काठमाडौं, २४ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेकाे संख्या १३ पुगेकाे छ । शनिवार काेराेना संक्रमित भएका कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएपछि संख्या १३ पुगेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिला र डोल्पाको जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका […]
स्वास्थ्य
थप ३२३ नयाँ संक्रमित थपिए, संक्रमितको संख्या ३२३५ पुग्यो
काठमाडौँ । नेपालमा ३२३ जना कोरोना भाइरसबाट नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप ३२३ जनामा कोरोना पुष्टि भएसँगै मुलुकमा संक्रमितको संख्या ३ हजार २३५ पुगेको बताए । संक्रमित […]
कोरोनाविरुद्ध नेपालले बनाएको भनिएकाे खोपमा डब्ल्युएचको चासो
हेटौँडा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गर्नुभएको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो । जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध […]
थप ३३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ हजार ६ सय ३४
काठमाडौं । पछिल्लो २४ घण्टामा बिहीबार थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । सँगै कुल संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ। बुधबार २०१ जना र मंगलबार २८८ […]
कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एकजनाको मृत्यु भइ कोरोनाले मृत्यु हुनेको संख्या ९ पुगेको जनाएको छ । मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको […]
एकैदिन २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो
काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा २ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । बुधबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । थपिएका नयाँ संक्रमितहरुमा धनकुटा […]
भारतबाट आएकी एक महिलाको गाउँको क्वारेन्टिनमा मृत्यु
कैलाली, २१ जेठ । क्वारेन्टिनमा एक महिलाको मृृत्यु भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वार्ड नं १ असिग्राम आधारभूत विद्यालय रौनाकोटमा रहेकाे क्वारेन्टिनमा रहेकी ३० वर्षीया महिलाको मृत्यु भएको हाे । भारतबाट ४ दिन पहिले आएर उक्त क्वारेन्टिनमा रहेकी महिलाकाे मृत्यु भएकाे डडेल्धुरा प्रहरीले जनाएकाे छ । मृतक महिला ४ दिन अघि मात्र अाफ्ना श्रीमानसँगै […]
थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९९ पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या २ हजार ९९ पुगेको जनाए । संक्रमित हुनेमा रौटहटका ३८ जना, स्याङ्जा चापाकोटका […]
थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ७९३ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा २ सय १३ जना पुरुष र […]
विश्वमा ६० लाख ५४ हजार कोरोना संक्रमित, यस्तो छ सबैभन्दा बढी प्रभावित १० देशको अवस्था
काठमाडाैं । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म विश्वभर ६० लाख ५४ हजार १८७ संक्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार संक्रमितमध्ये २५ लाख ६२ हजार १९१ ले स्वास्थ्यलाभ गरिसकेका छन्। अमेरिकामा सबैभन्दा बढी संक्रमित पुष्टि भएका छन्। आइतबार बिहानसम्मका तथ्यांकअनुसार अमेरिकामा १७ लाख ६९ हजार ७७६ मा संक्रमण पुष्टि भएको हो। त्यस्तै ४ […]







