैठकले सचिव चौधरीलाई सरुवा […]

कर्णालीमा एमबिबिएस सम्भाव्यता अध्ययनका लागि अध्ययन टोली जुम्लामा

जुम्ला, १ पुस । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएस कार्यक्रम सञ्चालन सम्भाव्यता अध्ययनका लागि कार्यदल टोली कर्णाली प्रदेशको जुम्लामा आएको छ । प्राध्यापक डा गोविन्द केसीले उक्त पढाइ सञ्चालन माग गर्दै जुम्लामै अनशन बसेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वीर अस्पतालका प्रा डा श्रीकृष्ण गिरीको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको थियो । […]

आँखा शिविरबाट ७८१ जनाले सेवा लिए

कञ्चनपुर, १ पुस । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा शनिबार आयोजित आँखा शिविरबाट ७८१ जनाले सेवा लिएका छन् । धनगढी नेपाल आँखा अस्पतालको प्राविधिक तथा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित आँखा शिविरमा ३२६ पुरुष र ४५५ महिलाले सेवा लिएका छन् । उपचारका लागि पुगेकामध्ये ९३ जनामा मोतिया बिन्दु भएको पाइएको नेत्रालयका प्रबन्धक गजेन्द्र चन्दले बताए । मोतिया […]

नेकपानिकट जनस्वास्थ्यकर्मी महासंघले पायो पूर्णता, यसरी छानिए नयाँ पदाधिकारी

काठमाडौँ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले कार्यसमितिलाई पूर्णता दिएको छ । प्रमोद योगीको अध्यक्षतामा दोश्रो राष्ट्रिय भेलाबाट निर्वाचित कार्यसमितिमा बाँकी पदाधिकारीहरु चयन गर्दै प्रथम बैठक सम्पन्न भएको खबर छ । काठमाडौँमा सम्पन्न प्रथम बैठकले महासंघको वरिष्ठ उपाध्यक्षमा नरबहादुर थापा, उपाध्यक्ष भैरव बोहोरा, महासचिव रामकुमार श्रेष्ठ, सचिव जयराम रायमाझी, सह–सचिव फुलराम चौधरी र कोषाध्यक्षमा योगेन्द्र यादवलाई […]

मन्त्रालयका कारण लोकसेवाको काम प्रभावित, ६ हजार स्वास्थ्यकर्मी प्रभावित

काठमाडौं, २१ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मौखिक आदेशले लोकसेवाको तयारीमा रहेका ६ हजार बढी स्वास्थ्यकर्मी प्रभावित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक कर्मचारी लोकसेवामार्फत खुलाउने तयारीस्वरूप माग आकृति फारम तयार गरिसकेको अवस्थामा सामान्यले मौखिक आदेशमा रोक्न भनेपछि तयारीमा रहेका ठूलो संख्याका स्वास्थ्यकर्मी प्रभावित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयलाई […]

तीन दशकमा एउटै अस्पतालले गर्यो २ लाख बढीको आँखाको शल्यक्रिया

नेपालगञ्ज, १९ मङ्सिर । नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत यहाँ सञ्चालित फत्तेबाल आँखा अस्पतालले ३२ वर्षको अवधिमा दुई लाख २८ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालका प्रबन्धक कौशलकुमार बर्माका अनुसार त्यस अवधिमा अस्पतालले २० लाख ४६ हजार बिरामीको आँखा जाँच गरेको छ । अस्पतालमा विभिन्न समयमा अलग÷अलग स्थानमा सञ्चालन गरेको शिविरमा १२ हजारभन्दा बढीको […]

कोशी अञ्चल अस्पताललाई महानगरले दियो एसी सुविधा

विराटनगर, १८ मङ्सिर । विराटनगर महानगरपालिकाले कोशी अञ्चल अस्पताललाई आज पाँच थान वातानुकूलित यन्त्र प्रदान गरेको छ । अस्पताललाई प्रदेशको उत्कृष्ट बनाउन आवश्यक सुधारका क्रममा उक्त वातानुकूलित सामग्री प्रदान गरिएको हो । सो अवसरमा महानगरका प्रमुख भीम पराजुलीले सबैको सहयोग रहे अस्पतालले न्यूनतम शुल्कमा प्रदेशका जनतालाई सम्पूर्ण सेवा प्रवाह गर्न सकिने बताए । उनले अस्पतालमा […]

बढ्यो जाडो, हिमाली क्षेत्रमा आज हिउँ पर्ने सम्भावना

काठमाडौँ, १६ मंसिर । काठमाडौँ उपत्यकासहित देशका अधिकांश पहाडी क्षेत्रको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण लगातार बदली भएको मौसमविद समिर श्रेष्ठले जानकारी दिए । अहिले काठमाडौँसहित पहाडी क्षेत्रको मौसम बदली भएको र दिनभरि नै यस्तै रहने उनले बताए । तर पानी पर्ने सम्भावना भने देखिएको […]